• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नेपाली युवकको योजना– अमेरिकी सेनामाथि साइबर हमला, असफल भएपछि नेपाली सेनाको साइट ह्याक

64x64
नारायण अधिकारी आइतबार, वैशाख १०, २०८०  २०:२९
1140x725
प्रतिकात्मक तस्बिर

काठमाडौं– नेपाली सेनाको साइबर स्पेस (बेवसाइट)मा साइबर हमला गरेको आरोपमा पक्राउ परेका युवकले आफ्नो योजना अमेरिकी सेनामाथि साइबर हमला गर्ने रहेको बताएका छन्। 

नेपाली सेनाको साइबर स्पेसमा साइबर हमला गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोले चैत २४ गते स्याङ्जाको वालिङ नगरपालिका–१० घर भएका २१ वर्षीय सागर ढकाललाई पक्राउ गरेको थियो। 

पक्राउ पर्दा उनको साथबाट प्रहरीले एउटा मोबाइल र एउटा ल्यापट बरामद गरेको थियो। 

आफ्नो साइबर स्पेसमा हमला गरी साइट ह्याक गरेको देखिएपछि सेनाले साइबर ब्यूरोमा उजुरी दिएको थियो। सेनाको साइबर स्पेसमा ‘ब्रट फोर्स स्क्यानिङ’, ‘एचटीटीपी अन्‌नोन’ जस्ता ‘हमला’हरु भएका थिए। साइबर हमला भएपछि त्यससँग सम्बन्धित प्रमाणको एउटा सीडीसहित सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीले अनुसन्धान गरी कारबाही गर्न भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोलाई गत चैत १५ गते पत्राचार गरेको थियो। 

त्यसपछि साइबर ब्यूरोको टोलीले नेपाली सेनामाथि साइबर हमला गर्ने युवक ढकाल रहेको पत्ता लगाउँदै पोखराबाट पक्राउ गरेको थियो। पक्राउ परेका ढकाल पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययन गर्ने विद्यार्थी रहेको खुलेको थियो। 

उनै ढकालले आफ्नो मुख्य टार्गेट नेपाली सेना नभइ अमेरिकी सेना रहेको भन्दै बयान दिएका हुन्। सेनाको साइट ह्याक गरेर त्यसको कमीकमजोरी पेस गरिएको अवस्थामा ठूलो पुरस्कार पाउने भन्ने जानकारी आएपछि अमेरिकन सेनामाथि आफूले साइबर हमलाको प्रयास समेत गरेको युवक ढकालले बताएका छन्। 

साइबर ब्यूरो स्रोतका अनुसार अध्ययनको क्रममा विभिन्न वेबसाइट, न्यूज पोर्टलहरुको अध्ययन गर्दा अमेरिकामा ‘ह्याक द पेन्टागन’ भन्ने विषयमा ह्याकिङ कम्पिटिसन हुने गरेको आफूले जानकारी पाएको ढकालको भनाइ छ। 

उक्त कम्पिटिसनमा विभिन्न देशका चर्चित वेवसाइटहरु कानुनी रुपमा नै ह्याक गरी त्यसको कमीकमजोरी देखाइ दिएमा पुरस्कार पाउने व्यवस्था उल्लेख गरिएको थियो। त्यही प्रतियोगितामा सहभागी हुन सकिन्छ कि भनेर आफूले अमेरिकन सेनाकै साइट ह्याक गर्ने प्रयास गरेको ढकालले बयान दिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकन सेनाको साइट ह्याक गर्दा धेरै पुरस्कार पाइने भएकाले ह्याक गर्ने प्रयास गरे पनि असफल भएको ढकालको भनाइ छ। अमेरिकन सेनाको साइट ह्याक गर्ने योजना असफल भएपछि आफूले नेपाली सेनाको ‘साइबर सेक्युरिटीको अवस्था’बारे बुझ्न साइट ह्याक गरेको ढकालको भनाइ छ। 

नेपाली सेनाको साइट ह्याक गर्ने उद्देश्यसहित फ्रेबुअरी २३ मा बिहान ९ बजेर ४१ मिनेट र १० बजेर २० मिनेटको समयमा ढकालले सेनाको साइटमा साइबर आक्रमण गरेका थिए। 

यससम्बन्धमा साइबर ब्यूरोको टोलीले सेनाको प्राविधिक टोलीसँग पनि सोधपुछ गरेको थियो। प्राविधिक सेनानी माधव कार्कीले पनि साइबर स्पेसमा हमला भएको भन्दै कागज गराएका थिए। कार्की नेपाली सेनाको सूचना प्रविधि निर्देशनालय अन्तर्गतको सिस्टम तथा नेटवर्क शाखा प्रमुखको रुपमा कार्यरत छन्। 

साइबर सेक्युरेटीको दैनिक सुरक्षाको रिपोर्ट दिने क्रममा सेनाको वेबसाइटमा अनधिकृत कार्य भएको जानकारी पाएपछि सेनानी कार्कीले आफ्ना कमाण्डरलाई जानकारी गराएका थिए। 
पक्राउ परेका ढकालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। ऐनको दफा ४५ बमोजिमको कसुर गरेको भन्दै बरामद सामान जफत र सोही अनुसारको सजाय मागदाबी गरिएको छ। 

Xtrem

Xtrem

दफा ४५ मा कम्युटर सामाग्रीमा अनधिकृत पहुँच गर्न नहुने उल्लेख छ। यस्तो कसुर गर्नेलाई २ लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ।

जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध दायर भएको मुद्दामा थुनछेक आदेश सुनाउँदै धरौटीमा रिहा गर्न भनेको छ। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश चन्द्रप्रकाश तिवारीको आइतबारको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशपछि ढकाल १ लाख तिरेर रिहा भएको प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता पशुपति रायले जानकारी दिए। 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा बिहीबार, असोज ८, २०८३
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्