फाइल तस्बिर
काठमाडौं– यार्सागुम्बा संकलनका लागि मगुको पाटनमा गएका तीन जना हिमपहिरोमा पुरिएका छन्।
शनिबार मुगुको पाटनमा हिमपहिरो गएको हो। उक्त हिमपहिरोमा परी जुम्लाको पातारासी गाउँपालिकाका तीन जना पुरिएका हुन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार पातारासी गाउँपालिका–२ का ३४ वर्षीय वीरबहादुर बोहोरा, ४० वर्षीया तारासी सार्की र ३५ वर्षीय पुन्न सार्की पुरिएका हुन्।
हिमपहिरोमा परी पुरिएकामध्ये एक जनाको शव फेला परेको छ भने दुई जना बेपत्ता रहेका छन्।
जेठ ४ गतेबाट मात्रै पाटन खुला गर्ने भनिए पनि बाटो छलेर अगावै यार्सागुम्बा टिप्न गएका पातारासीका १५ जनामध्ये ३ जना हिमपहिरोमा पुरिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।