एजेन्सी– यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार युनिभर्सिटी अफ सिकागो बुथका प्रोफेसर रिचर्ड थेलरलाई प्रदान गरिने भएको छ।
उनी विश्वभर बेस्ट सेलर बन्न सफल पुस्तक ‘नज’का सहलेखक पनि हुन्। पुस्तकले मानिसहरूले कसरी खराब निर्णय लिन्छन् भन्नेबारे खुलाएको छ।
उनले सर्वसाधारणलाई जीवनमा सही निर्णय लिन सघाउने ‘नज थ्योरी’ प्रस्तुत गरेका थिए। नोबेल पुरस्कार समितिले अर्थशास्त्रको मनोविज्ञान बुझाउन उनले गरेको योगदानका लागि पुरस्कार दिने निर्णय गरेको जनाएको छ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजका पर स्ट्रोम्बर्गले थेलरका कामले कसरी मानवीय मनोविज्ञानले आर्थिक निर्णय प्रभावित हुन्छ भन्ने देखाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।