• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पञ्चायतदेखि संघीयतासम्म पनि उस्तै मर्चवार

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०७५  ०१:४३
1140x725

भैरहवा– रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ५ का ८० वर्षीय मनिराम बटेठाले विकासको कुनै अनुभूति गर्न सकेका छैनन्। आठ दशकको जीवनयात्रा मर्चवारमा बिताएका उनले न त घरअगाडिको बाटो कालोपत्रे देख्न पाए, न त गाउँको शैक्षिक स्तर नै सुध्रिएको देख्न पाए। खाली अनुभव मात्रै सम्हाले गरिबीको। महसुस गरे त केवल पीडा मात्र। उमेरले ‘डाँडामाथिको जून’जस्तै भएका बटेठा आफूले अनुभूति गर्नेगरी विकास भएको देख्न चाहन्छन्। 

पञ्चायतदेखि संघीयतासम्म राजनीतिक परिवर्तनले फड्को मारेको देखेका उनले मर्चवारमा विकासका गतिविधि भने ‘ज्यूँका त्यूँ’ भएको जस्तो लाग्छ। भन्छन्, ‘म जान्नेबुझ्ने भएदेखि अहिलेसम्म सामान्य गोरेटो सडक र बिजुलीका पोलमा तार झुन्डिएको बाहेक अरू विकास देखेको छैन, जस्ताको तस्तै छ मर्चवार। पञ्चायतकालमा शासकहरूले जनतामाथि अत्याचार र दमन गर्थे तर संघीयतासम्म आइपुग्दा त्यो चाहिँ हटेको छ, विकास भएको छैन।’

पञ्चायतकालदेखि संघीयतासम्म अत्याचार र दमन हटे पनि मर्चवारको विकास भने पञ्चायतकालभन्दा खासै फरक छैन। 

मर्चवार रुपन्देहीको अविकसित क्षेत्रको रुपमा चिनिन्छ। मर्चवारका नाममा वर्षौं राज गरेका ‘शासक’का कारण नै मर्चवार क्षेत्रपछि परको स्थानीयको ठम्याइ छ। ‘गाउँगाउँमा सिंहदरबार’को नारा लिएर मत मागेका जनप्रतिनिधि निर्वाचित भएपछि गाउँगाउँमा आउने भनिएको सिंहदरबार अझै कहाँ छ भनेर जनताले अनुभूति गर्न पाएका छैनन्। ‘जनप्रतिनिधि जनताको सेवक हुन्, उनीहरूले त्यसैअनुरूप जनताको सेवा गर्नुपर्छ तर यहाँ सबै आफ्नै सेवा र सुविधामा अल्झिरहेका छन्’ बटेठाले भने। 

जनताको सेवा गर्ने भन्दै मत मागेका जनप्रतिनिधि निर्वाचित भएका छन्। तर उनीहरूको ‘दरबार’मा धाउँदा समेत सेवा प्रभावकारी नभएको गुनासो स्थानीयको छ।

मर्चवार कृषि क्षेत्र हो। यस क्षेत्रका बासिन्दा खेतीकिसानी गरेर नै जीवनकोपार्जन गर्दै आएका छन्। मर्चवारमा तीन वटा स्थानीय तह छन्। साबिकका १६ वटा गाविस भएको यो क्षेत्रमा कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिका पर्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘हामी किसान हौं। खेती किसानी गरेर हामीले आफ्नो जीविका चलाएका छौं। तर सिँचाइका लागि एउटा बोरिङ मेसिन माग्दासमेत पाइँदैन। के यही हो त गाउँगाउँमा आएको सिंहदरबारको सुविधा?' बटेठाले प्रतिप्रश्न गरे।

मर्चवारवासीका अनुसार यस क्षेत्रमा विकासका सम्भावना धेरै छन्। यहाँ शक्ति र सत्ताका लागि मात्र विकास बजेट विनियोजन हुने गरेको स्थानीयले आरोप लगाए। मर्चवारमा रहेका तीन वटै स्थानीय तहमा समस्या उस्तै छ।

मर्चवारकै मुन्नी हरिजनको पनि उस्तै गुनासो छ। खेतीकिसानीले जीविकोपार्जन चलाउँदै आएको उनको परिवारलाई गाउँमा आएको सिंहदरबार शासनसत्ताले देख्दैन। मर्चवारपारि भारत पर्छ। ‘किसानका लागि सरकारले राहत स्वरुप बोरिङ मेसिन लगायतका सेवासुविधा दिने गरेको छ,’ उनले भनिन्, 'तर हाम्रै गाउँ टोलका स्थानीय सरकारले थप सेवा सुविधा दिन सकेका छैन। खाली आशाको पहाड मात्र सिर्जना गरिदिन्छ।'

जनप्रतिनिधि नै अशिक्षित
वडामा रहेको अधिकांश जनप्रतिनिधि अशिक्षित हुदाँ मर्चवारले आशा अनुसार विकास गर्न नसकेको हो। अधिकांश जनप्रतिनिधि घरमा चुलोचौको र भैँसी चराउने काममा व्यस्त हुन्छन्। स्थानीयको समस्या समाधानबारे ध्यान छैन उनीहरुलाई। 

अशिक्षाकै कारण मर्चवारका जनप्रतिनिधिबीच नै अनावश्यक तिक्तता बढ्दै गएको छ। यसले विकासमा प्रत्यक्ष असर पारेको जानकारहरू बताउँछन्।

विगतमा मर्चवारमा राज गरेका शासकहरूका कारण नै मर्चवार पछाडि परेको प्रदेश ५ का सांसद अष्टभुजा पाठक बताउँछन्। पञ्चायतकालदेखि नै शासन गरेका र विकासका लागि पटकपटक मर्चवारवासीले सत्ता पुर्याएका नेताकै कारण मर्चवार अझसम्म पनि अविकसित क्षेत्रका रुपमै परिचित रहेको उनले दाबी गरे। 

'मर्चवारबाट निर्वाचित भएका व्यक्ति शिक्षामन्त्री हुँदासमेत मर्चवार क्षेत्रका लागि एउटा डिग्री कलेज समेत सञ्चालनमा ल्याउन सकिएन। यो ठूलो दुर्भाग्य हो,’ सांसद पाठकले भने, 'जनता शिक्षित भए आफ्नो राजनीति धरापमा पर्ने राणाकालीन मनोवृत्तिले उनीहरुले विकास गरेनन्।'

जनताले अनुभूति गर्नेगरी विकास गर्छौं : गाउँपालिका अध्यक्ष
मर्चवार क्षेत्रका तीन वटै स्थानीय तहका अध्यक्षहरुले मर्चवारको विकास विस्तारै भइरहेको दाबी गर्छन्। उनीहरुले विगतभन्दा मर्चवार विकासका दृष्टिले फड्को मारेको उल्लेख गर्दै जनताले अनुभूति गर्ने गरी विकासले गति लिने बताउँछन्। 

सीमित बजेटका कारण जनताले आशा गरे अनुसार विकास गर्न नसकिएको मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँले बताए। गाउँपालिकाका थुप्रै योजना भए पनि बजेट अभावका कारण १०/१५ वटा योजना मात्रै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। स्थानीयको समस्या र गुनासा जायज रहेको भन्दै उनले मर्चवारको विकासको पहिलो खुड्किलो शिक्षा रहेकाले अन्य क्षेत्रभन्दा शिक्षामा बढी लगानी गरिएको उनी बताउँछन्।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५  ०१:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्