काठमाडौं– शाहरुख खान अहिले कश्मीरमा आगामी फिल्म ‘डंकी’ को सुटिङमा व्यस्त छन्।
राजकुमार हिरानी निर्देशित फिल्ममा शाहरुखसँग अभिनेत्री तापसी पन्नु देखिनेछिन्। ‘डंकी’ रिलिज हुनुअघि नै फिल्मको सेटबाट दुवै स्टारको तस्बिर लिक भएको छ।
'डंकी' को सेटबाट फोटो खिचिएको यो पहिलो पटक होइन। यसअघि पनि डङ्कीको सेटबाट धेरै तस्बिर र भिडियो लिक भइसकेका छन्, जसकारण निर्माताहरू निराश देखिएका छन्।
हालै अदालतले शाहरुख खान र तापसी पन्नुको फिल्मको लिक क्लिप सम्बन्धमा आदेश दिएको थियो। अदालतले सामाजिक सञ्जालबाट लिक भएको फिल्मको क्लिप हटाउन आदेश दिएको छ।
अदालतको आदेशको बाबजुद पनि फिल्म ‘डंकी’को भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन छाडेको छैन। फिल्मको सेटबाट नयाँ तस्बिर बाहिरिएको छ। यो तस्बिरमा शाहरुख खान बसिरहेका छन्।
हिरानीको फिल्म ‘डंकी’ २२ डिसेम्बर २०२३ मा सिनेमाघरमा रिलिज हुँदैछ। फिल्ममा फ्यानहरूले पहिलो पटक शाहरुख र तापसी पन्नुको जोडी देख्न पाउनेछन्।
फिल्ममा यी दुई स्टारका अलावा विक्की कौशल पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्। यसबाहेक शाहरुख खान एट्लीको फिल्म ‘जवान’ मा देखिनेछन्। यो फिल्म पनि यसै वर्षको जुनमा रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।