काठमाडौं– मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गठित जाँचबुझ आयोगले पीडितहरुबाट उजुरी माग गरेको छ।
मधेश प्रदेशको जनकपुरमा कार्यालय स्थापना गरी काम गरिरहेको आयोगले पीडितहरुका पक्षबाट निवेदन आह्वान गरेको हो।
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले पीडितहरुलाई आफूसँग भएसम्मका सवुद प्रमाणसहित भएको व्यहोरा खुलाइ अनलाइनमार्फत सिधैं आयोगमा जिल्ला प्रशासन कार्यलयमा उजुरी दर्ता गराउन अनुरोध गरेको छ।
प्रत्येक जिल्ला प्रशासनमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ। सोही कक्षमा निवेदनको फाराम निशुल्क उपलब्ध गराइएकाले प्रमाणसहित दर्ता गराउन आयोगले अनुरोध गरेको हो।
बैशाख १७ गतेदेखि ३१ गतेसम्म १५ दिनभित्र उजुरी दिन पीडितलाई आयोगले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।