• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

९ महिनाको व्यापार घाटा झण्डै ११ खर्ब, पेट्रोलियम पदार्थमा मात्रै २६१ अर्ब बाहिरियो

64x64
कल्पना घिमिरे बिहीबार, वैशाख ७, २०८०  १७:४९
1140x725

काठमाडौं- नेपालले चालु आर्थिक वर्ष  २०७९/०८० को ९ महिनामा (चैत मसान्तसम्म) कुल १३ खर्ब १९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। जसमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख ६२ हजार रुपैयाँको निर्यात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। 

विभागको तथ्यांक हेर्दा यो ९ महिनाको अवधिमा नेपाललाई १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार व्यापार घाटा भएको देखिन्छ। व्यापार घाटा गत आर्थिक वर्षको ९ महिनाको तुलनामा १७.०६ प्रतिशत कम हो। आयात गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १८.०८ प्रतिशतले कमी आएको छ। निर्यात २६.३४ प्रतिशत कम हो। कुल वैदेशिक व्यापारमा समेत १८.८९ प्रतिशत कमी आएको छ। 

गत आर्थिक वर्षको यसै अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख एक हजार रुपैयाँको वस्तु आयात भएको थियो। निर्यात १ खर्ब ६० अर्ब रुपैयाँको हुँदा कुल वैदेशिक व्यापारको आकार १६ खर्ब २७ अर्ब २३ करोड पुगेको थियो। चैतसम्म नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.०४ रहँदा निर्यातको हिस्सा ८.९६ प्रतिशत छ। निर्यात घट्दा वैदेशिक व्यापार समेत ९.१८ प्रतिशतले खस्किएको छ।

चैतमै झण्डै डेढ खर्ब बाहिरियो 
विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनामा आयात गर्दा सबैभन्दा धेरै रकम बाहिरिएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। फागुन मसान्तसम्म १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

फागुनको तुलनामा चैतमा १ खर्ब ४३ अर्ब १२ करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको देखिन्छ।

Ncell 2
Ncell 2

राजस्व घटेको भन्दै सरकारले आयात प्रतिबन्ध हटायो। गत पुस १ पुसदेखि प्रतिबन्ध हटाएपछि आयात बढ्दै गएको देखिन्छ। यस्तै, एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान गत माघ ५ गतेदेखि हटाइएको थियो। यी दुई प्रतिबन्धका कारण कमी आएको आयात माघपछि बढ्न थालेको छ। चैतमा यसको प्रभाव ह्वात्तै बढेको छ। 

मंसिर महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा पुसमा १ खर्ब २९ अर्ब रुपैयाँको आयात भएको थियो। माघमा भने १ खर्ब २६ अर्ब रुपैयाँको वस्तु आयात भएको विभागको तथ्यांक छ। फागुनमा आयात बढेर १ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको थियो। चैत महिनामा मात्रै १ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

पेट्रोलियम पदार्थमा मात्रै बाहिरियो २६१ अर्ब
चैत मसान्तसम्म पेट्रोलियम पदार्थको आयातबाट मात्र २ खर्ब ६१ अर्ब रुपैयाँ बढी बाहिरिएको छ। २ खर्ब ६१ अर्ब ९ करोड ४ लाख ६८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको विभागको तथ्यांकमा छ। पेट्रोलियम पदार्थमा नेपाललाई शतप्रतिशत घाटा छ। यो बाहिरी मुलुकबाट आयात मात्रै हुन्छ।

स्टील र आइरनको आयातमा यो अवधिमा १ खर्ब बढी बाहिरिएको छ। यस्तै ९ महिनामा ३६ अर्ब ४४ करोड रुपैयाँ बढी सवारी साधन तथा यसको पार्टपुर्जामा बाहिरिएको छ। २५ अर्ब २५ करोड रुपैयाँ बढी तरकारी आयात गर्दा बाहिरिएको छ। १४ अर्ब ३४ करोड रुपैयाँ बढी फलफूल आयात गर्दा  बाहिरिएको छ। विद्युतीय उपकरण र यसको पार्टपुर्जा आयातमा ७३ अर्ब ६७ करोड रुपैयाँ बाहिरिएको छ विभागले जनाएको छ। 

पाम तेलबाट २६ अर्ब बढी भित्रियो
चालु आर्थिक वर्षको ९ महिनामा पाम तेल र प्रशोधित तेल निर्यात गरेको नेपालले २६ अर्ब ३ करोड बढी राकम भित्र्याएको छ। चिया-कफीबाट १० अर्ब ६१ करोड बढी रकम नेपाल भित्रिएको छ भने ९ अर्बको कार्पेट निर्यात भएको छ।

कपडा बुन्ने धागो (स्टेम्पल फाइबर) ८ अर्ब ८९ करोड रुपैयाँ बढीको निर्यात हुँदा ७ अर्ब ३० करोड रुपैयाँ बढीको स्टील तथा फलामका समाग्री निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासं... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्