• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘पत्रकारलाई न्युजरुमबाटै बढी खतरा’

64x64
नेपाल लाइभ सोमबार, असोज २३, २०७४  २०:०६
1140x725

काठमाडौं– नेपाल लाइभका सम्पादक सरोजराज अधिकारीले पत्रकारितालाई न्युजरुमबाटै खतरा रहेको बताएका छन्। 

‘विगतका आन्दोलन र द्वन्द्वमा पत्रकारहरु असुरक्षित थिए, सेल्फ सेन्सरसिप गर्न वाध्य थिए,’ सम्पादक अधिकारीले भने, ‘तर पछिल्लो समयमा पत्रकार र पत्रकारितालाई न्युजरुमबाटै बढी खतरा छ।’

न्युजरुम भित्रैबाट पत्रकारिताको अवसान भइरहेको आफूलाई महसुस भइरहेको पनि उनले बताए।

‘यसको प्रमुख कारणमा कर्पोरेट रुची देखिन्छ। हामी सुनिरहेका छौं, मालिकले चाहेको मानिसलाई अगाडि बढाउन खोज्दा सम्पादक निकालिनुपर्ने अवस्था छ। अथवा मालिकले चाहेको समाचार नछाप्दा सम्पादक निकालिनुपर्ने अवस्था देखिन्छ,’ उनले भने।

मिडियामा अभिव्यक्ति स्वतन्त्रता र सीमान्तकृत समुदायको आवाजको बढोत्तरी गराउने विषयमा नेपाल पत्रकार महासंघले ‘इन्टरनेसनल अलर्ट’सँगको सहकार्यमा काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा अधिकारीले पत्रकारितामा देखिएको कमजोरीहरु खोतलेका हुन्। 

कार्यक्रमको पहिलो प्यानल छलफल ‘कठिन परिस्थितिमा समाचार संकलनः सुरक्षा चुनौती निवाकरण र सञ्चार जगतले भोगेको सेल्फ सेन्सरसिप’ विषयमा थियो। जसमा नेपाल लाइभका सम्पादक सरोजराज अधिकारी, वरिष्ठ पत्रकार युवराज घिमिरे, नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले, पत्रकार महासंघ सुर्खेतका सभापति गणेश कञ्चन र बंगलादेशको न्यु एज पत्रिकाका सम्पादक नुरुल कविरले आफ्नो धारणा राखेका थिए। 

अधिकारीले पत्रकारितामा देखिएको पेशागत असुरक्षाका विषयमा पनि अभिव्यक्ति दिएका थिए।  ‘हामीकहाँ पेशागत असुरक्षा निकै चर्को छ, न्यूनतम पारिश्रमिकले दैनिक धान्नै गाह्रो छ,’ उनले भने, ‘तर ठूला मिडिया हाउसमा समेत त्यो लागू भएको छैन, त्यहाँ इन्टर्न, स्ट्रिन्जर, पेड इन्टर्नजस्ता विभिन्न बहनामा पत्रकारहरुको श्रम शोषण भएको छ, त्यसको अनुगमन खोइ?’

गाउँलेले नेपालका पत्रकारलाई मुद्दा पत्ता लगाउने र अनुुसन्धान गर्ने कलाबारे निकै थोरै मात्रै जानकारी भएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मैले बुझेसम्म पत्रकारिताको ज्ञान विश्वविद्यालय र व्यावसायिक कामको दौरानमा सिकिने कुरा हो,’ गाउँलेले भने, ‘सीप सिकाउनका निम्ति राम्रो तालिम सञ्चालन गर्ने राम्रा र ठूला संस्थाहरु हुन जरुरी छ।’

‘एउटा सक्षम र व्यावसायिक पत्रकारका निम्ति विश्वविद्यालयको शिक्षा र राम्रा तालिम सञ्चालन गर्नुमा कहाँ हामी चुकिरहेका छौं भन्ने कुरा हाम्रा निम्ति छलफलको विषय वन्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने।

‘हाम्रो लोकतन्त्र केवल औपचारिक लोकतन्त्र मात्रै भइरहेको र राज्य प्रणाली थेत्तरो भइसकेको छ,’ गाउँलेले भने, ‘यो नेपाली पत्रकारिताको मात्रै समस्या होइन, नेपाली लोकतन्त्रको पनि समस्या हो। यो नेपाली पत्रकारिताले मात्रै समाधान खोज्नुपर्ने विषय होइन।’

संविधान र कानुनद्वारा कल्पना गरिएका निकायहरु प्रभावकारी रुपमा क्रियाशील हुँदैनन् भने आमसञ्चारले खास केही गर्न नसक्ने गाउँलेले तर्क गरे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वरिष्ठ पत्रकार घिमिरेले सेल्फ सेन्सरसिपको अवस्था दुई किसिमले आउने बताए। ‘त्यो अवस्था कि डरका कारण आउँछ, कि लोभका कारण,’ उनले भने, ‘मलाई थ्रेट छ वा मैले कुनै नयाँ व्यावसायिक फाइदाका लागि यो काम गरिरहेको छु भने मैले सेल्फ सेन्सरसिप गर्नुपर्ने वाध्यता हुन्छ।’

‘हामीकहाँ मिडियाका मालिक र सम्पादकदेखि रिपोर्टरहरुको दलीय आबद्धता छ। दलीय स्वार्थलाई उसले आफ्नो पनि स्वार्थ मान्छ। केही तथ्य छाप्दाखेरि त्यो दलीय स्वार्थमा व्यवधान पुग्छ भने उसले त्यसलाई रोक्ने प्रयास गर्छ,’ घिमिरेले भने।

कार्यक्रममा सहभागीहरुले फ्लोरबाट पनि आफ्ना धारणा राखेका थिए। उनीहरुले आफ्नो अनुभवलाई जोडेर अभिव्यक्ति दिएका थिए। फ्लोरबाट आएको चासोमाथि धारणा राख्दै अधिकारीले भने, ‘अब पत्रकार महासंघ न्युजरुमभित्र प्रवेश गर्नुपर्छ। पत्रकारहरुसँग अन्तक्र्रिया गर्नुपर्छ।’

‘समाचार लेखनका क्रममा बाहिरबाट आउने धम्कीबारे छलफल हुन्छ। यस्तो लेख्ने? भनेर आएको धम्कीलाई ज्यान मार्ने धम्की भनेर लेख्न हामी स्वतन्त्र छौं, तर हामी न्युज रुमभित्र थिचिएर बस्दा, तीन महिना तलब नपाउँदा अथवा तोकिएको पारिश्रमिक नदिँदा हामी बोल्न सक्दैनौं,’ अधिकारीले भने।

‘त्यस्ता घटना पत्रकार महासंघमा आएर उजुरी दिन सक्दैन भने त्यो एउटा व्यक्तिगत घटना हुन्छ, ऊ निकालिन्छ’, उनले थपे, ‘त्यसैले न्युज रुमभित्र पसेर पत्रकार भेट्ने सामूहिक अभियान चलाउनुप¥यो। अहिले पत्रकारलाई बाहिर त्यति थ्रेट छैन। त्यसैले महासंघ न्युज रुमभित्र छिर्नुस्, अनि थाहा पाउनुहुन्छ, पत्रकार कति असुरक्षित छ। पत्रकारहरु किन लोभ र त्रासमा बस्न वाध्य छन्।’

बिग हाउसले पत्रकारको सीप र क्षमता अभिवृद्धिमा ध्यान नदिएकोमा पनि अधिकारीले असन्तुष्टि जनाए। भने, ‘तालिम र प्रशिक्षणका कुरामा पनि बिग हाउसले नै आफ्नो खर्चमा पत्रकारलाई बाहिर पठाएको छैन। पत्रकारलाई तालिम दिन नसक्ने होइनन्, तर दिइरहेका छैनन्। किनकि, पत्रकारको सीप विकास र व्यावसायिकतालाई उनीहरुले आवश्यक ठानेका छैनन्।’

‘म शिव गाउँले मार्फत सिआइजेलाई भन्न चाहन्छु, तपाईंहरु बिग हाउसका पत्रकारलाई तालिम दिन छाडिदिनुस्। बिग हाउसका भनिएका पत्रकारलाई पनि सिआइजेले तालिम दिनुपर्छ भने तिनीहरु बिग हाउस होइनन्। बरु, न्यून लगानी भएका मिडिया हाउसलाई प्रोत्साहन गर्नुस्।’

उनले पत्रकार दलीय संयन्त्रभन्दा माथि उठ्नु छ भने पत्रकारका नाममा भएका सबै दलीय भातृ संगठनलाई खारेज गर्न पहल गर्न महासंघलाई आग्रह गरे। ‘गुटको नेताको आशीर्वाद प्राप्त गरेर टिकट ल्याएर जित्ने प्रथाको अन्त्य नभएसम्म पत्रकार महासंघ दलीय संयन्त्र भन्दा फरक रहन्न, यो तीतो यथार्थ हो,’ उनले प्रश्न गरे, ‘तपाईंहरु कुनै पार्टी र त्यहाँको पनि गुटको नेताकोमा धाएर टिकट ल्याएर जित्नुपर्ने वाध्यता छ, अनि व्यावसायिक पत्रकारिताको कुरा गर्नुहुन्छ?’ 

‘पत्रकारहरु किन लोभ मानिरहेका छन् त?’ घिमिरेको भनाइ दोहो¥याउँदै अधिकारीले उत्तर दिए, ‘अहिले उनीहरुको पेशागत असुरक्षा छ, भविष्यका लागि कुनै सञ्चिति छैन। वर्तमानमा संघर्ष गरेर निरिह पात्र भएर हिँडिरहनुपरेको छ।’ 
‘पत्रकारलाई किनमेलको निर्जिव वस्तु बनाइएको छ,’ उनले भने, ‘त्यसो भएपछि ऊ लोभमा फस्छ। भविष्यका लागि ऊ दल र गुटको पछि लाग्छ। पत्रकार महासंघको चुनावमा उम्मेदवारले पाँच–सात लाख खर्च गर्छ। किन गर्छ? मैले बुझ्न सकेको छैन।’ 

अधिकारीले पत्रकारले दलको नेता र गुटको नेताको रिपोर्टिङ गर्दा सम्पादकले मनोरञ्जन लिएकोमा आश्चर्य जनाए। ‘सम्पादकहरु खास पार्टीबाट ल्याउने सूचनामा मख्ख परिरहेका छन्,’ उनले भने, ‘तर, उसले केवल सूचना ल्याउँछ। समाचार ल्याएको हुँदैन।’ 

अधिकारीले भने, ‘दल विशेषले स्थापना गरेको पुरस्कारको लोभमा र केही नभए भोलि चुनावमा टिकट पाउने लोभमा पत्रकारहरु दल र नेतासँग घाँटी जोडेर हिँडिरहेका छन्। उनीहरुको घाँटी राजनीतिक दलका नेताले अँठ्याइरहेको पत्तो पाइरहेका छैनन्। उनीहरु पत्रकार बन्न सकिरहेका छैनन्।’

उनले व्यंग्य गर्दै भने, ‘केही पत्रकार साथीहरु स्थानीय चुनाव लड्न गए। चुनाव हारेर फेरि व्यावसायिक पत्रकारिता गर्न आए। अहिले पनि हामी गर्व गर्छौं, यति जना पत्रकारले चुनावका लागि टिकट पाए भन्छौं। जसले राजनीतिक दलको टिकट पाएको छ, ऊ कसरी पत्रकार हुन्छ?’ 

गाउँलेले अब सम्पादकीय स्वतन्त्रताबारे बहस गर्नु जरुरी भएको बताए। केहीअघि प्रकाशकहरुले जारी गरेको विज्ञप्तिको प्रसंग जोड्दै भने, ‘प्रकाशकहरुले भ्रष्टाचारका विरुद्ध सक्रिय सहभागी हुने भनेका छन्। मलाई लाग्छ उनीहरु समाचार सामग्रीमा आफूले ‘लिड’ गर्छु भन्ने भ्रम पालिरहेका छन्।’

कार्यक्रममा नेपाल लाइभका सम्पादक सरोजराज अधिकारी व्यक्त गरेका धारणा भिडियोमा

प्रकाशित मिति: सोमबार, असोज २३, २०७४  २०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण
चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा, लगातार चौथो जितसँगै प्लेअफ नजिक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा, लगातार चौथो जितसँगै प्लेअफ नजिक सोमबार, कात्तिक २३, २०८३
नवनियुक्त भारतीय राजदूतले किन भेटे उद्योगमन्त्री साहलाई ? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्