मुम्बई– बलिउड अभिनेता शाहरुख खानले आफ्नी म्यानेजर पूजा ददलानीलाई मासिक १ करोड रुपैयाँ बराबर तलब दिने गरेको भारतीय सञ्चारमाध्यमकले जनाएका छन्।
आफ्नो पीआरदेखि उनको समयसम्मको बन्दोबस्त गर्नका लागि शाहरुखले उक्त रकम चुकाए हुन्। पूजाले शाहरुखको दैनिक रुटीन समेत तय गर्ने गरेको बताइएको छ। यसैगरी शाहरुखको क्रिकेट टिमको मुख्य व्यवस्थापन पनि उनले नै हेर्छिन्।
पूजाले सन् २०१२ देखि शाहरुखको म्यानेजरका रुपमा काम गरिरहेकी छिन्। उनी म्यानेजर मात्रै नभइ, असल साथी समेत रहेको अभिनेता खानले बताउँदै आएका छन्।
एक रिपोर्टका अनुसार ददलानीकै सम्पत्ति पनि नेपाली ८० करोड वरपर रहेको छ। मास मिडिया (आम सञ्चार)मा ग्र्याजुएसन गरेकी पूजाको म्यानेजिङ क्षमतालाई लिएर अन्य बलिउडकर्मी समेत प्रशंसा गरिरहेका हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।