काठमाडौं– नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसीपमा सोमबार स्वर्ण पदक जितेको छ।
नेपालले यु–१९ छात्र टिम स्पर्धामा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिए।
भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा भएको उक्त प्रतियोगितामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अंक बटुल्दै स्वर्ण जितेको हो। सो स्पर्धामा नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गरेका थिए।
नेपालले बंगलादेशलाई ३–० तथा माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो। श्रीलंकासँग भने नेपाल ३–१ ले चुक्यो। नेपालबाट सुजल गडाल, विश्व बानियाँ, विशाल गोले र सिद्धार्थ तामाङले प्रतिस्पर्धा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।