सन् २०१९ मा पहिलोपटक सफल कलेजो प्रत्यारोपणपछि चिकित्सक तथा मेडिकल स्टाफहरु (फाइल तस्बिर) काठमाडौं– शिक्षण अस्पतालले १०औं पटक कलेजो प्रत्यारोपण सफल बनाएको छ। मंगलबार अस्पतालले १० औं कलेजो प्रत्यारोपण गरेको हो।
यसअघि ९ जनाले अस्पतालबाट कलेजो प्रत्यारोपण सेवा लिइसकेका छन्। श्रीमतीले श्रीमान्लाई दान गरेको कलेजो प्रत्यारोपण गरिएको प्रत्यारोपण विज्ञ डा रमेश सिंह भण्डारीले बताएका छन्।
उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको बताउँदै तीव्र गतिमा स्वस्थ हुने अपेक्षा डा भण्डारीले गरेका छन्। प्रत्यारोपणमा सहयोग गर्ने अस्पतालको टिम र भारतीय चिकित्सक डा विशला चौरासियालाई डा भण्डारीले आभार प्रकट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।