नयाँदिल्ली- भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको मुद्दामा सोमबार गुजरात हाईकोर्टमा सुनुवाइ हुँदैछ। गान्धीले ‘मोदी नामका व्यक्ति सबै चोर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएको विषयमा सुरत सेशन कोर्टले उनलाई दुई वर्षको जेल सजाय सुनाएको थियो। त्यसपछि गान्धीले गुजरात हाईकोर्टमा पुनरावेदन दिएका थिए।
यो मुद्दामा सुरत अदालतको फैसलाले गान्धीको लोक सभा सदस्य पद गएको थियो। त्यसपछि उनले आफ्नो सरकारी आवास पनि खाली गर्नुपरेको थियो।
सन् २०१९ मा मोदीलक्षित गान्धीको टिप्पणीलाई लिएर सुरतको अदालतले फैसला सुनाएको थियो। अदालतले धारा ५०४ अनुसार दुई वर्षको सजाय सुनाएको थियो। अदालतले गान्धीलाई केही दिनको समय पनि दिएको थियो।
गान्धी त्यतिबेला जमानतमा छुटेका थिए। गान्धीले तत्कालै सुरतको अदालतमा पुनरावेदन दर्ता गराए तर अदालतले उक्त निवेदन खारेज गरिदियो। त्यसपछि उनले गुजरात हाईकोर्टमा अर्को निवेदन दर्ता गराए। उक्त निवेदनमाथि सोमबार सुनुवाइ हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।