• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

सपनाको उडान भरिरहेकी कोरियोग्राफर निशिला

64x64
समर्पण श्री शुक्रबार, वैशाख १५, २०८०  ०८:३६
1140x725

काठमाडौं– ‘म डान्स सिक्नका लागि बैंग्लोर जान्छु!’

प्लस टु सकिएलगत्तै कोरियोग्राफर निशिला शाक्यले एकदिन यो निर्णय गरिन्। तर निर्णयलाई सदर त बाले गर्नुपर्थ्यो। ‘छोरीलाई यति टाढा कसरी पठाउने?’ परिवार प्रस्ताव मान्न तयार थिएन। 

डान्स रहर मात्र थिएन, सपना थियो निशिलाको। 

प्लस टुपछि डान्स सिक्नका लागि काठमाडौंमा इन्स्टिच्युट खोजिन्। तर आफूले चाहेको डान्स सिक्ने माहोल थिएन। एकपटक झम्सिखेलमा तीन महिने जाज नृत्य कार्यशालामा उनी सहभागी भएकी थिइन्। त्यतिबेला न्युओर्कबाट आएका नृत्य प्रशिक्षकबाट उनी प्रभावित बनिन्।

‘वर्कसपमा उहाँले भन्नुभएको थियो– तिमीमा सम्भावना छ। अझै सिक्नुछ। त्यसकारण इण्डिया सिक्न जाऊ,’ उनी प्रशिक्षकको भनाइ सम्झिन्छिन्।

स्कुलदेखि नै नृत्यमा रुचि थियो निशिलाको। बा संगीतकार थिए। संगीत बज्दा छोरी नाचेको देखेर पुलकित हुन्थे। बाको तारिफबाट नाच्ने हुटहुटी बढ्दै  गयो। र त्यो हुटहुटीलाई उनले स्कुले जीवनपछि पनि पछ्याइरहिन्।

पछ्याउँदै जाँदा सोचिन्, ‘एकदिन म प्रोफेसनल डान्सर बन्छु।’

कन्टेम्पोररी डान्स सिक्न त्यतिबेला नेपालमा सायदै सम्भव थियो। उनलाई यही सिक्न मन थियो। ‘इण्डिया जान परिवारलाई कसरी मनाउने?’ हरदिन निशिला सोच्थिन्।

Ncell 2
Ncell 2
nimb
nimb

अडिसनमा उनले डान्सको भिडियो बैंग्लोरको अट्कालारी सेन्टर अफ मुभमेन्टआर्टस् पठाएकी थिइन्। निशिला छनोट भइन्। ‘त्यसपछि घरमा मनाउन मलाई २ महिना लाग्यो,’ उनी सुनाउँछिन्। 

संयोगबस् उनकी दिदी पर्ने आफन्त पनि बैंग्लोरमा रहेछिन्। आफ्नो घर पाटनमा आफन्तहरूको भेटघाटमा बा–आमाले यो कुरा थाहा पाए।  त्यसपछि परिवार राजी भयो। 

जुन १४, जुलाई २०१४ मा निशिलाले बैंग्लोरसम्म सपनाको उडान भरिन्। 

०००

समय बितेर ८ वर्ष पर धकेलिइसक्यो।

उनी अहिले नेपालको व्यस्त कोरियोग्राफर मध्येमा पर्छिन्। कन्टेम्पोररी डान्स सिकाउनेहरू औंलामा गन्न सकिन्छ यहाँ। तीमध्ये अब्बल प्रशिक्षक मानिन्छिन् उनी।

यतिबेला कोरियोग्राफर निशिला व्यस्त सेड्युलमा छिन्। शुक्रबारबाट नेपालमा पहिलो पटक ‘नेपाल डान्स फेस्ट’ हुँदैछ।वैशाख १५ र १६ गते विशालबजार रुफटपस्थित बेन्टो लाउन्ज एण्ड बारमा हुने २ दिने फेस्टिभलको आयोजक हुन् निशिला।

२ वर्षअघि सुरु गरेको इम्पल्स एकेडेमी अफ पर्फमिङ आर्ट्स्मार्फत् बेली डान्स नेपालसँग सहकार्य गरेर उनले फेस्टिभलको तयारी गरेकी छन्।

‘नयाँ पुस्तालाई हामीले अवसर दिनुछ। डान्स आर्टिस्टहरूको कम्युनिटी बलियो बनाउनु छ,’ उनी भन्दै थिइन्। 

इण्डियामा डान्स सिकेर केही वर्ष त उनले मुम्बईमा काम गरिन्। त्यो पनि आफूले मानक मानेका चर्चित कोरियोग्राफरसँग। यद्यपि उनी नेपालै फर्किइन्। किनकि यहाँ थुप्रै ग्याप थिए। त्यो खालीपना मेट्नका लागि निशिलालाई आफ्नो आवश्यकता महसुस भयो। उनी फर्किइन्। 

सन् २०१९मा नेपाल फर्किएकी निशिलाले डान्स करिअरमा पछाडि फर्कनुपरेको छैन। तर, यहाँसम्म आइपुग्न गर्नुपरेका संघर्ष कम चुनौतिपूर्ण छैनन्। त्यो संघर्ष उनले बैंग्लोरसम्म भरेको सपनाको उडानबाट सुरु हुन्छ।

बैंग्लोरमा उनका लागि सबै कुरा नयाँ थियो। त्यहाँको वातावरणमा घुलमिल नहुँदै उनको शरीरको दायाँ भाग प्यारालाइज्ड भयो। १५ दिनपछि कोर्स सुरु हुँदै थियो। यता उनलाई बिमारीले च्याप्यो।

उनले उतैको अस्पतालमा उपचार गरिन्। डाक्टरले भनेका थिए, ‘निको हुन १ वर्ष लाग्छ।’ उनी अतालिइन्। तर आफूलाई सेल्फ मोटिभेट गर्नुको विकल्प थिएन।

उपचारपश्चात् जब उनी कक्षामा गइन्। कठिनाइका दिन झन् सुरु भए। ‘कक्षामा मसँग नलेज जिरो थियो। डान्सबारे टर्महरू नै बुझिनँ। म अतालिएँ,’ उनी सम्झन्छिन्।

त्यहाँ नर्थ , साउथ इण्डियनहरूका अगाडि उनी एक्लो नेपाली थिइन्। न भाषामा सहजता थियो, न सहकार्यमा। ‘सुरुमा त म किन आएछु भनेर रोएँ,’ उनी सुनाउँछिन्।

त्यहाँको प्रक्रिया बुझ्न १ महिना भन्दा बढी समय लाग्यो निशिलालाई।

कक्षा बिहान ८ देखि साँझ ६ बजेसम्म चल्थ्यो। उनले त्यहाँ कन्टेम्पोररीसँगै विभिन्न शैलीका डान्स सिकिन्। ‘इण्डियन मार्सलआर्ट, कम्फु, भरतनाट्यम्, कन्टेम्पोररी, ब्याले लगायत विभिन्न विषय थिए। त्यसमध्ये भरतनाट्यम् र कन्टेम्पोररी मुख्य विषय थिए,’ उनी भन्छिन्।

उता डान्सप्रतिको बुझाइ फराकिलो हुन्थ्यो। निशिलाको बुझाइ फैलाउन कोर्सको ठूलो मद्दत गर्‍यो। उनले डान्सलाई कलामात्र हैन, कलाकारलाई अनुशासनमा बाध्ँने कलाका रुपमा पनि बुझ्न थालिन्।

ब्याले र कन्टेम्पोररी फर्म उनका लागि सहज थिएन। ‘यो फर्म ७/८ वर्षको उमेरदेखि सिक्नुपर्ने हो। तर १७ वर्षबाट सुरु गर्दा शरीरको ग्रोथ सकिनेबेलाको समय थियो,’ उनी भन्छिन्। 

डान्स गर्दा कति पटक घाइते पनि बनेकी छन् उनी। गर्दागर्दै नहुँदा उनी तनाबिलो देखिन्थिन्। जब कठोर साधनाबाट कठिन स्टेप गर्न सक्थिन्, त्यतिबेला खुसीको सीमा हुन्न थियो।

प्यारालाइसिस भएको शरीरले दिने दुःख त छँदै थियो।  बिमारीका कारण उनको तौला १० केजी घट्यो। जब निको हुँदै गइन् एक्कासि डेंगु भयो। डेंगुका कारण १४ दिन आइसियसमा बिताइन्।

१ वर्षमा यस्ता घटना घटिरहे। त्यतिबेला उनलाई लागिरह्यो, ‘मेरो प्यासनलाई ब्रह्माण्डले परीक्षण गरिरहेछ कि!’

कतिपय बेला त लाग्यो– फर्किन्छु।

तर उनी सपनालाई अधुरो छाड्न पनि सक्दिनथिइन्। थुप्रै उतारचढावको बाबजुद पनि उनले १ वर्षे कोर्स पूरा गरिछाडिन्।

अन्तिम दिन ग्र्याजुएसन थियो। ग्र्याजुएसनको २ दिनअघि पनि उनलाई ज्वँरो आएको थियो। पर्फमेन्सको दिन गलेको शरीरमा पनि निशिलाले जोस निकालिन्। ४५ मिनेटमा ४ वटा पर्फमेन्स गर्नुपर्ने थियो। त्यो पर्फमेन्सले टिचरहरूलाई प्रभावित बनायो। त्यो दि एकेडेमीको निर्देशक पनि आएका थिए। उनले निशिलाको प्रस्तुति देखेर  तारिफ गरे।

०००

निशिला त्यसपछि मुम्बई गइन्। मुम्बई बच्पनदेखिकै सपना थियो उनका लागि।  उनले कक्षा ९ पढ्दा प्रसिद्ध डान्स निर्देशक बेर्ट्विन डिसुजालाई भेट्ने सपना साँचेकी थिइन्। मुम्बईमा उनको त्यो सपना पूरा भयो।  उनले वैभवी मर्चेन्ट, श्यामाक, टेरेन्स लेविस, आशले लोबो, बित्थाल पाटिल, लन्जिनियस फेर्नान्डेज, रुक्मिनी विजयकुमार लगायतक चर्चित कोरियोग्राफरसँग काम गरिन्। 

त्यहाँ सुरुवाती दिनमा उनले ब्यागराउण्ड डान्सर भएर काम गरिन्। काम गर्दै जाँदा कोरियोग्राफीमा असिस्ट गर्न थालिन्। त्यही दौरान टेलिभिजनको सिजन, रियालिटी शो को ब्याक स्टेजका असिस्टेन गर्न थालिन्।

मुम्बईको बजार ठूलो थियो। कमाइ पनि राम्रै हुन्थ्यो। ‘त्यहाँ दिनमै २० हजार भन्दा माथि कमाइहुन्थ्यो। किनकि कामको सर्टेज कहिल्यै भएन,’ उनी भन्छिन्।

निशिला सन् २०१८ मा १ महिनाका लागि नेपाल आइन्। त्यतिबेला ‘बुगीबुगी’ रियालिटी शो हुँदै थियो। नेपाल आएलगत्तै उनले उक्त रियालिटी शोमा असिस्टेन कोरियोग्राफरको रुपमा काम गर्न थालिन्।

त्यसपछि उनको व्यस्तता चुलिन थाल्यो। निशिलालाई नेपालकै काममा रस पस्न थाल्यो।  ‘मेरो काम मन परेपछि मलाई नेपाल आइडलमा राख्नुभयो। त्यहाँ रियालिटी प्रोड्युसर असिस्ट गर्दै थिएँ। त्यसपछि ब्याक टु ब्याक सो भए। हरेक वर्ष यति व्यस्त हुने भइयो कि फर्किने चान्स नै पाइएन,’ उनी सुनाउँछिन्।

 कोभिडको समयमा पनि थुप्रै कामहरू आए। उनी खाली बस्नु परेन। 

उनले बैंग्लोरमा सिकेका कुरा नेपालमा सिकाउन चाहन्थिन्। ०२२, नोभेम्बरमा उनले इम्पल्स स्टुडियो खोलिन्। दोस्रो पटक भएको लकडाउनले व्यवसायमा केही असर गर्‍यो। १ वर्षयता उनको स्टुडियो लयमा आएको छ। स्टुडियोमा ३ जना डान्स शिक्षक छन्। उनी आफैं पनि डान्स सिकाउँछिन्।

उनलाई आफ्नो स्टुडियोबाट डान्सप्रतिको आम बुझाइ बदल्नुछ। प्यासनसहित आउनेहरू कम हुन्छन्। त्यसरी आउनेहरूका लागि डान्स शोखमात्र भएको पाउँछिन्। डान्स कक्षामा अभिभावक सन्तान लिएर आउँछन्। अनि भिडियो देखाउँदै भन्छन्, ‘मेरो छोरीले २ महिनामा यति त नाच्छ होला है!

गाना बजाएर स्टेप सिकाउनु मात्र डान्स हैन भन्ने धारणा उनी अभिभावकहरूमा बुझाउन खोज्छिन्।

कतिपय हुन्छन्, जो आफ्नै सपनालाई पछ्याएर आउने। यस्तै सपना पछ्याएर आउनेहरूको लागि उनी गम्भीर भएर सोच्छिन्। ‘यो फेस्टिभल उनीहरूका लागि त हो। जो डान्समा करिअर देख्छन्, तर अवसर छैन,’ उनी भन्छिन्।

त्यो अवसर सिर्जना गर्ने अभिष्टका साथ निशिला अगाडि बढिरहेकी छन्।  

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्