गाईघाट– यही २६ वैशाखको बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका– १४ दलदलेस्थित सिद्विचरण राजमार्गमा पूर्ण रूपमा अबरुद्ध भएको छ ।
उदयपुर कटारी नगरपालिका– १४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण रूपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
काभ्रेपलान्चोकस्थित सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने बीपी राजमार्ग सडकखण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै यही २१ वैशाखको बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।