काठमाडौं– विश्वप्रशिद्ध भेइकल उत्पादन कम्पनी महिन्द्राले आफ्नो एक्सयूभी–३०० ब्राण्डलाई रोमाञ्चक नयाँ भेरियन्ट नेपाली बजारमा भित्र्याएको छ। यसको मूल्य ४२ लाख ९५ हजार देखि सुरु हुने दायराको छ।
यसअघि पनि यो गाडी नेपालमा लञ्च गरिएको थियो। अहिले भने एक्सयूभी–३००, डब्लू–६ टर्बोस्पोर्ट टीएम भेरियन्टका साथ भित्र्याएको हो।
जसले १३० पीएस पावर र २५० एनएम टर्को साथ बेजोड प्रदर्शन प्रदान गर्ने कम्पनीले बताएको छ। यसको ग्लोबल परीक्षणमा पाँच स्टार सुरक्षा मूल्षांकन प्राप्त गरेको र यो शृंखलाका लागि आकर्षक परिचयात्मक मूल्य पनि प्रदान गरिएको दाबी गरिएको छ। जुन पेट्रोल म्यानुअल इन्जिन र ७ रंगको विकल्पसहित चारवटा रोमाञ्चक भेरियन्टमा आउने छ।
यसको शक्तिशाली इन्जिन, उन्नत सुविधा तथा स्टाइलिस डिजानका साथ नेपाली ग्राहकहरुलाई असाधारण ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ। यसको उच्च सुरक्षात्मक डिजाइनकाकारण नेपालको सबैभन्दा सुरक्षित सवारीमध्ये एक भएको पनि कम्पनीले बताएको छ।
यसमा डुलअल फ्रन्ट एअरब्यागहरु, इबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सरहरु र अन्य धेरै सुरक्षा सुविधाहरु रहेका छन् जसले प्रत्येक यात्रामा यात्रुहरुको सुरक्षा सुनिश्चित गर्ने दाबी गरिएको छ। यसमा ७ इन्चको टचस्क्रिन इनफोटेनमेन्ट प्रणाली, स्टेरिङ माउन्टेड कन्ट्रोलर, पुश बटन स्टार्ट र स्टपजस्ता उन्नत प्रविधि समावेश गरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।