• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २०, २०८३ Wed, Aug 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

काठमाडौं महानगरको व्यवस्थित पार्किङ कार्यक्रम: कहाँ कति बने ‘बेसमेन्ट पार्किङ’?

64x64
कल्पना घिमिरे आइतबार, वैशाख २४, २०८०  ०७:२८
1140x725
फाइल तस्बिर

काठमाडौं– एक वर्षअघिसम्म काठमाडौं महानगरपालिका क्षेत्र भित्र अव्यवस्थित पार्किङको ठूलो समस्या थियो। निजी क्षेत्रले ठूला भवन बनाउँदा महानगरसँग ‘बेसमेन्ट पार्किङ’ लागि स्वीकृति लिए पनि ती क्षेत्र अन्य प्रयोजनमा प्रयोग गरिरहेका थिए। 

गत वैशाखमा महानरमा प्रमुख बालेन्द्र शाहको नयाँ नेतृत्व आएको केही महिनापछि शाहले महानगर क्षेत्रभित्र पार्किङ व्यवस्थापन कार्यक्रम कडाइका साथ सुरु गरे। उक्त कार्यको जिम्मा महानगर प्रमुख शाहले ‘महानगर प्रहरी बल’लाई दिएका थिए। 

त्यसपछि महानगर प्रहरीले महानगर क्षेत्रभित्रका अव्यवस्थित पार्किङ हटाउन थाल्यो। बेसमेन्ट पार्किङका लागि स्वीकृति लिएको क्षेत्रमा पार्किङ स्थल बनाउन थालियो। उक्त कार्य अहिलेसम्म निरन्तर चलिरहेको छ। अहिले सडक क्षेत्रको पार्किङ हटाएर पार्किङ क्षेत्र छुट्याउने कार्य भइरहेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए। नयाँ नेतृत्व आएको एक वर्ष पुग्नै लाग्दा महानगरले पार्किङ व्यवस्थापनको समस्या करिब हटाइसकेको महानगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए।
  
‘नयाँ नेतृत्व आइसकेपछि काठमाडौंको पार्किङ व्यवस्थित गर्नुपर्छ, सडकको कालोपत्रमा पार्किङ  गरेर सडक अवरुद्ध गर्ने, ट्राफिक जाम गर्ने जस्ता समस्यालाई हेरेर भवन बनाउँदा महानगरपालिकासँग बेसमेन्ट भनेर पार्किङ देखाउने तर विभिन्न गतिविधिमा प्रयोग गर्ने कुरालाई निरुत्साहित गर्नुपर्छ भनेर मेयरसाबको निर्देशन अनुसार काम भएको छ। यो बेसमेन्ट पार्किङ भएको ठाउँमा बेसमेन्ट पार्किङ गर्नुर्‍यो। बेसमेन्ट पार्किङ नभएको ठाउँम कालोपत्रेमा भएको पार्किङ हटाउनुपर्छ भन्ने हिसाबले पार्किङ हटाउने र बनाउने कार्य भएको हो’, उनले भने।

पार्किङ प्रयोजनको लागि स्वीकृति दिइएको ठाउँमा पार्किङ प्रयोजन नै हुनुपर्छ, कालोपत्रे गरिएको क्षेत्र सवारी साधन गुड्ने ठाउँ भएकाले त्यहाँ सवारी नै गुड्नुपर्छ, त्यहाँ पार्किङ गरिनु हुँदैन भन्ने महानगरको नीति रहेको उनले बताए। अहिले काठमाडौं महानगर क्षेत्रभित्र यो कालोपत्रे सडकको पार्किङ हटिसकेको र कहिँ केही रहेको हुनसक्ने उनको भनाइ छ। 

यस्तै कोर–सिटीमा पार्किङ नै छैन। त्यहाँका जनप्रतिनिधिहरुले बाटो अवरुद्ध हुनेगरी पार्किङ गरिरहेका छन्। कोर–सिटिमा चरणबद्ध रुपमा नियमित पार्किङ हटाउने नगरप्रहरी प्रमुख पाण्डेले बताए। ‘मानेनन् भने त्यहाँबाट सवारी साधन उठाउँदै कारबाहीको दायरामा ल्याउने काम पनि गरिरहेका छौं’, उनले भने।

कहाँ कति बने? 
महानगर क्षेत्रभित्र ७५ देखि १०० वटासम्म बेसमेन्ट पार्किङ बन्ने प्रहरी प्रमुख पाण्डेले बताए। ‘व्यक्तिले निजी जग्गामा पनि पार्किङ स्थल निर्माण गरेका छन्। अहिले काठमाडौंमा पार्किङको समस्या छैन। पार्किङ व्यवस्थित भइरहेको छ। स्थानीयहरुले बेसमेन्ट पार्किङ बनाइरहेका छन्,’ उनले भने।

अहिलेसम्म महानगर क्षेत्रभित्र २३ स्थानमा बेसमेन्ट पार्किङ सञ्चालनमा आएका छन्। जसमध्ये नयाँ बानेश्वरमा बानेश्वर प्लजा, बानेश्वर कम्प्लेक्स, जी सप, बुक भवन, मीनभवन नजिकैको घर, रारा कम्प्लेक्स, युएफओ बिल्डिङ, पुल हाउस बिच पछाडी गरी ८ स्थानमा पार्किङस्थल प्रयोगमा आएका छन् भने पुरानो बानेश्वरमा एउटा हङ्गर स्टेशनको पार्किङ प्रयोगमा आएको छ।

यस्तै शंखमूलको बर्गर हाउस र शंखमूल प्लाजा र कृष्टल हाउसमा गरी शंखमूलमा ३ स्थानमा पार्किङ प्रयोगमा आएको छ। त्रिपुरेश्वरमा राहदानी विभाग र थकाली हाउस गरी २ स्थानमा पार्किङ स्थल प्रयोगमा आएको महानगरले जनाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

यता न्यूरोडमा सुरज आर्केट मखनमा पार्किङ प्रयोगमा आएको छ भने कलंकीमा नेशनल अस्पतालको पार्किङ प्रयोगमा ल्याइएको छ। कुलेश्वरमा कृष्ण सदन कम्प्लेक्स, कालीमाटीमा महालक्ष्मी प्लाजा र मुक्तिनाथ विकास बैंकको पार्किङ पनि प्रयोगमा आएको छ। गामवेशी दोहोरी साँझ र सालेनो दोहोरी साँझ नयाँ बसपार्कमा, नेश्नल डेन्टल अस्पताल पानी पोखरी, नेपाल ट्रष्टको विल्डिङ दरबारमार्ग, महालक्ष्मी विकास बैंक मैतीदेवीको पार्किङ प्रयोग आएको महानगरपालिकाले जनएको छ। 

२४ स्थानमा खाली गराइएको र पार्किङ सञ्चालन सुरू भइसकेका छन्। बत्तीसपुतलीको कट्टी पोलको पार्किङ खाली गराइएको छ तर प्रयोगमा भने आइसकेको छैन। बानेश्वरको शिव मिष्ठान्नको पार्किङ पनि खाली गराइएको महानगरपालिकाले जनाएको छ।

बेसमेन्ट पार्किङ खाली गरी प्रयोगमा आएका स्थानहरु

क्र=स

स्थान

 

१

बानेश्वर प्लाजा

प्रयोगमा आएको]

२

जी सप बानेश्वर

प्रयोगमा आएको]

३

बिओके भवन बानेश्वर

प्रयोगमा आएको

४

मीनभवन कलेज जाने तर्फको घर

प्रयोगमा आएको]

५

बानेश्वर चोकको पुलसँगै रारा कम्प्लेक्स

प्रयोगमा आएको]

६

बानेश्वर चोकको पुलसँगै यूएफओ बिल्डिङ

प्रयोगमा आएको]

७

पुरानो बानेश्वरको हंगर स्टेशन

प्रयोगमा आएको

८

बत्तिस पुतली कट्टी पोल

खाली भएको

९

बानेश्वर चोकको शिव मिष्ठान्न

खाली भएको

१०

नयाँ बानेश्वर कम्प्लेक्स

प्रयोगमा आएको]

११

शंखमूल तर्फ जाँदाको बर्गर हाउस

प्रयोगमा आएको

१२

शंखमूल प्लाजा

प्रयोगमा आएको

१३

कृष्टल हाउस शंखमूल

प्रयोगमा आएको

१४

नयाँ बानेश्वर पूल बीच पछाडि

प्रयोगमा आएको

१५

शंखमुल एरियामा दुईवटा

खाली भएको]]

१६

राहदानी विभाग त्रिपुरेश्वर

प्रयोगमा आएको

१७

थकाली हाउस, त्रिपुरेश्वर

प्रयोगमा आएको

१८

आर बी कम्प्लेक्स, खिचापोखरी

खाली भएको

१९

सुरज आर्केट मखन

प्रयोगमा आएको

२०

नबिल बैंक, न्यूरोड

खाली भएको

२१

नेशनल अस्पताल, कलंकी

प्रयोगमा आएको

२२

कृष्ण सदन कम्प्लेक्स कुलेश्वर

प्रयोगमा आएको

२३

लोकमानसिंह भवन बल्खु'

खाली भएको

२४

अंशु कम्प्लेक्स, कुलेश्वर कुलेश्वर

खाली भएको

२५

मुक्तिनाथ विकास बैंक, कालीमाटी

प्रयोगमा आएको

२६

महालक्ष्मी प्लाजा, कुलेश्वर

प्रयोगमा आएको

२७

रामसिता बहुउद्देश्यीय भवन बल्खु'

खाली भएको

२८

सहिद गंगालाल अस्पताल, कलंकी

खाली भएको

२९

शहिद दोहोरी साझ–नयाँ बसपार्क

खाली गराइ प्रयोगमा नआएको

३०

सालेनो दोहोरी साझ, नयाँ बसपार्क

पार्किङ सञ्चालनमा रहेको

३१

प्रदेशी दोहोरी साँझ, नयाँ बसपार्क

खाली गराइ प्रयोगमा नआएको

३२

गामवेसी दोहोरी साँझ, नयाँ बसपार्क

पार्किङ सञ्चालनमा रहेको

३३

पछेवरी दोहोरी साँझ, नयाँ बसपार्क

खाली गराइ बन्द रहेको

३४

गोधुली दोहोरी साँझ, नयाँ बसपार्क

खाली गराइ बन्द रहेको]

३५

तुष्णा दोहोरी साँझ, नयाँ बसपार्क

खाली गराइ बन्द रहेको]

३६

ढोरपाटन दोहोरी साँझ, नयाँ बसपार्क

खाली गराइ बन्द रहेको

३७

नेशनल डेण्टल अस्पताल, पानीपोखरी

पार्किङ सञ्चालनमा रहेको

३८

टिभिएस सर्मिस सेन्टर, महाराजगञ्ज

खाली गराइ बन्द रहेको

३९

हिरो होण्डाको सर्भिसिङ्ग सेन्टर, बसुन्धरा

खाली गराइ बन्द रहेको]

४०

नेपाल ट्रष्टको विल्डिङ्ग, दरवारमार्ग

पार्किङ सञ्चालनमा रहेको

४१

दरबार मल, दरबारमार्ग

खाली गराइ बन्द रहेको

४२

आइ क्लब, दरबारमार्ग

खाली नगराएको

४३

टाइम्स ईन्टर नेशनल कलेज, डिल्ली बजार

खाली नगराएको, क्यान्टिन सञ्चालनमा रहेको

४४

कामना विकास बैंक, ठमेल

खाली गरिरहेको

४५

खड्का भवन, सामाखुशी

खाली गराइ बन्द रहेको

४६

पुरानो अल नेपाल हस्पिटलको भवन, सामाखुशी

खाली गराइ बन्द रहेको

४७

पुरानो अलनेपा हस्पिटलको भवन, कोरियन शप, सामाखुशी

खाली गराइ बन्द रहेको

४८

महालक्ष्मी विकास बैक, मैतिदेवी

पार्किङ सञ्चालनमा रहेको

५९

नारायणी इन्टरनेशनल प्लाइउड, मैतिदेवी

खाली नगरेको, फेरि ताकेता गरेको

५०

नितेश मिठाई पसल, गोंगबुचोक

हाल स्टोरका रुपमा सञ्चालनमा रहेको

५१

पुरानो पूर्णिमा दोहोरी, ठमेल

खाली गराइ बन्द रहेको

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन । सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा नि... सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका उद्घाटन कार्यक्रम बिहान १०.२५ बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रम मध्याह्न १२:१५ बजेसम्म चल्ने छ । सार्वजनिक तालिका अनुसार कार्यक्रम... आइतबार, साउन १०, २०८३
कृषि ऐन नहुनु दुःखद्, यसै वर्षदेखि वन रक्षकको नयाँ भर्ना खोल्छौँ: मन्त्री गीता चौधरी प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयको प्रगति र आगामी कार्ययोजनाबारे धारणा राख्दै उनले... शुक्रबार, साउन १, २०८३
ताजा समाचारसबै
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त बुधबार, साउन २०, २०८३
बढ्यो सुनको भाउ बुधबार, साउन २०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन :  हर्कराज राई मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक मंगलबार, साउन १९, २०८३
बढ्यो हवाई भाडा [सूचीसहित] मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्