काठमाडौं– पाल्पाको जोजरधारमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ।
गम्भीर घाइते भएकी महिलाको उपचारका लागि पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको पाल्पाका डीएसपी वीरेन्द्र थापाले बताए।
बसमा सवार ३४ जना घाइते भएको थापाले बताए। उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।
बुटवलबाट बाग्लुङ हुँदै बुर्तिबाङ तर्फ हिँडेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै दुर्घटना भएको हो।
अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ। उद्धार गर्दै घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाउने काम भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।