जाजरकोट– जाजरकोट र रुकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाचिँदा २ जनाको मृत्यु भएको छ।
तल्लुबगरमा भेरी नदिमाथि बेलिब्रिज जोड्ने क्रममा पुल भाच्चिँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिए।
पुल भाच्चिँदा अन्य ४ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको जनाइएको छ।
डीएसपी रोकाले प्रहरी घटनास्थलतर्फ गइरहेको जानकारी दिए। मृतक तथा घाइतेहरुको पहिचान खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।