• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

९ महिनाको व्यापार घाटा झण्डै ११ खर्ब, पेट्रोलियम पदार्थमा मात्रै २६१ अर्ब बाहिरियो

64x64
कल्पना घिमिरे बिहीबार, वैशाख ७, २०८०  १७:४९
1140x725

काठमाडौं- नेपालले चालु आर्थिक वर्ष  २०७९/०८० को ९ महिनामा (चैत मसान्तसम्म) कुल १३ खर्ब १९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। जसमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख ६२ हजार रुपैयाँको निर्यात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। 

विभागको तथ्यांक हेर्दा यो ९ महिनाको अवधिमा नेपाललाई १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार व्यापार घाटा भएको देखिन्छ। व्यापार घाटा गत आर्थिक वर्षको ९ महिनाको तुलनामा १७.०६ प्रतिशत कम हो। आयात गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १८.०८ प्रतिशतले कमी आएको छ। निर्यात २६.३४ प्रतिशत कम हो। कुल वैदेशिक व्यापारमा समेत १८.८९ प्रतिशत कमी आएको छ। 

गत आर्थिक वर्षको यसै अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख एक हजार रुपैयाँको वस्तु आयात भएको थियो। निर्यात १ खर्ब ६० अर्ब रुपैयाँको हुँदा कुल वैदेशिक व्यापारको आकार १६ खर्ब २७ अर्ब २३ करोड पुगेको थियो। चैतसम्म नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.०४ रहँदा निर्यातको हिस्सा ८.९६ प्रतिशत छ। निर्यात घट्दा वैदेशिक व्यापार समेत ९.१८ प्रतिशतले खस्किएको छ।

चैतमै झण्डै डेढ खर्ब बाहिरियो 
विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनामा आयात गर्दा सबैभन्दा धेरै रकम बाहिरिएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। फागुन मसान्तसम्म १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

फागुनको तुलनामा चैतमा १ खर्ब ४३ अर्ब १२ करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

राजस्व घटेको भन्दै सरकारले आयात प्रतिबन्ध हटायो। गत पुस १ पुसदेखि प्रतिबन्ध हटाएपछि आयात बढ्दै गएको देखिन्छ। यस्तै, एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान गत माघ ५ गतेदेखि हटाइएको थियो। यी दुई प्रतिबन्धका कारण कमी आएको आयात माघपछि बढ्न थालेको छ। चैतमा यसको प्रभाव ह्वात्तै बढेको छ। 

मंसिर महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा पुसमा १ खर्ब २९ अर्ब रुपैयाँको आयात भएको थियो। माघमा भने १ खर्ब २६ अर्ब रुपैयाँको वस्तु आयात भएको विभागको तथ्यांक छ। फागुनमा आयात बढेर १ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको थियो। चैत महिनामा मात्रै १ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

पेट्रोलियम पदार्थमा मात्रै बाहिरियो २६१ अर्ब
चैत मसान्तसम्म पेट्रोलियम पदार्थको आयातबाट मात्र २ खर्ब ६१ अर्ब रुपैयाँ बढी बाहिरिएको छ। २ खर्ब ६१ अर्ब ९ करोड ४ लाख ६८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको विभागको तथ्यांकमा छ। पेट्रोलियम पदार्थमा नेपाललाई शतप्रतिशत घाटा छ। यो बाहिरी मुलुकबाट आयात मात्रै हुन्छ।

Xtrem
Xtrem

स्टील र आइरनको आयातमा यो अवधिमा १ खर्ब बढी बाहिरिएको छ। यस्तै ९ महिनामा ३६ अर्ब ४४ करोड रुपैयाँ बढी सवारी साधन तथा यसको पार्टपुर्जामा बाहिरिएको छ। २५ अर्ब २५ करोड रुपैयाँ बढी तरकारी आयात गर्दा बाहिरिएको छ। १४ अर्ब ३४ करोड रुपैयाँ बढी फलफूल आयात गर्दा  बाहिरिएको छ। विद्युतीय उपकरण र यसको पार्टपुर्जा आयातमा ७३ अर्ब ६७ करोड रुपैयाँ बाहिरिएको छ विभागले जनाएको छ। 

पाम तेलबाट २६ अर्ब बढी भित्रियो
चालु आर्थिक वर्षको ९ महिनामा पाम तेल र प्रशोधित तेल निर्यात गरेको नेपालले २६ अर्ब ३ करोड बढी राकम भित्र्याएको छ। चिया-कफीबाट १० अर्ब ६१ करोड बढी रकम नेपाल भित्रिएको छ भने ९ अर्बको कार्पेट निर्यात भएको छ।

कपडा बुन्ने धागो (स्टेम्पल फाइबर) ८ अर्ब ८९ करोड रुपैयाँ बढीको निर्यात हुँदा ७ अर्ब ३० करोड रुपैयाँ बढीको स्टील तथा फलामका समाग्री निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सुनको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो । शुक्रबार, असोज ९, २०८३
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग... बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उ... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्