काठमाडौं– आमिर खान र सलमान खान अभिनित फिल्म ‘अन्दाज अपना अपना’ दर्शकहरूले अहिले पनि सम्झिन्छन्।
यो फिल्मलाई कमेडी विधाको कल्ट पनि भन्न सकिन्छ। तर फिल्मका निर्देशकले सलमान र आमिरमाथि एउटा आरोप लगाएका छन्। आफ्नो फिल्म फ्लप हुनुमा यी दुवै सुपरस्टार जिम्मेवार रहेको उनको भनाइ छ।
किन फ्लप भयो फिल्म?
सन् १९९४ मा आमिर र सलमानको फिल्म ‘अन्दाज अपना अपना’ रिलिज भएको थियो।
फिल्म हलहरूमा कमजोर प्रदर्शन गर्यो। २९ वर्षपछि फिल्मका निर्माता राजकुमार सन्तोषीले भारतीय सञ्चारमाध्यमलाई भने, ‘त्यतिबेला अन्दाज अपना अपना विल्कुलै फरक कथा थियो। यसमा रोमान्सभन्दा कमेडी, साहसिक र हास्य बढी छ। दर्शकहरूले यो फिल्म बुझ्न समय लगाए।’
राजकुमार सन्तोषीको आरोप
राजकुमारले २९ वर्षअघि फिल्म रिलिज हुँदा वितरक पनि नयाँ थिए।
फिल्म प्रमोशनको वर्तमान प्रवृत्तिलाई औंल्याउँदै, राजकुमारले दुवै मुख्य कलाकारहरूले फिल्मको प्रचार नगरेको खुलासा गर्दै भने, ‘त्यतिबेला न त सलमान न त आमिर फिल्मको प्रचार गर्न शहरमा थिए।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।