• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

प्रकाश सपूतको ‘सकम्बरी’ : महिलाद्वेषी शब्द र स्वतन्त्रतामाथि सन्देह

64x64
समर्पण श्री सोमबार, वैशाख ४, २०८०  १९:१२
1140x725

साहित्यकार पारिजातको उपन्यास ‘शिरिषको फूल’को चर्चित पात्र हुन् सकम्बरी। त्यही पात्रको नाममा गायक प्रकाश सपूतले  बैशाख १ गते नयाँ गीति भिडियो सार्वजनिक गरे। 

यतिबेला युट्युबको ट्रेन्डिङमा देखिएको यो गीति भिडियोले बहस सिर्जना गरिरहेको छ। गाउँकी फूलमाया सहरमा कसरी ‘सकम्बरी’ बनिन्? मुख्य कथा यही हो। 

तर सपूतले फूलमाया सकम्बरीमा रुपान्तरण हुँदाको जुन भाष्य स्थापित गर्न खोजे, त्यो आलोचित छ। समाजको चेतना बदल्न वा सामाजिक परिवर्तनका लागि मानिसलाई डोहोर्‍याउने सशक्त माध्यम सिर्जना हो। उसो त गीत संगीतले मानिसलाई छिटो प्रभाव पार्छ। 

महत्वपूर्ण आन्दोलनमा जनवादी गीत सुनेरै जनताहरू जागेका दृष्टान्त हामीसँग थुप्रै छन्। यदि गीत संगीतलाई गलत हतियारका रुपमा प्रयोग गरियो भने के हुन्छ? कलाको बाहनामा मुद्दा वा विषयलाई गलत व्याख्या गरियो भने के हुन्छ? प्रकाश सपूतको श्रव्यदृश्य सामग्री ‘सकम्बरी’ हेर्दा यो भान भइरह्यो।

दृश्य कथामा गाउँकी फूलमाया सहर आएकी छन्। उनी मोडल बन्न र पैसा कमाउन चाहन्छिन्। रेस्टुराँमा वेटरको रुपमा काम गर्ने क्रममा धनी मानिसहरूसँग उनको सामिप्यता बढ्छ। उनले पैसाका लागि उनीहरूलाई शरीर सुम्पन्छिन्।

कानमा झुम्काना तिम्लाई कल्ले किन्दियो
नाकमा बुलाकी तिम्लाई कल्ले किन्दियो
पाउमा लाको पाउजु, हातमा सुनको चुरा
तिम्लाई कल्ले किन्दियो?
फूलमाया फूलमाया...
 

गीतको स्थायी र कथाको तात्पर्य हो कि– मोडल बन्न र पैसा कमाउन गाउँबाट सहर आउने युवतीहरूले यही नियती व्यहोर्नुपर्छ। 

कानमा झुम्का, नाकमा बुलाकी कसले किन्दियो भनेर प्रश्न गर्ने सपूतले समाजको संकुचित दायराबाट महिला चरित्र नियाँलेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

एउटी युवतीले नाकमा झुम्का, कानमा बुलाकी, हातमा चुरा, खुट्टामा पाउजु लगाउनु वा स्कुटर चढेर हिँड्नु समाजको लागि प्रश्न र सन्देहको विषय हो? रेस्टुराँमा काम गर्ने महिला कति छन्? मोडलिङ वा अन्य क्षेत्रमा काम गर्ने महिलाको संख्या कति छ? सपूतको गीतले उनीहरूको मिहिनेत, क्षमता र परिश्रमको कमाइको धज्जी सजिलै उडाइदिएको छ।

हाम्रो समाजको संरचना नै पितृसत्तात्मक छ। जस्तो कि एउटा पुरुष छोटो समयमै आर्थिक रुपमा सबल हुन्छ, उसको आम्दानी राम्रो हुन्छ भने उसले उन्नति गरेको ठहरिन्छ। क्षमताको प्रशंसा हुन्छ। तर महिलाको हकमा त्यो लागू हुन्न। उसले छोटो समयमै आत्मनर्भिर भएर राम्रो कमाइ गर्दा सन्देहकै विषय हुन्छ। चरित्रमाथि टिकाटिप्पणी हुन थाल्छ। संकुचित समाजको यो स्वभावलाई सपूतको गीतले प्रशय दिएको छ।

गीतका शब्दहरू महिलाद्वेषी छन्। जसले उनीहरूको चरित्रमाथि प्रहारमात्र गरेका छन्। समाजको पितृसत्तालाई सपूतले सोच्न दिएका छन्, ‘रातमा अबेर महिलाहरू घर आउनु शंकास्पद हो।’ 

महिलाको वैयक्तिक स्वतन्त्रतामाथि अंकुश लगाउन उनले हौसला बाँडिरहेका छन्। 

भिडियोमा ‘सकम्बरी’लाई परिबन्धमा पारिएको छ। उनी सजिलै त्यो परिबन्धलाई स्वीकार गरिरहेकी छन्। उनको उच्च महत्वाकांक्षाले गलत बाटोलाई स्वीकार गरिरहेको छ। उनले ‘रंगिन रंगिन रहर सजाउन धर्म मास्ने जहर’ पिइरहेकी छन्।  कथाको भाव यही हो।

समाजमा लैंगिक विभेदको पर्खालले महिलाहरूले पुरुषको तुलनामा बढ्ता संघर्ष गर्नुपर्ने कुरा यथार्थ हो। ‘एन्टागोनिस्ट’ चरित्रका पुरुष हरेक क्षेत्रमा हुन्छन्। तर सपूतले गीतमा महिलालाई कमजोर पात्रका रुपमा बेचेका छन्। सब घटनाको  जिम्मेवार युवतीको जवानीमाथि बोकाइरहेका छन्।

सरकारी तथ्यांकअनुसार नेपालमा ५० हजार भन्दा बढी महिला यौनकर्ममा सहभागी छन्। अन्य पेसासरह यो पेसामा सहभागी महिलाहरू पनि सम्मानित हुनुपर्छ। गीतमा प्रकाश सपूतले यौनकर्ममा संलग्न महिलालाई ‘अपराधी’ करार गरिदिएका छन्। 

अन्तरा छ–

रस गालैको सुकिजानेछ
आफ्नै आत्माले थुकिजानेछ

भिडियोमा एउटा पात्रको डाइलग छ, ‘बाध्यता पर्‍यो भनेर जे पनि गर्ने, इज्जतै फाल्ने। पाप लाग्ला।’ यौनकर्मलाई पाप र अपराधसँग जोड्ने सपूतको गीतले यो कर्ममा सहभागी महिलाहरूको आनत्मसम्मानमा चोट पुर्‍याएको छ। भिडियोमा ‘सकम्बरीको ‘सबैलाई पाप लाग्छ’ भन्ने क्रममा स्वीकारोक्ति छ, ‘सायद पाप मलाई पनि लाग्छ।’  

पाप र धर्मको निसाफ बोल्दै सपूत गीतमा गायक भन्दा बढी ‘चाणक्य’ सुनिन्छन्। कला पक्ष फितलो छ गीतको। मानिसका आग्रह पूर्वाग्रह थुपारेर राम्रो सिर्जना कसरी बन्ला? 

फूलमायालाई ‘शिरिषको फूल’को विम्बका रुपमा टिप्न खोजेका छन्। तर बरीको मनोविज्ञान अध्ययन गरेको देखिन्न। ‘सकम्बरी’को अस्तित्व नजिक पुगेको देखिन्न। 

नाममात्र ‘सकम्बरी’ राखेर कथित आदर्श गीतमा भट्याउँदैमा कहाँ सिर्जना बलियो बन्छ र? त्यसमाथि उनी हिन्दी फिल्म ‘डर्टी पिक्चर’ र ‘डर्टी पोलिटिक्स’को ह्याङओभरबाट बाहिर निस्केका छैनन् झैं लाग्छन्। 

‘सकम्बरी’को राजनीतिक करिअरलाई सस्पेन्स राखेर नयाँ सामग्री पनि ल्याउने धुनमा छन् प्रकाश सपूत। अब दोस्रो भागमा ‘सकम्बरी’लाई सुधार्ने हुन् कि आफूलाई? त्यो भने  हेर्न बाँकी छ। 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
भारतीय गायिका आशा भोसलेको निधन मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्मयहरूले उल्लेख गरेका छन् । आइतबार, चैत २९, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
ताजा समाचारसबै
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्