• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

फुली लगाएको १ साता बित्न लाग्दा समेत हुन सकेन डीआईजीको पदस्थापन 

एसएसपीले खोसिदिए डीआईजीको सरुवा
64x64
नारायण अधिकारी सोमबार, वैशाख ११, २०८०  १३:२१
1140x725

काठमाडौं– दर्ज्यानी चिह्न (फुली) लगाएको एक साता बित्न लाग्दा समेत प्रहरी नायव महानिरीक्षक (डीआईजी)को पदस्थापन हुन सकेको छैन। पदस्थापन हुन नसक्दा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा बढुवा भएका १३ अधिकृत एक सातासम्म जिम्मेवार विहीन बनेका छन्।

बढुवा सिफारिस समितिले गत चैत २९ गते १३ एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो। मन्त्रीस्तरीय निर्णयबाट उक्त सिफारिस सदर भएपछि वैशाख ६ गते बढुवा भएका १३ प्रहरी अधिकृतले डीआईजीको दर्ज्यानी चिह्न लगाएका थिए। 

प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गर्दै प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले व्यवसायिक भएर जिम्मेवारी पूरा गर्न भन्दै निर्देशन समेत दिएका थिए। 

बढुवा भएर फुली लगाइदिँदै व्यवसायिक भएर काम गर्न निर्देशन दिएको एक साता बित्न लाग्दा पनि डीआईजीहरुको पदस्थापन भने अहिलेसम्म हुन सकेको छैन। सामान्यतया प्रहरीमा बढुवा भएर दर्ज्यानी चिह्न लगाएकै दिन पदस्थापन समेत गरिँदै आइएको थियो। अर्थात् एकै दिन दर्ज्यानी चिह्न र पदस्थापन हुने चलन थियो। तर यसपटक भने १३ डीआईजी बढुवा भएर फुली लगाएको एक साता बित्न लाग्दा पनि पदस्थापन हुन सकेको छैन। 

प्रहरी प्रधान कार्यालय भने डीआईजीको पदस्थापन तथा सरुवाको जिम्मेवारी आफ्नो नभइ गृह मन्त्रालयको भन्दै पन्छिने गरेको छ। प्रहरी नियमावलीअनुसार डीआईजीको पदस्थापन तथा सरुवा गृहमन्त्रीको मन्त्रीयस्तरीय निर्णयबाट हुने गर्छ।

बढुवा भएका प्रहरी अधिकारीहरु आकर्षक ठाउँमा जान शक्ति केन्द्रमार्फत् लबिइङमा लाग्दा पदस्थापन हुन नसकेको विषय ‘ओपन सेक्रेट’ नै छ । ‘बढुवा भएकाहरु सबैलाई प्रदेश चाहिएको छ । त्यो पनि रोजेर। प्रदेश इञ्चार्ज तथा आकर्षक पोस्टिङ जान दबाब दिएकाले पदस्थापन हुन नसकेको हो,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी भन्छन्।

डीआईजीको नेतृत्वमा चल्नुपर्ने कार्यालयहरु अहिले एसपीको भरमा चल्नुपर्ने अवस्था छ। तर, बढुवा भएर फुली लगाइसकेका डीआईजीले जिम्मेवारी पाएका छैनन्।  डीआईजीले कमाण्ड गर्ने कार्यालयमा एसपीको भरमा चलेको एक साता बित्न लाग्दा पनि प्रहरी प्रधान कार्यालयले पदस्थापनका लागि तदारुकता नदेखाएको आरोप लागेको छ । 

प्रहरी महानिरीक्षक भएपछि पहिलो सम्बोधनमै कुँवरले आन्तरिक सुद्धीकरण गर्ने, बाहिर चलखेल र भनसुन तथा दबाब दिएमा कारबाहीसम्म गर्ने चेतावनी दिएका थिए । तर डीआईजीहरुको चलखेलकै कारण अहिलेसम्म पदस्थापन हुन नसक्दा आईजी कुँवरको उक्त भनाइ प्रभावकारी भएको देखिएन। 

nimb
nimb

एआईजीमा पनि भएको थियो उस्तै ताल 
डीआईजीमा मात्रै होइन, यसअघि अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापनमा पनि यस्तै भएको थियो। बढुवा भएको एक साता बितिसक्दा समेत एआईजीको पदस्थापन हुन सकेको थिएन। सिफारिस पछि बढुवाको निर्णय गर्दा नै पदस्थापन समेत तोकिने गरिए पनि एआईजीको पदस्थापन पनि १ सातासम्म हुन सकेको थिएन।

गत चैत ८ गते एआईजीको दर्ज्यानी चिह्न लगाएका ५ जनामध्ये चैत १० गते वसन्त कुँवर आईजीमा बढुवा भएका थिए। तर बाँकी चार एआईजीहरु श्यामलाल ज्ञवाली, दीपक थापा, टेकप्रसाद राई र किरण बज्राचार्यको एक सातापछि चैत १५ गते मात्रै पदस्थापन भएको थियो। 

एक सातासम्म उनीहरु जिम्मेवार विहीन भएका थिए। त्यतिबेला उनीहरु प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा हाजिर गर्दै दिन कटाउँथे। अहिले फेरि डीआईजीको उस्तै नियति दोहोरिएको छ। 

सरुवामा ‘हाइज्याक’, बढुवाविरुद्ध उजुरी
अझ कतिसम्म भने अघिल्लो दिनसम्म प्रदेश प्रमुखको कमाण्ड सम्हाल्न भनेर ठिक्क परेका व्यक्तिको सरुवा नै ‘हाइज्याक’ समेत भएको थियो। 

मधेस प्रदेश प्रहरीका तत्कालीन प्रमुख वसन्तबहादुर कुँवर एआईजी हुँदै आईजी बनेपछि त्यहाँको कमाण्ड खाली थियो। मधेस प्रदेश प्रमुखकको जिम्मेवारी डीआईजी किरण राणाले पाएकी थिइन्। संगठन प्रमुख आईजी कुँवरले राणालाई निर्देशन समेत दिँदै चुनौतीपूर्ण प्रदेश २ को राम्रो कमाण्ड गर्न निर्देशन दिएका थिए। 

डीआईजी राणा आईजीको निर्देशनपछि मधेस जाने तयारीमा थिइन्। तर रातारात डीआईजीको सरुवा एसएसपीले नै ‘हाइज्याक’ गरिदिएका थिए। डीआईजीकै सरुवा हाइज्याक गरेर डीआईजी बस्ने ठाउँमा पुगेका शक्तिशाली एसएसपी हुन् जनक भट्टराई। 

डीआईजी प्रमुख हुने ठाउँमा डीआईजीकै सरुवा गरेर एसएसपी प्रमुख बनेर गएका शक्तिशाली भट्टराई भने प्रहरीमा सधैंजसो इन्चार्ज पाइरहने प्रहरी अधिकृत हुन्। उनै एसएसपी भट्टराई डीआईजी बढुवा हुँदा पनि अहिले अग्रस्थानमै छन्।

अहिले पनि भट्टराईजस्तै प्रहरी अधिकारीहरुले आकर्षक पोस्टिङका लागि दवाब दिइरहेकाले १३ डीआईजीको पदस्थापन हुन सकेको छैन। 

अर्कोतर्फ अहिले पदस्थापन हुन नसकेका टोलीहरुको बढुवा पनि विवाररहित भने हुन सकेन। बढुवा सिफारिसविरुद्ध एसएसपीद्वय चक्रबहादुर सिंह र अनुरागकुमार द्विवेद्वीले उजुरी नै हालेका थिए। 

लोकसेवा आयोगको उजुरी सुन्ने समितिमा बढुवा सिफारिसविरुद्ध उजुरी हालिएको थियो। यद्यपि उजुरी सुन्ने समितिलाई अंक जोड्ने बाहेकको जिम्मेवारी भने दिइएको छैन। उजुरी सुन्ने समितिले पनि सिफारिस समितिकै निर्णयलाई सदर गरेपछि बढुवा भएकाहरुले दर्ज्यानी चिह्न लगाएका थिए। 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
हामीले संकलन गरेको राहत पारदर्शी हुनेछ : श्रम संस्कृति पार्टी बिहीबार, भदौ ११, २०८३
नुवाकोट पुगे प्रधानमन्त्री बालेन शाह बिहीबार, भदौ ११, २०८३
नाडा अटोमोबाइल्सले प्रधानमन्त्री राहत कोषमा १० लाख दिने बिहीबार, भदौ ११, २०८३
ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग बिहीबार, भदौ ११, २०८३
सरकारको स्रोत–साधनले मात्रै काम गर्न सम्भव छैन, सरकारलाई साथ दिन तयार छौँ : गगन थापा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्