काठमाडौं- बलिउडका दिग्गज कलाकार इरफान खानको मृत्यु भएको तीन वर्ष भइसकेको छ। तर उनले अभिनय गरेको फिल्म ‘द सङ अफ स्कर्पियन’ भने भर्खर रिलिज हुने तयारीमा छ। उक्त फिल्म आगामी २८ अप्रिलमा रिलिज हुने इरफानका छोरा बाबिल खानले बताएका छन्।
बाबिलले यो फिल्मको पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘द सङ अफ स्कर्पियन फिल्म २८ अप्रिलका दिन हलहरुमा रिलिज हुनेछ।’
यो फिल्म सन् २०१७ मा स्वीस, फ्रेन्च, सिंगापुरी र राजस्थानी भाषामा बनेको थियो। अब हिन्दी भाषामा रिलिज हुन लागेको हो। फिल्मका निर्माता जीशान अहमद हुन्। फिल्ममा इरफानले एक उँट व्यापारीको भूमिका निभाएका छन्।
२९ अप्रिल २०२० मा मृत्यु भएका इरफानले भारतीय कला क्षेत्रमा विशिष्ट पहिचान बनाएका थिए। रंगमञ्चबाट अभिनयमा प्रवेश गरेका इरफानले फिल्म क्षेत्रमा पनि राम्रै छाप छोडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।