काठमाडौं- अब नेपालमै पाइलट कोर्ष अध्ययन गराइने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दिएको जानकारी अनुसार यसका लागि दुईवटा कम्पनी (स्कुल) लाई इजाजत दिइएको छ।
मन्त्रीस्तरीय निर्णयबाट शुभम एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिलाई फ्लाइङ स्कुल खोल्न इजाजत दिइएको हो।
नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले फ्लाइङ स्कुल खोल्न वर्षौंदेखि मन्त्रालयमा रोकिएका ती स्कुललाई इजाजत प्रदान गरिएको मन्त्री किरातीले बताएका छन्।
उनका अनुसार प्रक्रिया पूरा गरी आउने संस्थालाई नियमानुसार इजाजत प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।