• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

‘विदेश पढ्न जाने वातावरणसँगै स्वदेश फर्किने माहोल पनि बनाउनुपर्छ’

64x64
नेपाल लाइभ आइतबार, वैशाख १७, २०८०  २०:४५
1140x725

काठमाडौं- नेपालमा उच्च शिक्षा अध्ययनको अवस्था र वैदेशिक शिक्षा आर्जनका अवसर र चुनौती लगायतका विषयमा केन्द्रित रहेर अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल शैक्षिक परामर्श संघ इक्यानसँगको सहकार्यमा वानअपले आइतबार काठमाडौंमा आयोजना गरेको ‘एडुक्लेभ’मा सहभागी वक्ताहरुले वैदेशिक शिक्षामा विद्यार्थीलाई रोक्न नहुने बताए।

कार्यक्रममा अधिकांश वक्ताले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि उचित वातावरण बनाउनुपर्ने तर सँग–सँगै नेपाल फर्काउने वातावरण पनि बनाउनुपर्नेमा जोड दिए। 

त्यसका लागि नेपाल सरकारले अवसर सिर्जना गर्नुपर्ने उनीहरुको भनाइ थियो। वैदेशिक शिक्षाका लागि नेपालबाट हजारौं युवा युरोप, अमेरिका, क्यानाडा, जापान, कोरिया जस्ता मुलुकमा पुग्ने गरेका छन्। वक्ताहरूले उच्च शिक्षाका लागि नेपालमै पनि गुणस्तरीय शिक्षा प्रदानमा जोड दिनुपर्ने कुरा राखे।

कार्यक्रममा तीन वटा प्यानल डिस्कसन भएका थिए। ‘हाम्रो शिक्षा प्रणाली, नयाँ दृष्टिकोणको आवश्यक्ता’ शीर्षकमा पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल, शिक्षा मन्त्रालयका पूर्वसचिव दीपेन्द्र विक्रम थापा, इक्यानका अध्यक्ष प्रकाश पाण्डे र अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मानसी अग्रवालले आफ्ना भनाइ राखेका थिए।

342962352_1182841772401529_2629120333233473734_n1682866799.jpg

कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सरकारले एनओसी बन्द गर्नुभन्दा विश्वविद्यालय राम्रो बनाउनुपर्नेमा जोड दिए। ‘समयमा जाँच र समयमा रिजल्ट आउनुपर्‍यो। नेपालकै विश्वविद्यालयहरु राम्रा भए भने पढ्नका लागि अन्त को जान्छ?’ पौडेलले भने, ‘शिक्षालाई आजको अवस्थामा कसले पुर्‍यायो त? पार्टीमा आबद्ध भएको नाताले म पनि त्यसको भागिदार छु।’ पौडेलले आर्मी र प्रहरीको संख्या बढाउने कि शिक्षकको संख्या बढाउने? भन्ने प्रतिप्रश्न गरेका थिए।

यसैगरी, पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपालमा कुनै पनि विद्यार्थीले बाहिरको जस्तो गुणस्तरीय शिक्षा भनेर खोजी गर्दा गुणस्तरीय शिक्षा नेपालमै उपलब्ध गराउनु पहिलो दायित्व हुनुपर्नेमा जोड दिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, ‘विदेशिने नेपाली विद्यार्थी : अवसर वा जोखिम’ शीर्षकमा पूर्व पर्यटनमन्त्री तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराई, अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पा, शैक्षिक अभियन्ता सविन जोशी, डिस होम मिडियाका सञ्चालक सुदीप आचार्य,  वरिष्ठ पत्रकार युवराज घिमिरे र ग्लोबल इक्वालिटीका फाउन्डिङ म्यानेजिङ पार्टनर मनिष थापाबीच अन्तर्क्रिया भएको थियो।

विदेश पढ्न जाने क्रमसँगै उतै पलायन हुने चलनले देशलाई ठूलो नोक्सानी भइरहेको नेता भट्टराईको भनाइ थियो। उनले भने, ‘पैसा कमाउन सकिन्छ, तर बौद्धिकताको पलायन भयो भने त्यो कमाउन गाह्रो छ।’ 

उनले पछिल्लो समय बाहिरको विश्वविद्यालयमा पढ्ने चाहिँ जान्ने र नेपालको विश्वविद्यालयमा पढ्ने नजान्ने भन्ने किसिमको भाष्य निर्माण भएकोमा चिन्ता व्यक्त गरे।

वरिष्ठ पत्रकार युवराज घिमिरेले विदेश पढ्न जाने कुरा समाजमा प्रतिष्ठाको विषय समेत बन्दै गएको बताए।  ‘पल्लो घरको भाइ गयो, दिदी गइन् हामी किन नजाने भन्ने आउँछ,’ उनले थपे, ‘सामान्य परिवारको विद्यार्थी विदेश पढ्न जाँदा घर बन्दकी राख्नुपर्छ। त्यसरी घर बन्दकी राखेर विदेश गएपछि उसका लागि मनोवैज्ञानिक दबाब हुन्छ। पैसा नतिरी फर्कन्न भन्ने हुन्छ।’

Xtrem

Xtrem

342893500_1818910068510547_1992578262063480909_n1682866799.jpg

यसैगरी, ‘वैदेशिक शिक्षाको प्रभाव’ विषयक छलफलमा पूर्व शिक्षामन्त्री एवं प्रतिनिधि सभा सदस्य शिशिर खनाल, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा, ठमेल डटकमका संस्थापक बालकृष्ण जोशी, सिटी एक्सप्रेसका सञ्चालक चन्द्र टन्डन र शैक्षिक परामर्शदाता प्रकाश पाण्डे सहभागी थिए।

अन्तर्क्रियामा सहभागी वक्ताहरूले विदेशमा शिक्षा हासिल गरेर नेपाल फर्केका व्यक्तित्वहरुको उदाहरण पनि दिए। एडुक्लेभको आयोजक वान अपका सीईओ रविशंकर झाले राज्यले शैक्षिक परामर्श केन्द्रहरूलाई सम्मानको दृष्टिले नहेरेको भन्दै चिन्ता व्यक्त गरे।

उनले विदेश पढ्न जान चाहने विद्यार्थीलाई सहायता, परामर्श गर्ने शैक्षिक परामर्श केन्द्र र व्यवसायीहरुलाई नकारात्मक चित्रण गरेर कसैलाई फाइदा नहुने बताए। 

शैक्षिक परामर्श व्यवसायलाई अझ मर्यादित र व्यवस्थित गर्दै लैजान, यस क्षेत्रका अवसर र चुनौतीबारे बहस गर्न एडुक्लेभमा सरोकारवाला, विज्ञ, नीति निर्माता, विद्यार्थी, अभिभावक र शैक्षिक परामर्श केन्द्रहरुलाई एकै थलोमा भेला गरेर अन्तर्क्रिया गराएको उनको भनाइ थियो।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
अटोमोबाइल उद्योगका अनुभवी मेघराज पौडेललाई एफएनसीसीआईको यातायात समितिमा जिम्मेवारी महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव, ज्ञान... बुधबार, असोज ७, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका त्यसपछि सामानको पछाडि टाँसिएको स्टिकरमा रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गरी 'सामसङ स्पेस १४ अंकको सिरियल नम्बर' लेखेर ३७२७३ मा एस... मंगलबार, असोज ६, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना भाटभटेनीले सामाजिक सञ्जालमा लेखेको छ, ‘भाटभटेनी परिवारमा मिरुना मगरलाई हार्दिक स्वागत गर्दछौं ।’ आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्