काठमाडौँ– मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु भएको छ ।
मनाङको डिस्याङ गाउँपालिका-६ गेनसाङ पुलस्थित सिङगापुरका नागरिकको मृत्यु भएको हो ।
अस्थायी प्रहरी पोस्ट टंकीबाट खटिएको टोलीका अनुसार मृत्यु हुनेमा सिङगापुरका ४२ वर्षीय पुरुष रहेका छन् । उनको मृत्युको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।