• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति पौडेललाई विदेश नै लैजानुपर्ने स्वास्थ्य समस्या के हो?

64x64
डिबी खड्का बुधबार, वैशाख ६, २०८०  १६:२१
1140x725

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्य उपचारका लागि भारत लगिएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनलाई बुधबार थप उपचारका लागि भारत लगिएको हो।

राष्ट्रपति पौडेल उपचारका लागि विदेश गएपछि उनको स्वास्थ्य अवस्थाका विषयमा सन्देह सिर्जना भएको छ। राष्ट्रपति कार्यालय, सरकार र उपचाररत अस्पतालले औपचारिक रुपमा स्वास्थ्य अवस्था, जटिलता र विदेश नै लैजानुपर्ने कारण सार्वजनिक गरेका छैनन्।

विशिष्‍ट पदमा आसिन व्यक्तिहरुको बारेमा आम नागरिकलाई यथार्थ जानकारी दिनुपर्नेमा त्यसो नभएको भन्दै यसअघि पनि विवाद भएको थियो। यसपल्ट पनि प्रष्ट रुपमा नखुलाउँदा आमजनमा अन्योल सिर्जना भएको छ। सामाजिक सञ्जालमा प्रश्नहरु उठिरहेका छन्।

भएको के हो?
चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको समस्या फोक्सोको बाहिरी भागमा हुने झिल्लीसँग सम्बन्धित हो। राष्ट्रपतिको उपचारमा कमी हुन नदिनका लागि त्रिवि शिक्षण अस्पतालले मेडिकल टिम नै गठन गरेको थियो। राष्ट्रपति पौडेलका निजी चिकित्सकसमेत रहेका वरिष्ठ छातीरोग विशेषज्ञ डा निरज बम लगायतको टोली उनको उपचारमा संलग्न थियो।

उक्त उपचार टिममा मिर्गौला रोग विशेषज्ञ, क्रिटिकल केयर विशेषज्ञ आदिसमेत थिए। छातिरोग विशेषज्ञ डा बम राष्ट्रपति पौडेलसँगै भारत गएका छन्। त्यसकारण राष्ट्रपति पौडेलको रोगका विषयमा औपचारिक रुपमा जानकारी लिने प्रयास सफल भएन।

उपचार टिममा रहेका अन्य चिकित्सकले औपचारिक रुपमा बोल्ने अनुमति नपाइएको बताए। उपचारमा संलग्न एक डाक्टरका अनुसार उनलाई छातिसँग सम्बन्धित समस्याका लागि दुई हप्तादेखि एन्टिबायोटिक दिइएको थियो।

मंगलबार बिहान राष्ट्रपति पौडेललाई एक्कासी रिंगाटा चलेपछि अस्पताल पुर्‍याइएको थियो। चिकित्सकहरुले छातिमा देखिएको पहिलेकै समस्यालाई लिए फेरि जाँच गर्न पठाए। तर, एन्टबायोटिकले पनि संक्रमण पूरै निको हुन नसकेको रिपोर्टमा देखियो।

राष्ट्रपति पौडेल यसअघि पनि उपचारका लागि अस्पताल भर्ना भएका थिए। फोक्सो बाहिर हुने झिल्लीमा पानी जमेको त्यो बेला पनि देखिएको थियो। संक्रमणका कारण उक्त अवस्था सिर्जना भएको देखिएपछि एन्टिबायोटिक चलाइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

मंगलबार फेरि अस्पताल भर्ना भएपछि पौडेलको फोक्सो बाहिरको झिल्लीमा जम्मा भएको पानी झिकेर थप परीक्षणका लागि प्रयोगशालामा पठाइयो। उक्त रिपोर्टमा संक्रमण पूरै निको नभएको देखियो। उनलाई दिइएको एन्टिबायोटिकले संक्रमण निको पार्न नसकेको देखिएपछि थप उपचारका लागि छलफल थालिएको थियो।

परिवारको दबाब र चिकित्सकको बाध्यता
संक्रमण निको नभएको देखिए पनि आत्तिहाल्ने अवस्था भने नरहेको उपचारमा संलग्न एक चिकित्सक बताउँछन्। उनी भन्छन्, ‘राष्ट्रपति नभएको भए विदेश नै उपचार गर्न पठाउनुपर्ने अवस्था होइन।’

लामो समयदेखि समस्या रहेको भन्दै राष्ट्रपति पौडेलको परिवारले सकेसम्म बाहिरै गएर उपचार गर्ने मनशाय व्यक्त गरेको थियो। अस्पतालमा मात्रै होइन, स्वास्थ्य मन्त्रालयका अधिकारी समक्ष पनि विदेशमै पुगेर उपचार गराउने मनशाय परिवारका सदस्यले राखेको बुझिएको छ।

उमेरले ७९ को उकालो लागेका राष्ट्रपति पौडेलको स्वास्थ्यलाई लिएर सरकार र चिकित्सकहरुले एक प्रकारको दबाब महसुस गरेको बुझिएको छ। परिवार र सरकारका तर्फबाट विदेश लगेर उपचार गर्ने कुरामा जोड देखेपछि चिकित्सकहरुले नेपालमै उपचार गर्न जोखिम उठाउन चाहेनन् र उनलाई रिफर गरिएको हो।

उपचारमा संलग्न एक चिकित्सक भन्छन्, ‘लामो समय एन्टिबायोटिक खाँदा समेत ठीक भएन। कडा प्रकारको जीवाणु रहेको थाहा भयो। फोक्सोको झिल्ली बाहिरको पानी जम्ने कारण पत्ता लगाउने जाँच र उक्त जिवाणुविरुद्ध प्रयोग गर्नुपर्ने औषधि आदिका विषयमा थप जानकारी हासिल गर्न विदेश पठाइएको हो।’

नेपालमा त्यस्ता केसका लागि चाहिने उच्चस्तरीय जाँच प्रविधि र कतिपय एन्टिबायोटक औषधिहरुसमेत नरहेकाले उपचारका लागि बाहिर पठाइएको अस्पतालका एक चिकित्सकको दाबी छ। राष्ट्रपति पौडेलको अवस्था आत्तिनुपर्ने खालको नरहेको बताउँदै निको भएर चाँडै फर्किने विश्वास आफूलाई रहेको उनले बताए।

जनस्वास्थ्य ऐनको व्यवस्था र उपचार खर्च विवाद
राष्ट्रपति पौडेललाई सरकारले उपचारका लागि विदेश पठाएको हो। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउँद  राष्ट्रपतिलाई उपचारका लागि विदेश पठाउने क्रममा बिदाइ गर्न त्रिभुवन विमानस्थल पुगेका थिए।

देशको राष्ट्रपति भएका कारण उपचार खर्च राज्यले व्यहोर्ने सम्भावना छ। तर, जनस्वास्थ्‍य ऐन २०७५ ले विदेशमा गरिने उपचारको खर्च नेपाल सरकारबाट उपलब्ध नगराइने स्पष्ट रुपमा लेखेको छ।

ऐनको दफा ३० मा वैदेशिक उपचार बापत खर्च उपलब्ध नहुने भन्दै उल्लेख गरिएको छ,  ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा सोका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन।’

यसअघि सरकारले भारतमै उपचार गराएका पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपचार खर्च उपलब्ध गराएको थियो। उक्त विषयमा विवाद भएको थियो। कांग्रेसका वर्तमान महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै २०७५ असोज  दुई गतेदेखि उक्त कानुन लागू भएको बताएका थिए।

उनले भनेका थिए,  ‘यो कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानुनको यो व्यवस्थाका सम्बन्धनमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ।’

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १६:२१
  • #राष्ट्रपति रामचन्द्र पौडेल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्