• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

गर्मी मौसममा आँखाको समस्या: कारण र उपचार

डा आनन्दकुमार शर्मा बिहीबार, वैशाख ७, २०८०  ०९:२०
1140x725
प्रतिकात्मक तस्बिर (सटरस्टक)

गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको संख्या वृद्धि भएको पाइन्छ। प्रायःजसो बिरामीहरु आँखा रातो हुने समस्या लिएर अस्पताल आउँने गर्दछन्। आएका बिरामीहरुमा कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखा जस्ता समस्या पाइने गरेको छ।

कन्जन्टेभाइटिस अर्थात् आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गरेको पाइन्छ। कन्जन्टेभाइटिसमा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुन्निन्छ। यसमा आँखाबाट आँसु बग्ने चिप्प्रा लाग्ने परेलीको डिल सुन्निे हुन्छ। जसले गर्दा घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने आदि समस्या हुन्छन्। कन्जन्टेभाइटिस प्रायःजसो ब्याक्टेरिया र भाइरसको संक्रमणले गर्दा हुने गर्दछ।

ब्याक्टेरियल कन्जन्टेभाइटिस आँखा पाक्ने रोग हो। यसमा आँखा रातो भई चिप्प्राले आँखा समेत टालिने गर्दछ। ब्याक्टेरियाको संक्रमणले गर्दा हुने यो रोग प्रायः बालबालिकामा बढी देखिन्छ। यो रोग लागेमा  समयमै अस्पताल गई चिकित्सकको सल्लाह बमोजिम उपचार गराउनु उचित हुन्छ। आँखा चिकित्सकको सल्लाह बिना आँफै औषधि किनी प्रयोग गर्नाले कहिलेकाहिँ आँखामा थप संक्रमण भई अन्धोपन समेत हुने गर्दछ।

भाइरल कन्जन्टेभाइटिस गर्मीयाममा बढीमात्रामा देखिन्छ। योे रोग भाइरसको संक्रमणले गर्दा हुने गर्दछ। यसबाट बालबालिकाहरु बढी प्रभावित हुन्छन्। यसमा आँखाको सबैभन्दा बाहिरी झिल्ली  रातो भई सुन्निन्छ, बढी आँसु बग्ने, चिप्प्रा लाग्ने भई परेलीको डिल सुन्निन्छ। कहिलेकाहिँ  आँखाको नानीमा समेत संक्रमण भई  घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने र धमिलो देखिन्छ। यो रोग एक्कासी देखिने र एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने खालको हुन्छ। केटाकेटीमा कन्जन्टेभाइटिसको अलावा ज्वरो आउने सामान्य रुघा लाग्ने र कहिलेकाहिँ कान मुनिको ग्रन्थी  सुन्निएर दुख्ने समेत गर्छ।

उपचार
कन्जन्टेभाइटिसको उपचार चिकित्सकको सल्लाह बमोजिम गराउनु पर्दछ। ब्याक्टेरीयल कन्जन्टेभाइटिसमा चिप्प्राको जाँच गरी एन्टिबायोटिक प्रयोग गर्नु उचित हुन्छ। भाइरल कन्जन्टेभाइटिसको खास उपचार हु“दैन तर अन्य संक्रमणबाट जोगिन एन्टिबायोटिक प्रयोग गरिन्छ। शितल हुने औषधि तथा कालो चस्माको प्रयोगले पनि केही राहत पुग्छ।

रोगबाट बच्ने उपाय
कन्जन्टेभाइटिसको बिरामीले प्रयोग गरेको औषधि, आँसु पुछेकोे रुमाल र संसर्गबाट सर्ने  हुनाले सकेसम्म बिरामीले प्रयोग गरेको बस्तु प्रयोग गर्नु हु“दैन। सफा पानीले हातमुख धुनु पर्दछ। कन्जन्टेभाइटिसको भएका केटाकेटीहरुलाई स्कुल पठाउनु हु“दैन ताकि अरुलाई नसरोस्। बिरामीसँग सुत्नु पनि हुँदैन।

आँखा चिलाउने रोग
गर्मी मौसममा आँखा चिलाउने रोग पनि बढी मात्रामा देखा पर्दछ।  पहिला आँखा रातो दखिन्छ। मिच्दा झन् रातो बढ्न जान्छ र सामान्य तथा थोरै चिप्प्रा लाग्दछ।  चिप्प्रा, यसलाई एलर्जीक कन्जन्टेभाइटिस भनिन्छ। गर्मी मौसममा धुलो धुँवा बढी  हुने तथा रुखहरुमा फुल फुलेर झर्ने हुनाले पनि एलर्जींको प्रकोप बढी मात्रामा देखा पर्दछ। खासगरी छाला चिलाउने रोग र हाछ्यूँ आइरहने बिरामीलाई यसले बढी असर पार्छ।

गर्मी मौसममा स्कूले केटाकेटीहरुमा र खासगरी पुरुष वर्गमा एक प्रकारको एलर्जीक कन्जन्टेभाइटिस देखिन्छ। यो रोग लागेको बिरामीमा आँखा चिलाउने राता देखिने धागोको त्यान्द्रा जस्तो चिप्प्रा लाग्ने हुन्छ। गर्मी मौसममा धुलो, धुँवा र घामको कारणले गर्दा यो रोगले बढी असर गर्छ। अन्ततः आँखा रातो मैलो ,हेर्दा डरलाग्दो र नानीमा समेत सेतो दाग देखा पर्न थाल्छ। कहिलेकाहिँ नानीमा संक्रमण भई दृष्टीमा समेत गम्भीर असर पर्दछ।

nimb
nimb
Ncell 2
Ncell 2

उपचार
एलर्जीक कन्जन्टेभाइटिसको उपचार भनेको रोगबाट बच्ने उपायको अवलम्बन गर्नु नै प्रमुख हो। तथापि, चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गर्न सकिन्छ। ब्याक्टेरीयल संक्रमणमा भने एन्टिबायोटिकको प्रयोग गरिन्छ। आँखा चिलाउने तथा सुख्खा भएमा कृतिम आँसुको प्रयोग गरी शितल र ओसिलो बनाउन सकिन्छ।

सामान्यतया चिसो पानी वा बरफले रुमाल भिजाएर आँखा सेक्नु लाभदायक हुन्छ। एलर्जीक कन्जन्टेभाइटिसबाट पिडित केटाकेटीहरुलाई बढी घाम, धुलो र धुँवाबाट जोगाउनु उपयुक्त हुन्छ। यसको लागि  कालो चस्माको प्रयोग गर्न सकिन्छ। केटाकेटीहरुलाई नियमित चिसो पानीले अनुहार र आँखा धुन सिकाउनु पर्दछ।

एलर्जीक कन्जन्टेभाइटिसको उपचारको लागि फार्मेसीमा विभिन्न किसिमका औषधिहरु उपलब्ध छन्। संभव भएसम्म क्तभचयष्म भ्थभ म्चयउक को प्रयोग नगर्नु बेस हुन्छ।

सुख्खा आँखा  
स्वस्थ आँखा तथा सामान्य दृष्टिको लागि आँसु ज्यादै महत्वपूर्ण हुन्छ। आँखाको नानीको बाहिरी सतहमा (प्री कर्नियल) आँसुको पातलो सतह (टियर फिल्म) ले लेन्सको काम गरी सामान्य दृष्टि (नर्मल भिजन) बनाउन मद्दत गर्दछ। आँसुका तीन सतह हुन्छन्: लिपिड सतह, एक्वियस सतह र म्यूकिन सतह। आँसु उत्पादन गर्ने विभिन्न ग्रन्थीको समस्याले उत्पादन क्षमतामा कमी तथा सामान्य गुणस्तरको आँसु बन्न नसक्दा सुख्खा आँखाको समस्या निम्त्याउँछ। साथै गर्मी मौसममा तापक्रम वृद्धि सँगै बढी हुरिबतास चल्ने तथा वायुमण्लमा धुलो, धुँवाको मात्रा बढ्ने हुनाले आँसु चा“ढै वाफ बनेर उडेर जान्छ र आँखा रातो भई पोल्ने र चिलाउने  हुन्छ। अत्यधिक वायुप्रदुषणले गर्दा धुलोका कण तथा रसायन छिरेर नानीमा टाँसिन्छ। जसले गर्दा आँखामा अप्ठेरो महसुस हुन्छ र संक्रमण निम्त्याउँछ। पैदल यात्रु, सडकमा कार्यरत कर्मचारी मोटरसाइकल चालक आदि यो समस्याबाट बढी प्रभावित हुन्छन्।

सुख्खा आँखाका लक्षणहरु
सामान्यतया सुख्खा आँखाको समस्याबाट पिडित व्यक्तिहरुमा निम्न लिखित लक्षणहरु देखा पर्न सक्छन्। ती  हुन्:
– आँखामा असजिलो महसुस हुनु
– आँखा पोल्ने तथा दिउ“सोपख रातो देखिने
– आँखा सुख्खा हुने तथा दुख्ने
– आँखामा चिप्प्रा लाग्ने र च्यापच्याप हुने
– आँखा चिम्लिरहन मन पर्ने
– भान्सामा प्याज काट्दा आँसु नबग्ने
– आँखामा केही बिजाएको जस्तो महसुस हुने, आदि।

यी लक्षणहरु गर्मी मौसममा  बढी मात्रामा देखिन्छ।
सुख्खा आँखा हुनुको कारणहरु :
– वातावरणीय  समस्या : प्रदुषण तथा तापक्रम वृद्धि
– इलेक्ट्रोनिक उपकरण जस्तै : हिटर, पंखा, एअर कण्डिसनर, कम्प्युटर आदिको लगातार प्रयोग गर्न
– परेलीमा चाया पर्ने समस्या
– गाजल तथा सौन्दर्य सामाग्रीको अत्यधिक प्रयोग
– भिटामिन ‘ए’ को कमी
– बाथको रोग, मधुमेह, थाइराइड सम्बन्धी समस्या आदि
– महिनावारी बन्द हुने, पाठेघरको अपरेशन
– लामो समय सम्म आँखामा विभिन्न औषधिहरुको प्रयोग
– कतिपय मानसिक रोग तथा मुटुको रोग सम्बन्धी औषधिहरुको प्रयोग आदि।

उपचार पद्दति
सर्वप्रथम सुख्खा आँखाको समस्याबाट पिडित बिरामीहरुले आफूले काम गर्ने वातावरणमा परिवर्तन ल्याउन जरुरी छ। टेलिभिजन हेर्दा  वा कम्प्युटरमा काम गर्दा केही समय आराम गर्नु तथा चिसो पानीले मुख धुनु उपयुक्त  हुन्छ। मोटरसाइकलमा हिँड्नेले भाइजर लगाउनु बेश हुन्छ। साथै परेलीको तथा आँसुसित सम्बन्धित ग्रन्थीको समस्याको तथा अन्य रोगको उपचार पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। मुख्यतया सुख्खा आँखाको उपचारको लागि कृतिम आँसु प्रयोग गर्नु बाहेक अर्को विकल्प छैन। साथै आवश्यक मात्रामा पानी तथा झोल पदार्थ पिउनु पर्दछ। घाममा निस्किँदा कालो चस्मा लगाउनु पर्दछ। कतिपय अवस्थामा औषधिको अलावा माइनर अपरेशनको पनि जरुरत पर्दछ। यो समस्याको लामो समय सम्म उपचार गराउनु पर्ने हुनाले चिकित्सकको निगरानीमा उपचार गराउनु उचित हुन्छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा
प्रधानमन्त्रीद्वारा ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल
श्रम संस्कृति पार्टीका कार्यक्रममा हर्क साम्पाङको तस्बिर अनिवार्य गर्न निर्देशन
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीद्वारा ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल मंगलबार, जेठ १२, २०८३
श्रम संस्कृति पार्टीका कार्यक्रममा हर्क साम्पाङको तस्बिर अनिवार्य गर्न निर्देशन मंगलबार, जेठ १२, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश मंगलबार, जेठ १२, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्