काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद अधिवेशन आरम्भ भएको दिनमा ल्याउने भएको छ । संघीय संसदको बजेट अधिवेशन २८ वैशाखबाट सुरु हुँदै छ ।
यसअघि २५ वैशाखमा सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।
सरकारबाट आग्रह भएपछि राष्ट्रपति कार्यालयले त्यसको तयारी भएको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।