काठमाडौं– भारतको कर्नाटकमा भारतीय राष्ट्रिय कांग्रेसले बहुमत प्राप्त गरेको छ।
२२४ सदस्यीय विधानसभामा बहुमतका लागि ११३ सिट आवश्यक पर्छ। जसमा कांग्रेसले १३७ सिटमा जित हात पारेको छ।
अघिल्लो चुनावमा ८० सिटमा समेटिएको कांग्रेसले यसपटक स्पष्ट बहुमतसहित सरकार निर्माण गर्ने भएको छ।
यस्तै भारतीय जनता पार्टीले ६५ स्थानमा जित हात पारेको छ। अघिल्लोपटक भाजपाले १०४ सिटमा जित हासिल गरेको थियो।
यस्तै हाल सत्तामा रहेको भाजपाले दिउँसो २ बजेतिर नै हार स्वीकार गरेको थियो। यस्तै जेडीएसले १९ स्थानमा जित हात पार्दा अन्य दलले चार स्थानमा जित हात पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।