काठमाडौं– विश्वव्यापी रुपमा मनपराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरीदमा सीमित समयका लागि विशेष योजना शुरु गरेको छ।
यस योजनाको लागि सासमसङले नबिल बैंकसंग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ, जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि खरीद गर्दा रु.२००० क्यासब्याक प्राप्त गर्नेछन्।
सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो र उपलब्ध भएदेखि नै तिनमा विद्यमान असाधारण पर्फर्मेन्स र अद्भुत विशेषताहरुको कारण मोबाइल बजारलाई तताइदिएको छ।
यी दुवै मो डलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भनें यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रँगहरुमा उपलब्ध छन्, जसले ग्राहकहरुलाई अतुल्य उत्पादनको अनुभूति दिलाएको छ।
क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि ग्राहकहरुका लागि अझ बढी सुलभ भएको छ। ग्राहकहरुले उनीहरुसंग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत् चुनिएका स्टोरहरु अथवा ब्राण्डका शोरुमहरुबाट ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि खरीद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन्। यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।