• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवर्द्धन गर्न महोत्सव, ३० प्रतिशतले बढ्यो निर्यात

64x64
कल्पना घिमिरे बुधबार, वैशाख १३, २०८०  १९:४६
1140x725

काठमाडौं– वैशाख १४ गते(बिहीबार)देखि विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय चिया महोत्सव हुन लागेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजना अन्तर्राष्ट्रिय चिया महोत्सव हुन लागेको हो।

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय चिया दिवसका अवसर पारेर अन्तर्राष्ट्रिय महोत्सव गर्न लागिएको काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद भट्टराईले जानकारी दिए।

महोत्सव काठमाडौं र इलाममा हुनेछ भने रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी हुने छन्। विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराइने बोर्डले जनाएको छ। 

१४ गते काठमाडौंमा चिया टेस्टिङ कार्यक्रम हुनेछ। १५ र १६ गते व्यापारीलाई चिया बगैंचा अवलोकन तथा फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गरिनेछ।

३० प्रतिशतले बढ्यो निर्यात
बोर्डका कार्यकारी निर्देशक भट्टराईले नेपाली चियाको गुणस्तर राम्रो भएपछि अहिले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको जानकारी दिए। अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएपछि चालू आर्थिक वर्षको ९ महिनामा २५ देखि ३० प्रतिशतले चिया निर्यातमा वृद्धि भएको उनले जानकारी दिए।

नेपालबाट निर्यात हुने चियामध्ये ९० प्रतिशत भन्दा बढी भारतमा निर्यात हुने गरेको छ। ‘नेपाली चियाको ९० प्रतिशत भन्दा बढी निर्यात भारतमा हुन्छ। तर प्रत्येक वर्ष हुने बाधा व्यवधान झन्झटिलो प्रक्रिया र नेपाली चिया कमसल तथा मिसावट रहेको जस्ता आरोप लाग्ने गरेका कारण नेपाली चिया अब्बल हुँदाहुँदै न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको र यी बाध्यता हटाउन पहल गरिरहेका छौं,’ उनले भने।

340163681_744966350620873_2322262315586885737_n1682517597.jpg

यस्तै उत्पादन प्रशोधन प्रविधिसम्बन्धी विषयमा आवश्यक अनुसन्धान नहुदा समस्या निम्तिएको र त्यस्ता समस्या समाधानमा जोड दिन आवश्यक रहेको बताए। भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत मसान्तसम्म) मा २ अर्ब ९८ करोड ४८ लाख ७६ हजार रुपैयाँको १३७३३.४० मेट्रिक टन चिया निर्यात गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

गत वर्ष सोही अवधिमा २ अर्ब ३६ करोड ८७ लाख २५ हजार रुपैयाँको ९०१७.८४ मेट्रिक टन चिया निर्यात भएको थियो। गत वर्षको तुलनामा ६१ करोड ६१ लाख ५१ हजार रुपियाँ बराबरको ४७१५.५६ मेट्रिक टन बढी चिया निर्यात भएको विभागको तथ्यांकले देखाएको छ। यो अघिल्ला वर्षहरुको तुलनामा ४० प्रतिशतले बढि हो।

यस्तै गत आर्थिक वर्ष (२०७८/७९) मा ३ अर्ब ४३ करोड ४३ लाख ५० हजार रुपैयाँ बराबरको १२ हजार ४९४ मेट्रिक टन चिया निर्यात भएको थियो। यस्तै आव २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको ११९२० मेट्रिक टन चिया निर्यात भएको विभागको तथ्यांकमा छ।

१६ हजार कृषक र ६० हजार श्रमिक संलग्न
सत्र हजार हेक्टरमा चिया खेती पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, झापालगायतका जिल्लामा ठूलो क्षेत्रफलमा चिया खेती हुने गरेको छ। 

यस्तै भोजपुर, सङ्खुवासभा, मोरङ, उदयपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर, रामेछाप, दोलखा, सिन्धुली, काभ्रे, धादिङ, चितवन, कास्की, लमजुङ, म्याग्दी, गोरखा, पर्वतमा चिया खेती हुने गर्छ। सुरुमा पूर्वी नेपालमा भइरहेको चिया पछिल्लो समय अन्य जिल्लामा विस्तार हुँदै गएको छ। नेपालमा अर्थोडक्स र सीटीसी चिया उत्पादन हुने गर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस क्षेत्रमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक संलग्न रहेका छन्। आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा खपत बढ्दै गएपछि व्यावसायिक रूपमा चिया खेती बढ्दै गएको छ। नेपाली चिया भारत, क्यानडा, भारत, जर्मनी, जापान, कतार, इटाली, ताइवान, अस्टे«लिया, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, फ्रान्स, हङकङ, नर्वे, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ।

उत्पादन बढ्यो
आर्थिक वर्ष २०७८/७९मा २०२१९ हेक्टर जमिनमा चिया खेती हुँदा २६३७९.४२ मेट्रिक टन चिया उत्पादन भएको बोर्डले जनाएको छ। जसमध्ये सीटीसी चिया १८०९२.८० मेट्रिक टन चिया उत्पादन भएको छ। ६५८७.८४ मेट्रिक टन अर्थोडक्स चिया, ७३२.६६ मेट्रिक टन ग्रिन टी उत्पादन र १५१.९६ मेट्रिक टन अन्य चिया उत्पादन भएको बोर्डले जनाएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा १६९२० हेक्टर जमिनमा २३७४५.९० मेट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये सीटीसी चिया १५६५४.१० मेट्रिक टन चिया उत्पादन भएको थियो। ७१६८.२५ मेट्रिक टन अर्थोडक्स चिया, ७७२.४५ मेट्रिक टन ग्रिन टी उत्पादन र १५१.०९ मेट्रिक टन अन्य चिया उत्पादन भएको थियो।

आर्थिक वर्ष २०७६/०७७ मा १६९०५ हेक्टर जमिनमा २४११८.२७ मेट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये सीटीसी चिया १४९७७.३० मेट्रिक टन उत्पादन भएको थियो। २२५२ मेट्रिक टन अर्थोडक्स चिया, ७४५.५५ मेट्रिक टन ग्रिन टी उत्पादन र १४४.१२ मेट्रिक टन अन्य चिया उत्पादन भएको थियो।

आर्थिक वर्ष २०७५/०७६ मा २८७३२ हेक्टर जमिनमा २५२०५.८६ मट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये १९१०८ मेट्रिक टन सीटीसी चिया उत्पादन भएको थियो भने  ६०९७.८६ मेट्रिक टन अर्थोडक्स चिया उत्पादन भएको बोर्डको तथ्यांकमा देखिएको छ।

आर्थिक वर्ष २०७४/०७५ मा २८५९५ हेक्टर जमिनमा २४८०३.५७ मेट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये १८८२५.६० मेट्रिक टन सीटीसी चिया उत्पादन भएको थियो भने ५९७७.९७ मेट्रिक टन अर्थोडक्स चिया उत्पादन भएको बोर्डको तथ्यांकले देखाउँछ।

आर्थिक वर्ष २०७३/०७४ मा २८२४१ हेक्टर जमिनमा २४४०९.२९ मेट्रिक टन चिया उत्पादन भएको बोर्डको तथ्यांकले देखाउँछ। जसमध्ये १८५४७.४० मेट्रिक टन सीटीसी चिया उत्पादन भएको थियो भने ५८६१.८९ मेट्रिक टन अर्थोडक्स चिया उत्पादन भएको थियो। 

४० प्रतिशतले घट्यो आयात
आर्थिक वर्ष २०७५/०७६ मा १२ करोड १६ लाख २३ हजार तीन सय रुपैयाँको ३४७.५३ मेट्रिक टन चिया आयात भएको भन्सार विभागले जनाएको छ। जसमध्ये ९ करोड ७० लाख ५८ हजार रुपैयाँको ३०४.९७ मेट्रिक टन कालो चिया, ग्रिन टी दुई करोड ६ लाख ७३ हजार रुपैयाँको ३८.३८ मेट्रिक टन र ३८ लाख ९२ हजार रुपैयाँको ४। १८ मेट्रिक टन ब्याग फिल्टर पेपर चिया आयात भएको छ। 

आर्थिक वर्ष २०७६/०७७ मा आठ करोड १३ लाख ३० रुपैयाँको २२३.३६ मेट्रिक टन चिया आयात भएको भन्सार विभागको तथ्यांकमा छ। जसमध्ये ६ करोड चार लाख ८७ हजार रुपैयाँको १९२.२८ मेट्रिक टन कालो चिया, एक करोड ११ लाख ८९ हजार रुपैयाँको ग्रिन टी, ३६ लाख ८९ हजार रुपैयाँको ४.५८ मेट्रिक टन ब्याग फिल्टर पेपर चिया र दुई लाख ४३ हजार रुपैयाँको १४८ केजी हर्बल चिया आयात भएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा १५ करोड ८४ लाख ५ हजार रुपैयाँको ३५८.०१ मेट्रिक टन चिया आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। जसमध्ये १२ करोड ४७ लाख ७२ हजार रुपैयाँको ३१८.३३ मेट्रिक टन कालो चिया, ग्रिन टी दुई करोड ३८ लाख ४० हजार रुपैयाँको २८.४८ मेट्रिक टन, एक लाख सात हजार रुपैयाँको ७४ केजी हर्बल चिया र ६९ लाख ८६ हजार रुपैयाँको ब्याग फिल्टर पेपर चिया आयात भएको छ।

२०७८/०७९ मा आठ करोड ८३ लाख ६२ हजार रुपैयाँको २१२.१९ मेट्रिक टन चिया आयात भएको विभागको तथ्यांकमा छ। जसमध्ये सात करोड १९ लाख ८७ हजार रुपैयाँको १८३.५८ मेट्रिक टन कालो चिया, एक करोड १६ लाख ५८ हजार रुपैयाँको २०.१३ मेट्रिक टन ग्रिन टी, दुई लाख ५० हजार रुपैयाँको ५३६ केजी हर्बल चिया र ४४ लाख ६६ हजार रुपैयाँको ७.९५ मेट्रिक टन ब्याग फिल्टर पेपर टी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

चालू आर्थिक वर्षको ९ महिनमा ९ करोड ९३ लाख ७९ हजार रुपैयाँको २२०.९५ मेट्रिक टन चिया आयातम भएको विभागको तथ्यांकमा उल्लेख छ। जसमध्य कालो चिया ८ करोड ६७ लाख ४४ रुपैयाँको १९८.८१ मेट्रिक टन आयात भएको छ। ब्याग टी ८५ लाख ५६ हजार रुपैयाँको ६.४५ मेट्रिक टन आयात भएको छ। ५५ हजारको १८ केजी हर्बल चिया आयात भएको छ भने ग्रीन टी ६७४२ रुपैयाँको  १५.६७ मेट्रिक टन आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले कमी हो।
 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्