• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आफूले अवार्ड जित्दा बेखबर थिए दिनेश खत्री

64x64
समर्पण श्री बुधबार, चैत ८, २०७९  ०७:०६
1140x725

काठमाडौं– ‘बधाई छ, तिमीले अवार्ड जित्यौ,’ दिनेश खत्रीको म्यासेन्जरमा टुप्लुक्क खबर खसालेँ। केही सेकेण्डमै उनले म्यासेज हेरे। 
तर, थाहा थिएन–‘अवार्ड के को हो?’

सिभिल मलस्थित नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल(निफ)को समापन समारोहमा १७ विधाका पुरस्कार घोषणा भइरहेका थिए। उत्कृष्ट घोषित भएको फिल्म ‘ऐना झ्यालको पुतली’ले लगातार ४ विधामा अवार्ड उचाल्यो।

घोषणाकै क्रममा जुरी प्रेमेन्द्र मजुमदारले स्पेसल मेन्सन (स्पेसन पर्फमेन्स) अवार्ड विजेताको नाम सुनाए। त्यो नाम ‘ऐना झ्यालको पुतली’को मुख्य पात्र  ‘वसन्त’को चरित्र निर्वाह गर्ने दिनेश खत्रीको थियो। तर, दिनेश कार्यक्रममा थिएनन्। 

उनलाई ‘निफ’ चलिरहेको छ भन्ने पनि थाहा थिएन। 

दिनेशको ट्रफी उचाल्न उनका कास्टिङ निर्देशक केदार श्रेष्ठ स्टेजमा उक्लिए। अवार्ड उचाल्दै गर्दा फिल्म क्रिटिक्स प्रेमेन्द्रले दिनेशको मुक्तकंठले प्रशंसा गरे,  ‘यति सानो बच्चाले आफ्नो चरित्रमा एकदमै प्रभाव पार्ने पर्फमेन्स गरेका छन्। कथालाई न्याय हुनेगरी हरेक सम्बन्धलाई फरक तरिकाले पोट्रेट गरेका छन्।’

दिनेशको नाममा हल गुन्जयमान भयो। तर, आफ्ना लागि बजेका तालीबारे उनी बेखबर थिए। 

यतिनै बेला प्रदीप खड्काले उत्कृष्ट अभिनेताको अवार्ड उचालेका थिए। उनको लागि यो क्षण बेग्लै खुसीको थियो। किनकि फिल्म ‘प्रकाश’मा गरेको अभिनयको मीठो परिणाम पाएका थिए उनले। त्यसअघि प्रदीपले कुनै फेस्टिभलमा विजेता महसुस गर्न पाएका थिएनन्। उनले आफ्ना खुशी सेयर गर्दा थुप्रै दर्शकको उत्साहित प्रतिक्रिया पाए।

तर, दिनेशले?

Ncell 2
Ncell 2
nimb
nimb

‘दाइ र ममीलाई यो कुरा भनेँ। उहाँहरू खुसी हुनुभयो,’ बुधबार बिहान उनले फोनमा सुनाए।

dinesh khatri (3)1679415894.jpg

दिनेश यतिबेला मोरङको विराटचोकमा बस्छन्। मंगलबारबाट कक्षा ९को अन्तिम परीक्षा चलिरहेको छ दिनेशको। पहिलो दिन अंग्रेजीको परीक्षा सकेर उनी घर पुगे। दोस्रो दिन विज्ञानको परीक्षा थियो। पढिरहेको क्षण फुर्सद निकालेर इन्टरनेट चलाउँदै थिए। त्यही क्रममा आफूले अवार्ड पाएको खबर सुने।

‘कस्तो लागिरहेको छ?’

Xtrem

Xtrem

‘खुसी लागिरहेको छ,’ दिनेशले खुशीमिश्रित लवजमै भने। उनले बालाई चाहिँ खबर सुनाउन पाएका छैनन्। ‘बा पहाड घर(संखुवासभा) जानुभएको छ, अलैँचीबारीमा। आएपछि सुनाउँछु,’ उनले भने।

झण्डै ७ महिनाअघि दिनेश पहिलो पटक काठमाडौं आएका थिए। जब काठमाडौं आए, सबै कुरा सपना जस्तो लाग्यो। पाँच वर्षअघि सुटिङ भएको फिल्म ‘ऐना झ्यालको पुतली’को रिलिज भयो। पहिलो पटक उनले हलमा फिल्म हेरे, त्यो पनि आफ्नै।

आफूले टिभीमा देख्दै आएका कलाकारहरू नै उनका फ्यान भए। थुप्रै अन्तर्वार्ताहरू आए। थुप्रै माया पाए। यही माया मनभरि बोकेर उनी घर फर्किए।

काठमाडौंबाट फर्केपछि उनलाई साथीभाइले खुब माया गरे। स्कुलमा सर मिसहरूबाट पनि माया बढेको महसुस गरे। त्यतिबेला उनको विज्ञानको परीक्षा छुटेको थियो।  स्कुल फर्केपछि परीक्षा पनि दिए।

त्यसयता उनको दैनिकी घर र स्कुल ओहोरदोहोर गर्दैमा बित्छ। ‘फेरि फिल्म खेल्ने कि नखेल्ने,’ दिनेशलाई थाहा छैन। 

उनलाई यति थाहा छ, ‘पहिलो त पढाइ सकाउनु छ।’

जब ‘बच्चा चोर्ने मान्छे’ गाउँ पुगे
निफमा ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड पनि हात पारे। बाँकी उत्कृष्ट फिल्म र पटकथाको अवार्ड उनैले पाए। त्यसमाथि दिनेशले पाएको अवार्डमा उनी झन् पुलकित छन्। सुजित उतिबेलाका दृश्य सम्झन्छन्, जतिबेला ‘वसन्त’को खोजी गर्न उनीहरू चैनपुरबाट याख्याचोक पुगेका थिए।

‘वसन्त’का लागि थुप्रै पात्र हेरिए। तर सुजितले बनाएको स्केचमा अटाएनन् उनीहरू। कास्टिङ निर्देशक आकाश मगरले संखुवासभाको एउटा स्कुलमा स्केचसँग मिल्दो बालक भेटाए। ती बालकको फोटो सुजितलाई पठाए। ‘मैले खोजेको ठ्याक्कै यस्तै हो,’ सुजितले भने। 

भोलिपल्ट स्कुलमा ती बालक भेट्न आकाश र सुजित गए। तर बन्द थियो स्कुल। ‘उसलाई खोज्न २ घण्टाको बाटो बाइकमा गयौँ। घर नजिक दिनेश खेल्दै रहेछ,’ सुजित सम्झन्छन्।

dinesh khatri (1)1679415894.jpg

साथीहरूसँग खेल्दै गरेका दिनेशलाई अँगालो मारेर नाम सोधिरहेका थिए उनीहरूले। काकाले हत्त न पत्त दिनेशलाई थुतेर लगे। ‘बच्चा चोर्ने मान्छे आउँछन् भन्ने हल्ला रहेछ गाउँमा। त्यसमाथि सुजितको दाह्री बाक्लो थियो। त्यहाँका मानिसलाई शंका लागेछ,’ आकाश भन्छन्।

सुजित र आकाशले उनका आफन्तहरूलाई ‘कन्भिन्स्ड’ गर्न प्रयत्न गरे। ‘बल्लबल्ल हामीले सम्झायौं। फिल्मबारे कुरा गर्यौँ। दिनेशको बुबा राजी हुनुभयो,’ आकाश भन्छन्।

फिल्मका लागि दिनेशको परिवारसँग सम्झौता गरेर उनीहरू फर्किए। जब वर्कसप सुरु भयो, दिनेश आएनन्। दिनेशको बालाई उनीहरूले फोन गरे। 

‘सर मलाई एकदम अफ्ठेरो भयो। गाउँलेहरूले ल्याउन दिएनन्। छोरा बेचेर खाने भयो भन्ने आरोप लगाए,’ उताबाट बुबाले भने। गाउँका मान्छेले वडा कार्यालयमा उजुरी हालेका रहेछन्। ‘तपाईंहरूलाई वडाध्यक्षले खोज्नुभएको छ। वडा कार्यालय आउनुुस्,’ दिनेशको बाले भने।

वडा कार्यालयमा कास्टिङ निर्देशक केदार श्रेष्ठ पुगे। उनले वडाध्यक्षलाई भेटे। वडाध्यक्षले एग्रिमेन्ट पेपर पढे, केदारसँग संवाद गरे। ‘उहाँहरू राम्रो मान्छे हुनुहुँदो रहेछ। सबै कुरा लेखेकै छ यहाँ। किन डराउनुपर्यो र!’ वडाध्यक्षले भने। 

तैपनि बा ढुक्क भएनन्। फिल्म निर्माण टिमलाई हेल्पिङ डिपार्टमा काम गर्ने मान्छे चाहिएको थियो। ‘हाम्रो फिल्ममा पनि काम गर्ने मान्छे चाहिन्छ, तपाईं हाम्रो क्रु मेम्बर भएर आउनुस्,’ केदारले दिनेशको बालाई आग्रह गरे। त्यसपछि मात्र राजी भए बा।

पछि सुटिङको बेला दिनेशका बाले खुसी हुँदै भने, ‘सर भाग्य त पाएको हो नि मेरो छोराले। नत्र कसैले यसरी फिल्म गर्न पाउँछ र?’

‘मेरो अर्को आमा पनि हुनुहुन्छ’

वर्कसप हुनुअघि दिनेश अपरिचितसँग खुलेर बोल्न सक्दैन थिए। उसो त फिल्म भनेको पनि थाहा थिएन उनलाई। ‘मलाई फिल्म खेल्ने भन्दा खुसी लागेको थिएन। डर मात्र लागेको थियो,’ दिनेश भन्छन्। 

हरेक दिनको वर्कसपमा खेलहरू हुन्थे, मेडिटेसन हुन्थे, दौड हुन्थ्यो। नजाँनिदो ढंगले दिनेशलाई सबैसँग आत्मीय बनायो। उनी आफ्ना कुराहरू सहजै भन्न सक्ने भए। फिल्मकी आमा पात्र सिरु विष्टलाई आफ्नै आमा ठान्न थाले। फिल्मकी दिदी पात्र कञ्चन चिमौरियालाई आफ्नै दिदी मान्न थाले। ‘सबैले माया गर्थे। सबैसँग नजिक भएँ,’ दिनेश भन्छन्।

०७४मा फिल्मको सुटिङ भएको थियो। सुटिङ सकेर ४ महिनापछि घर पुगेका दिनेश परिवर्तन भए। आमालाई सताउने, चकचक गर्ने दिनेश एकदमै शान्त थिए। छोरा देखेर दिनेशकी आमा दंग पर्थिन्। एकदिन दिनेशकी आमाले केदारलाई फोन गरेर दुःख पोखिन्, ‘सर, यो त हाम्रो दिनेश नै हैन। बोल्दै बोल्दैन। म तेरो आमा हुँ नि भनेर सम्झाउँदा मेरो त उता पनि आमा हुनुहुन्छ भन्छ। तपाईंहरूले अर्कै बनाएर पठाइदिनुभयो।’

‘हामी मेथड एक्टिङको फममा थियौँ। सुटिङ सकेर ब्रेक गराउने उपाय सोचनछौं। आमालाई केही उपाय दियौं,’ केदार सम्झन्छन्।

फिल्म खेलेको पाँच वर्षपछि दिनेश पर्दामा देखिए। पाँच वर्षअघिका काम हेर्दा लाग्दो रहेछ, ‘मैले यस्तो पनि गरेको थिएँ र?’ झण्डैझण्डै बिर्सिसकेका कामले दिनेशलाई अहिले परिणाम दिइरहेका छन्। यद्यपि, उनलाई ‘एक्टर’ नै बन्छु भन्नेचाहिँ अझै छैन। 

‘के बन्छौ त तिमी?’ यो प्रश्नमा उनी कन्फ्युज छन्। हल्का लजाएझैं भावमा भन्छन्, ‘खै, अहिले जे देख्यो त्यही बन्न मन लाग्छ। फेरि मनमा लागेको कुरा एक दुई घण्टामै हटिहाल्छ।’
००० 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्