काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ।
घरबाटै पक्राउ परेका उनलाई प्रहरीले स्वास्थ्य जाँचका लागि अस्पताल पुर्याएको हो। अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई अदालतमा उपस्थित गराइने छ।
कुनै आरोपमा पक्राउ परेका आरोपीलाई हिरासतमा राख्नु अगाडि स्वास्थ्यजाँच गराइने व्यवस्था छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकसँग पैसा उठाएर ठगी गरेको प्रकरणको अनुसन्धानका लागि खाण पक्राउ परेका हुन्। खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई प्रहरीले बुधबार बिहान काठमाडौंको चाबहिलबाट पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।