• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

टिआरसीसहित महत्त्वपूर्ण विधेयकमा सरकारका दुई विकल्प: अध्यादेश ल्याउने कि अधिवेशन पर्खिने? 

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १९, २०८०  १२:५९
1140x725

काठमाडौं– कार्यबाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरे। योसँगै मंसिर ४ गते भएको निर्वाचनपछि सुरु भएको संसद् केही समयमा लागि रोकिएको छ। मंसिर ४ गते भएको निर्वाचनपछि सरकारले पुस २५ गते संसद्को पहिलो बैठक बसेको थियो। करिब ४ महिना चलेको संसद्को हिउँदे अधिवेश सकिएर अब बजेट अधिवेशन सुरु हुनेछ। 

संविधानमा जेठ १५ गते वजेट संघीय संसद्‌मा पेस गर्नुपर्ने उल्लेख छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेस गर्नका लागि सरकारले बजेट अधिवेशन बोलाउनुपर्ने छ।

हिउँदे अधिवेशनमै पारित गर्नुपर्ने कतिपय महत्वपूर्ण विधेयक सरकारले संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभामा पेस गरेको थियो। सरकारले संसद्‌बाट ती विधेयकहरु समितिमा नपठाई फास्टट्रयाकमा पारित गर्ने उद्देश्य राखेर ल्याएको थियो।

सरकारले तत्कालै पारित गर्नुपर्ने आवश्यकता रहेको भन्दै बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, सम्पत्ति शुद्धीकरण रोक्ने कानुन निर्माणका लागि आवश्यक विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक प्रतिनिधि सभामा छलफल सुरु गरेको थियो।

संक्रमणकालीन न्याय, सम्पत्ति शुद्धीकरण र संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई सरकारले प्राथमिकता दिएर यही अधिवेशनमा पारित गर्न चाहेको थियो। संक्रमणकालीन न्याय प्रक्रिया शून्य अवस्थामा भएको भन्दै सरकारले ऐन संशोधन अघि बढाएको थियो भने सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती नै रोकिएपछि संवैधानिक परिषद् सम्बन्धी ऐन अघि बढाएको थियो। त्यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकहरु अन्तर्राष्ट्रिय रुपमा नेपाल सम्पत्ति शुद्धीकरणको कालो सूची पर्नसक्ने जोखिमका कारण अघि बढाएको थियो।

सरकारले यही हतारोका कारण संक्रमणकालीन न्यायसम्बन्धी ऐन संसद्को विशेष समिति निर्माण गरेर पारित गर्ने सहमति पनि गरेको थियो। यो सहमतिसँगै सर्वोच्च अदालत १५ महिनादेखि कामयमुकाय प्रधान न्यायाधीशको भरमा चलेकाले संसद्‌मै छलफल गरेर पारित गर्ने सहमति अनुसार कार्यसूचीमा पनि परेको थियो। तर अन्तिम समयमा दुवै कार्यसूचीबाट उक्त विषयहरु पछि हटे। संसद् अधिवेशनको अन्तिम दिन शुक्रबार संवैधानिक परिषद्, सम्पत्ति शुद्धीकरण र टिआरसी सम्बन्धी विधेयकलाई सम्बन्धित समितिमा पठाउने कार्यसूची राखिएको थियो। 

सभामुख देवराज घिमिरले उक्त प्रस्ताव पेस गर्न प्रधानमन्त्रीका तर्फबाट संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदान किराँतीलाई समय दिएका थिए। मन्त्री किराँतीले प्रतिनिधि सभामा उक्त प्रस्ताव पेस गरे। उक्त प्रस्ताव संसद्को बहुमतले स्वीकृति दिएपछि संवैधानिक परिषद, सम्पत्ति शुद्धीकरण र टिआरसी विधेयकहरु सम्बन्धित समितिमा पठाइएको थियो।

योसँगै टिआरसी विधेयकका लागि विशेष समिति गठन गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र माअवादीकाबीचमा भएको सहमति पनि टुटेको थियो। सोही दिनको बैठकले यी विधेयकहरुलाई सम्बन्धित समितिमा पठाइएको छ। संसद् अधिवेशनको अन्तिम दिन समितिमा रहने सबै दलका सदस्यहरुको नाम अनुमोदन भएकाले समितिमा पुगेका विधेयकहरुमाथि दफावार छलफल हुनसक्ने देखिन्छ। तर सत्ता पक्ष तयार हुनुपर्ने देखिन्छ। समितिहरुमा सत्ता पक्षको बहुमत हुने भएकाले उनीहरु सहमत नभएसम्म यो छलफल अघि बढ्ने देखिँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारसँग दुई विकल्प: अध्यादेश ल्याउने वा बजेट अधिवेशन पर्खिने?
संसद्को अधिवेशन अन्त्य भएकारले संसद्‌बाट तत्काल पारित नभएका यी कानुनबारे सरकारसँग दुई विकल्प रहेको कानुनका जानकारहरुको टिप्पणी छ। सरकारले अर्को अधिवेशन सुरु नभएसम्म तत्कालीन रुपमा काम चलाउन परेमा अध्यादेश ल्याउन सकिने संविधानमा व्यवस्था छ। संविधानको धारा ११४ मा अध्यादेश सम्बन्धी व्यवस्था छ।

उक्त धारामा ‘संघीय संसद्को दुवै अधिवेशन चलिरहेको अवस्थामाबाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने छ’ भनिएको छ। उक्त अध्यादेश संसद्को अधिवेशन सुरु भएको पहिलो बैठकमा पेस गर्नुपर्ने र ६० दिनभित्र प्रतिस्थापन विधेयक पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

सरकारका लागि सजिलो बाटो अध्यादेश भएपछि यो विवाद हुने देखिन्छ। संसद् अधिवेशनको अन्तिम दिन विधेयकहरुलाई समितिमा पठाउने अनि अध्यादेश ल्याउने कार्यले सरकारको काम विवादमा पर्ने छ। अन्तर्राष्ट्रिय कानुनका जानकार एवं अधिवक्ता राजु चापागाईंले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकसहित अरु विधेयकहरु दुरगामी महत्त्वको भएकाले यसलाई लामो छलफल गरेर सहमतिमै अघि बढ्नुपर्ने बताए।

सरकारले यस्ता कार्य अध्यादेशबाट ल्याउँदा झन विवादित हुने उनको तर्क छ। ‘महत्वपूर्ण यस्ता विधेयकहरु धेरैभन्दा धेरै छलफल गरेर ल्याउनुपर्छ,’ उनले भने, ‘अध्यादेश त तत्कालै कुनै काम रोकिएमा फुकाउनका लागि मात्र हो। यो त कति वर्षदेखि विवादित भइरहेको छ।’

Xtrem

Xtrem

सरकारसँग रहेको अर्को विकल्प हो अर्को अधिवेशन पर्खिने। संसद्को अर्को अधिवेशन छिटै बोलाउनुपर्ने छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले त्यसअघि संसद्‌मा सरकारको नीति तथा कार्यक्रम र प्रि बजेट  छलफल गराउनुपर्ने छ। त्यसको लागि सरकारसँग १५ दिनको समयअघि नै संसद्को बजेट अधिवेशन सुरु गर्नुपर्ने छ। 

यसरी हेर्दा सरकारले बजेट अधिवेशन वैशाखको पहिलो साता बोलाउन सक्ने देखिन्छ। उक्त अधिवेशनमा सरकारले समितिमा सक्रिय छलफल गराएर पारित गराउँदै विधेयक प्रतिनिधि सभामा पुर्‍याउन सक्नेछ। सत्ता पक्षको संसद्‌मा बहुमत भएकाले त्यहाँबाट पारित गर्नुपर्नेमा अधिवक्ता चापागाईं पनि सहमत छन्। समितिहरुमा सबै पक्षसँग व्यापक छलफल गर्ने र सहमति गरेर सर्वोच्च अदालको फैसला, अन्तर्राष्ट्रिय कानुन र पीडितहरुको माग सम्बोधन गर्नेगरी विधेयक ल्याएर पास गरेमा यो कुरा टुंगोमा पुग्ने नत्र फेरि विवादित हुने भएकाले सरकार गम्भीर बन्नुपर्ने कानुनविदहरुको सुझाव छ।

सत्ता पक्षले पनि उक्त विधेयकहरु अब अध्यादेशबाट ल्याउनेभन्दा नियमित प्रक्रियाबाट आउनुपर्ने उनले बताए। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यी विधेयकहरु संसद्ले समितिमा पठाएको र त्यहिँ छलफल भएर टुंगोमा पुग्ने दाबी गरे। उनले महत्त्वपूर्ण विधेयक भएकाले सरकारले संसद्‌मै छलफल गरेर टुंग्याउन चाहेको तर दलहरुकाबीचमा सहमति नभएकाले अब नियमित प्रक्रियावाटै अघि बढ्ने उनको भनाइ छ। 

त्यस्तै सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद एवं सचिव देवेन्द्र पौडेलले अब समितिमा गएकाले त्यहिँ छलफल हुने बताए। सरकारको प्रस्तावमा समितिमा गएकाले त्यसमा फेरि अध्यादेश ल्याउने वा अर्को बाटोतिर जाने कुरा नहुने उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद  शुरु भएको थियो । मोरङ प्रहरीले भने  दुई पक्षबीच सामान्य  विवाद... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्