काठमाडौं– नेपाली सिरिज ‘ब्रह्माण्ड’को छायांकन गत सोमबारबाट सुरु भएको छ। पोखरा स्थित गुप्तेश्वर महादेवमा शुभ मुहूर्त गरी छायाकंन सुरु गरिएको हो।
कान्तिपुर फिल्म एकेडेमी, काठमाडौँ र टोपी स्टुडियोज पोखरालेले बनाउन लागेको फिल्म ८ घण्टाको हुनेछ। यो ८ एपिसोडमा निर्माण गरिने निर्माण टिमले जनाएको छ। सिरिजलाई रियाज नाटक्कारले निर्देशन गर्दैछन् र यसका कार्यकारी निर्माता सागरराज आचार्य हुन्।
एकेडेमीले बनाउन लागेको सरिजलाई सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले खिच्ने भएका छन्। पुरुषोत्तमले लुट, कबड्डी, छक्का पञ्जा, दासढुंगा, उमा, नाइ नभन्नु ल लगायत ६० वटा भन्दा बढी फिल्महरूको सिनेमाटोग्राफी गरेका छन्।
यो सिरिजमा बलिउडको चर्चित फिल्म ‘मेरिकोम’ फेम्ड सुनिल थापा, ‘बर्फी’ फेम्ड भोलाराज सापकोटाले अभिनय गर्दैछन्। राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज बिस्टसँगै कान्तिपुर फिल्म एकेडेमीका कलाकारहरू सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाले पनि डेब्यु गर्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।