काठमाडौं– द्वन्द्व विज्ञ इन्द्रजित राई पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै नेपालीबाट लाखौं रकम उठाएर ठगी गरेको प्रकरणमा राई पक्राउ परेका हुन्।
राई एमाले नेता रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदा उनको सुरक्षा सल्लाहकार थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले राईलाई पक्राउ गरिएको पुष्टि गरे। उनलाई ललितपुरबाट पक्राउ गरिएको हो।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको भनेर सयौं नेपालीले प्रहरीमा उजुरी दिएका छन्। उजुरीको आधारमा प्रहरीले केही महिना अगाडिदेखि नै अनुसन्धान अगाडि बढाएको थियो। अमेरिका जाने भन्दै पीडितहरुले दिएको रकम राईले समेत लिएको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै पैसा असुली गर्ने कार्यमा एउटा गिरोह नै सक्रिय भएको प्रहरीको भनाइ छ। उक्त गिरोहको राजनीतिक दलका नेताहरुसँग साँठगाँठ भएको विषय पनि सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।