• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
ऐना झ्यालको पुतलीका वसन्त

आफूले पढ्ने पाठ्यपुस्तकमा जब दिनेशले आफ्नै फोटो देखे

64x64
समर्पण श्री शुक्रबार, वैशाख २२, २०८०  ०९:१५
1140x725

काठमाडौं– फिल्म ‘ऐना झ्यालको पुतली’को मुख्य पात्र ‘वसन्त’ कक्षा ९बाट १०मा उक्लिए। यसैवर्ष उनले एसइई दिनेछन्।

विराटचोकस्थित जनता माध्यमकि विद्यालयमा नयाँ सत्र सुरु भएको हप्तादिन मात्र पुगेको थियो। सामाजिक अध्ययन विषयका शिक्षक कक्षाभित्र प्रवेश गरे।

विद्यार्थीहरूले झोलाबाट पुस्तक निकाले। शिक्षकले पहिलो एकाइ पल्टाएर पढाउन थाले। दिनेश ध्यान दिएर सुनिरहेका थिए। अचानक पछाडि बसेका साथी गणेश दनुवारले उनलाई कोट्याए। कानैनिर सुस्तरी बोल्दै भने, ‘‌ओई हेर त हाम्रो किताबमा तेरो फिल्मको बारेमा छ।’

समसामयिक घटना विषयको पेज न २७९मा ओस्कार अवार्ड २०२२बारे लेखिएको थियो। सन् २०२३को ओस्कार अवार्डका लागि ‘ऐना झ्यालको पुतली’ नेपालबाट छनोट भएको थियो। आफूले पढ्ने पुस्तकमा आफ्नै फिल्म र फोटो देखेपछि दिनेश खुसी देखिए।

यो कुरा नजिकका साथीहरूमाझ सुस्तरी फैलियो। तर पढाइरहेको शिक्षकको कानसम्म नपुग्दै घण्टी बज्यो। स्कुल सकेर उनलाई कतिबेला घर पुगूँ जस्तो भयो। किनकि यो खबर आमासम्म पुर्‍याउनु थियो। 

अरुदिन भन्दा छिटो गतिमा दिनेश घर पुगे। भुइँतलामा आमा, ठूलो बा ठूली आमाहरू गफ गर्दै बसिरहेका थिए। ‘ऊ कुद्देर आयो। आउनेबित्तिकै निकै खुसी देखिँदै भन्यो– आज म तपाईंहरूलाई एउटा कुरा देखाउँछु,’ दिनेशकी आमा पवित्रा सुनाउँछिन्, ‘के चाहिँ देखाउन लाग्यो भनेर अचम्म लाग्यो। स्कुलको ड्रेस पनि खोलेको छैन। झोला एकातिर राखेर किताब निकालेर बाहिर ल्यायो। पाना पल्टाएर देखाउँदै भन्यो– हाम्रो किताबमा मेरो फोटो छापिएको छ।’

पाठ्यपुस्तकमा छोराको फोटो र फिल्मबारे लेखिएको देख्दा आमा पवित्रालाई सपनाझैं लायो। ‘स्याबास् बाबु। तैँले धेरै राम्रो गरिस्। अझै प्रगति गर्दै जानू,’ खुसी हुँदै दिनेशका ठूलो बाले भने।

फिल्म ‘ऐना झ्यालको पुतली’मा वसन्तकी दिदी विद्याको कविता मुना पत्रिकामा छापिन्छ। उनीहरूका लागि मुनामा कविता छापिनु खुसीको कुरा थियो। वसन्तले संघर्ष गरेर छापिएको पत्रिका ल्याएर दिदीलाई देखाउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

उसले कविता पढेर सुनाउँदा आमाको आँखा रसाउँछ। ठीक दिनेशको आमाको आँखा पनि त्यतिबेला भरिएको थियो।

डेढ महिनाअघि छोराले अवार्ड पाएको थाहा पाउँदा पनि पवित्राको आँखा रसाए। नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड पाएका थिए दिनेशले। आफूले थाहा पाउनेबित्तिकै उनले आमालाई छापिएको खबर मोबाइलमा देखाउँदै भने, ‘तैँले केही गर्दैनस् भन्नुहुन्थ्यो नि। यी हेर्नु।’

Xtrem

Xtrem

५ वर्षअघि संखुवासभामा थियो पवित्राको परिवार। छोरालाई फिल्म खेलाउने भन्दै आएका ‘दाह्रीवाल’ देख्दा सुरुमा त सात्तो गएको थियो पवित्राको। ‘त्यतिबेला बच्चा चोर्ने मान्छे आउँछन् भनेर हल्ला थियो गाउँभरि।  सरहरूको दाह्री देखेर डर पनि लाग्यो,’ उनी सम्झिन्छिन्।

बुझ्दै गएपछि स्कुलमा सयौं बच्चाहरूमध्ये आफ्नै छोरा किन रोजे त? पवित्रा विस्तारै सकारात्मक हुँदै गइन्। जब उनीहरू दिनेशलाई पठाउन राजी भए, गाउँभरि हल्ला फैलियो, ‘यिनीहरूले आफ्नै बच्चा बेच्न लागे।’ 

कतिले त अगाडि मुखै फोरेर भने। 

पछि वडाध्यक्षकहाँ पुगेपछि सबै कुरा स्पष्ट भयो। छोरासँगै दिनेशका बा पनि जाने सहमति भएपछि पवित्रा ढुक्क  भइन्। 

छोराले स्कुलबाट फर्किएर आजकल हरदिन खुसीको कुरा सुनाउँदा पवित्रालाई लाग्दो रहेछ, ‘यो खबर तिनीहरूकै अगाडि सुनाउन पाए हुने नि। जसले हामीलाई बच्चा बेचेको आरोप लगाए। तर के गर्नु हामी अहिले टाढा छौं।’ 

केही वर्षअघि संखुवासभास्थित घरबाट दिनेशको परिवार तराई झरेको थियो।

०००

कोभिडका केही वर्ष अन्योल र त्रासमा बिते। यो बीचमा फिल्म आउने आशा मारिदिएकी थिइन् पवित्राले।

एकदिन अचानक काठमाडौंबाट फोन आयो। फिल्म लाग्दैछ भन्ने थाहा पाएपछि दिनेश र उनका बा काठमाडौं लागे। पवित्रा भने पहाडघरको अलैँचीबारी गएकी थिइन्।

आफूले टिभी र फिल्ममा देखेका कलाकारहरूसँग छोराको फोटो देख्थिन्। उनीहरूले फोटो खिचाएर माया गरेको कुरा सुन्थिन्। उनी त्यसैमा खुसी हुन्थिन्।

त्यतिबेला छोराको फिल्म हेर्ने औधि रहर थियो पवित्रालाई। तर विराटचोकमा हल थिएन। अहिले त हल पनि खुलेको छ। अरु फिल्म लाग्छन्। अरुले सोध्छन्, ‘छोराको फिल्मचाहिँ किन लाग्दैन?’ उनलाई पनि लाग्दो रहेछ, ‘न लागि पो हाल्छ कि!’ 

दिनेशका बाबाहेक अरु आफन्तले फिल्म हेर्न पाएका छैनन्। ‘छोराले राम्रो काम गरेको रहेछ,’फिल्म हेरेर दिनेशका बाले सुनाएका कथामा पवित्राले चित्त बुझाएकी छन्।

०००

फिल्मका निर्देशक सुजित बिडारीलले केहीदिनअघि दिनेशको खुसी फेसबुकमा बाँडेका थिए।

दिनेशले  पुस्तकमा फिल्मबारे लेखिएको अनुच्छेदको फोटो खिचेर ग्रुपमा पठाएका थिए। तर पुस्तकमा भएको गलत जानकारीले आफू दु:खी भएको पनि उनले भने।

‘हाम्रो चलचित्र २०२३को ओस्कार अवार्डमा नेपालबाट नोमिनेसनमा परेको थियो। तर यहाँको जानकारी ०२२मा परेको जस्तो बुझियो। यद्यपि पाठ्यक्रममा फिल्मबारे मेन्सन हुनु खुसीको कुरा हो,’ सुजितले भने।

दिनेशकी आमा पवित्राको सपना नै छोरालाई पर्दामा देख्नु हो। ‘उसले अझै फिल्महरू खेलेको हेर्न मन छ। अझै त्यो ठाउँमा पुगेको देख्न मन छ,’ पवित्रा भन्छिन्।

अवार्ड जितेपछि कतिपयले सुनाउँछन्, ‘यत्रो अवार्ड जितेको छ छोराले। तर खोजी किन कसैले नगरेको?’ पवित्राको जवाफ छ, ‘अहिले स्कुल पढिरहेको छ। पढाइमा समस्या हुन्छ भनेर होला। त्यसपछि त खोजी भैहाल्ला नि।’

यो पनि पढ्नुहोस

आफूले अवार्ड जित्दा बेखबर थिए दिनेश खत्री

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०९:१५
  • #ऐना झ्यालको पुतली
  • #दिनेश खत्री

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
आज कति पुग्यो डलर ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्