फाइल तस्बिर
दार्चुला– महाकाली नदीमा तुइनबाट खसेर एक पुरुष बेपत्ता भएका छन्।
दार्चु्लाको व्यास गाउँपालिका-२ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएको वडाध्यक्ष धिरेन सिंह बुढाथोकीले जानकारी दिएका छन्।
आज दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएका हुन्। प्रहरी र स्थानीयले उनको खोजी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।