काठमाडौं– सलमान खान र पूजा हेगडे स्टारर फिल्म ‘किसी का भाइ किसकी जान’को दोस्रो दिनको आँकडा सार्वजनिक भएको छ।
चलचित्रले पहिलो दिन बक्स अफिसमा अपेक्षित कमाइ गर्न नसके पनि दोस्रो दिन पहिलो दिनको तुलनामा धेरै कमाइ गरेको छ। आइतबार चलचित्रले ५० करोडभन्दा बढी कमाइ गर्ने अनुमान थियो।
चलचित्रले रिलिजको पहिलो दिन बक्स अफिसमा १५.८१ करोड कमाएको थियो। फिल्मले दोस्रो दिन घरेलु बक्स अफिसमा करिब २४–२६ करोड कलेक्सन गरेको छ।
दोस्रो दिनको कमाइपछि फिल्मको व्यापार उकालो लाग्ने आँकलन गरिएको छ।
निर्देशक फरहाद सामजीको फिल्ममा सलमान खान बाहेक पूजा हेगडे, जगपति बाबु, वेंकटेश, जस्सी गिल, विजेंदर सिंह, शहनाज गिल, राघव जुयाल, पलक तिवारी, सिद्धार्थ निगम जस्ता स्टारहरूले उत्कृष्ट काम गरेका छन्।
यस फिल्मको लगत्तै सलमान ‘टाइगर ३’ मा कट्रिना कैफसँग धमाकेदार देखिनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।