काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका १/२ स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षा भईरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।