• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवर्द्धन गर्न महोत्सव, ३० प्रतिशतले बढ्यो निर्यात

64x64
कल्पना घिमिरे बुधबार, वैशाख १३, २०८०  १९:४६
1140x725

काठमाडौं– वैशाख १४ गते(बिहीबार)देखि विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय चिया महोत्सव हुन लागेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजना अन्तर्राष्ट्रिय चिया महोत्सव हुन लागेको हो।

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय चिया दिवसका अवसर पारेर अन्तर्राष्ट्रिय महोत्सव गर्न लागिएको काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद भट्टराईले जानकारी दिए।

महोत्सव काठमाडौं र इलाममा हुनेछ भने रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी हुने छन्। विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराइने बोर्डले जनाएको छ। 

१४ गते काठमाडौंमा चिया टेस्टिङ कार्यक्रम हुनेछ। १५ र १६ गते व्यापारीलाई चिया बगैंचा अवलोकन तथा फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गरिनेछ।

३० प्रतिशतले बढ्यो निर्यात
बोर्डका कार्यकारी निर्देशक भट्टराईले नेपाली चियाको गुणस्तर राम्रो भएपछि अहिले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको जानकारी दिए। अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएपछि चालू आर्थिक वर्षको ९ महिनामा २५ देखि ३० प्रतिशतले चिया निर्यातमा वृद्धि भएको उनले जानकारी दिए।

नेपालबाट निर्यात हुने चियामध्ये ९० प्रतिशत भन्दा बढी भारतमा निर्यात हुने गरेको छ। ‘नेपाली चियाको ९० प्रतिशत भन्दा बढी निर्यात भारतमा हुन्छ। तर प्रत्येक वर्ष हुने बाधा व्यवधान झन्झटिलो प्रक्रिया र नेपाली चिया कमसल तथा मिसावट रहेको जस्ता आरोप लाग्ने गरेका कारण नेपाली चिया अब्बल हुँदाहुँदै न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको र यी बाध्यता हटाउन पहल गरिरहेका छौं,’ उनले भने।

340163681_744966350620873_2322262315586885737_n1682517597.jpg

यस्तै उत्पादन प्रशोधन प्रविधिसम्बन्धी विषयमा आवश्यक अनुसन्धान नहुदा समस्या निम्तिएको र त्यस्ता समस्या समाधानमा जोड दिन आवश्यक रहेको बताए। भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत मसान्तसम्म) मा २ अर्ब ९८ करोड ४८ लाख ७६ हजार रुपैयाँको १३७३३.४० मेट्रिक टन चिया निर्यात गरेको छ।

Ncell 2
Ncell 2

गत वर्ष सोही अवधिमा २ अर्ब ३६ करोड ८७ लाख २५ हजार रुपैयाँको ९०१७.८४ मेट्रिक टन चिया निर्यात भएको थियो। गत वर्षको तुलनामा ६१ करोड ६१ लाख ५१ हजार रुपियाँ बराबरको ४७१५.५६ मेट्रिक टन बढी चिया निर्यात भएको विभागको तथ्यांकले देखाएको छ। यो अघिल्ला वर्षहरुको तुलनामा ४० प्रतिशतले बढि हो।

यस्तै गत आर्थिक वर्ष (२०७८/७९) मा ३ अर्ब ४३ करोड ४३ लाख ५० हजार रुपैयाँ बराबरको १२ हजार ४९४ मेट्रिक टन चिया निर्यात भएको थियो। यस्तै आव २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको ११९२० मेट्रिक टन चिया निर्यात भएको विभागको तथ्यांकमा छ।

१६ हजार कृषक र ६० हजार श्रमिक संलग्न
सत्र हजार हेक्टरमा चिया खेती पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, झापालगायतका जिल्लामा ठूलो क्षेत्रफलमा चिया खेती हुने गरेको छ। 

यस्तै भोजपुर, सङ्खुवासभा, मोरङ, उदयपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर, रामेछाप, दोलखा, सिन्धुली, काभ्रे, धादिङ, चितवन, कास्की, लमजुङ, म्याग्दी, गोरखा, पर्वतमा चिया खेती हुने गर्छ। सुरुमा पूर्वी नेपालमा भइरहेको चिया पछिल्लो समय अन्य जिल्लामा विस्तार हुँदै गएको छ। नेपालमा अर्थोडक्स र सीटीसी चिया उत्पादन हुने गर्छ।

यस क्षेत्रमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक संलग्न रहेका छन्। आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा खपत बढ्दै गएपछि व्यावसायिक रूपमा चिया खेती बढ्दै गएको छ। नेपाली चिया भारत, क्यानडा, भारत, जर्मनी, जापान, कतार, इटाली, ताइवान, अस्टे«लिया, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, फ्रान्स, हङकङ, नर्वे, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ।

उत्पादन बढ्यो
आर्थिक वर्ष २०७८/७९मा २०२१९ हेक्टर जमिनमा चिया खेती हुँदा २६३७९.४२ मेट्रिक टन चिया उत्पादन भएको बोर्डले जनाएको छ। जसमध्ये सीटीसी चिया १८०९२.८० मेट्रिक टन चिया उत्पादन भएको छ। ६५८७.८४ मेट्रिक टन अर्थोडक्स चिया, ७३२.६६ मेट्रिक टन ग्रिन टी उत्पादन र १५१.९६ मेट्रिक टन अन्य चिया उत्पादन भएको बोर्डले जनाएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा १६९२० हेक्टर जमिनमा २३७४५.९० मेट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये सीटीसी चिया १५६५४.१० मेट्रिक टन चिया उत्पादन भएको थियो। ७१६८.२५ मेट्रिक टन अर्थोडक्स चिया, ७७२.४५ मेट्रिक टन ग्रिन टी उत्पादन र १५१.०९ मेट्रिक टन अन्य चिया उत्पादन भएको थियो।

आर्थिक वर्ष २०७६/०७७ मा १६९०५ हेक्टर जमिनमा २४११८.२७ मेट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये सीटीसी चिया १४९७७.३० मेट्रिक टन उत्पादन भएको थियो। २२५२ मेट्रिक टन अर्थोडक्स चिया, ७४५.५५ मेट्रिक टन ग्रिन टी उत्पादन र १४४.१२ मेट्रिक टन अन्य चिया उत्पादन भएको थियो।

आर्थिक वर्ष २०७५/०७६ मा २८७३२ हेक्टर जमिनमा २५२०५.८६ मट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये १९१०८ मेट्रिक टन सीटीसी चिया उत्पादन भएको थियो भने  ६०९७.८६ मेट्रिक टन अर्थोडक्स चिया उत्पादन भएको बोर्डको तथ्यांकमा देखिएको छ।

आर्थिक वर्ष २०७४/०७५ मा २८५९५ हेक्टर जमिनमा २४८०३.५७ मेट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये १८८२५.६० मेट्रिक टन सीटीसी चिया उत्पादन भएको थियो भने ५९७७.९७ मेट्रिक टन अर्थोडक्स चिया उत्पादन भएको बोर्डको तथ्यांकले देखाउँछ।

आर्थिक वर्ष २०७३/०७४ मा २८२४१ हेक्टर जमिनमा २४४०९.२९ मेट्रिक टन चिया उत्पादन भएको बोर्डको तथ्यांकले देखाउँछ। जसमध्ये १८५४७.४० मेट्रिक टन सीटीसी चिया उत्पादन भएको थियो भने ५८६१.८९ मेट्रिक टन अर्थोडक्स चिया उत्पादन भएको थियो। 

४० प्रतिशतले घट्यो आयात
आर्थिक वर्ष २०७५/०७६ मा १२ करोड १६ लाख २३ हजार तीन सय रुपैयाँको ३४७.५३ मेट्रिक टन चिया आयात भएको भन्सार विभागले जनाएको छ। जसमध्ये ९ करोड ७० लाख ५८ हजार रुपैयाँको ३०४.९७ मेट्रिक टन कालो चिया, ग्रिन टी दुई करोड ६ लाख ७३ हजार रुपैयाँको ३८.३८ मेट्रिक टन र ३८ लाख ९२ हजार रुपैयाँको ४। १८ मेट्रिक टन ब्याग फिल्टर पेपर चिया आयात भएको छ। 

आर्थिक वर्ष २०७६/०७७ मा आठ करोड १३ लाख ३० रुपैयाँको २२३.३६ मेट्रिक टन चिया आयात भएको भन्सार विभागको तथ्यांकमा छ। जसमध्ये ६ करोड चार लाख ८७ हजार रुपैयाँको १९२.२८ मेट्रिक टन कालो चिया, एक करोड ११ लाख ८९ हजार रुपैयाँको ग्रिन टी, ३६ लाख ८९ हजार रुपैयाँको ४.५८ मेट्रिक टन ब्याग फिल्टर पेपर चिया र दुई लाख ४३ हजार रुपैयाँको १४८ केजी हर्बल चिया आयात भएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा १५ करोड ८४ लाख ५ हजार रुपैयाँको ३५८.०१ मेट्रिक टन चिया आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। जसमध्ये १२ करोड ४७ लाख ७२ हजार रुपैयाँको ३१८.३३ मेट्रिक टन कालो चिया, ग्रिन टी दुई करोड ३८ लाख ४० हजार रुपैयाँको २८.४८ मेट्रिक टन, एक लाख सात हजार रुपैयाँको ७४ केजी हर्बल चिया र ६९ लाख ८६ हजार रुपैयाँको ब्याग फिल्टर पेपर चिया आयात भएको छ।

२०७८/०७९ मा आठ करोड ८३ लाख ६२ हजार रुपैयाँको २१२.१९ मेट्रिक टन चिया आयात भएको विभागको तथ्यांकमा छ। जसमध्ये सात करोड १९ लाख ८७ हजार रुपैयाँको १८३.५८ मेट्रिक टन कालो चिया, एक करोड १६ लाख ५८ हजार रुपैयाँको २०.१३ मेट्रिक टन ग्रिन टी, दुई लाख ५० हजार रुपैयाँको ५३६ केजी हर्बल चिया र ४४ लाख ६६ हजार रुपैयाँको ७.९५ मेट्रिक टन ब्याग फिल्टर पेपर टी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

चालू आर्थिक वर्षको ९ महिनमा ९ करोड ९३ लाख ७९ हजार रुपैयाँको २२०.९५ मेट्रिक टन चिया आयातम भएको विभागको तथ्यांकमा उल्लेख छ। जसमध्य कालो चिया ८ करोड ६७ लाख ४४ रुपैयाँको १९८.८१ मेट्रिक टन आयात भएको छ। ब्याग टी ८५ लाख ५६ हजार रुपैयाँको ६.४५ मेट्रिक टन आयात भएको छ। ५५ हजारको १८ केजी हर्बल चिया आयात भएको छ भने ग्रीन टी ६७४२ रुपैयाँको  १५.६७ मेट्रिक टन आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले कमी हो।
 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासं... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्