काठमाडौं– चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले ‘काँडेतार’ चलचित्रका कुनै दृश्यहरु संवाद नकाटीकन प्रदर्शन गर्न नदिए सेन्सर बोर्डविरुद्ध अदालत जाने बताएका छन्।
उनले सेन्सर बोर्डले चलचित्रका केही दृश्य र संवादहरु काटेर मात्रै प्रशारण गर्नभन्दै चलचित्र प्रशारणमा रोक लगाएको बताए। उनले चलचित्रमा हटाउनैपर्ने कुनै त्यस्ता दृश्यहरु नरहेकाले सबै दृश्य र संवाद राखेर प्रर्दशन गर्न दिन आग्रह गरेको बताए।
‘सेन्सर सर्टिफिकेट नउठाएको काँडेतारले पायो, कसैले त्यत्तिकै फण्डा गरिरहेको छ भन्ने किसिमको कुरा यहाँ आएपछि मैले सुनेँ। सेन्सर सर्टिफिकेट मैले पाएको छैन, सेन्सर बोर्डले सधैँको लागि चलचित्रलाई ब्याण्ड गरेको पनि होइन। त्यहाँ केही संवाद र दृश्यहरु सुधारेर ल्याउन सुझाव दिनुभएको छ,' उनले भने, ‘मैले पनि कुनैपनि दृश्यहरू नकाटिकन दर्शकसँग लैजान पाऊँ भनेर अपिल गरेको छु। सेन्सर बोर्डले यो अनुरोध सुनेन भने त्यसको लागि न्यायलय, अदालत छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।