काठमाडौं- आइतबार बिहान ९ बजेका लागि बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतको बैठक बस्न सकेन।
सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा बैठक बोलाएका थिए। तर, प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा अनुपस्थित भएपछि बैठक बस्न नसकेको हो।
एमाले सचेतक महेश बर्तौलाका अनुसार, प्रधानमन्त्री प्रचण्डले अन्तिम समयमा आफू उपस्थित हुन नसक्ने जानकारी गराएका थिए। देउवा पनि उपस्थित भएनन्।
सभामुख घिमिरे, एमाले अध्यक्ष ओली, एमाले सचेतक बर्तौला र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल बैठकमा जुटेका थिए। तर, दुई शीर्ष नेता नजुटेपछि बैठक स्थगित भएको हो।
‘प्रतिपक्ष बैठक बस्न र छलफल गर्न तयार छ’, बर्तौलाले नेपाल लाइभसँग भने, ‘तर, सत्ता पक्ष संवादबाट भाग्न लागेको छ। यो दुःखद् कुरा हो।’
यसअघि चैत २५ र २८ गते बैठक बसेको थियो। वैशाख १ गतेका लागि बोलाइएको बैठक भने आइतबार (वैशाख ३) का लागि स्थगित भएको थियो।
बैठकमा संसद्मा दर्ता गरिएका सम्पत्ति शुद्धीकरण, संवैधानिक परिषद् र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अगाडि बढाउने र संसदीय समितिहरू गठन गर्ने लगायतका विषयमा छलफल हुँदै आएको छ।
चैत २८ गतेको बैठकमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच नोकझोक पनि भएको थियो।
सम्बन्धित समाचारहरू:
संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा मध्यम मार्गको विकल्प अपनाउने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड
फास्ट ट्रयाकबाट संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा टुंगो लाग्दैन : ओली
शीर्ष तीन दलका नेताबीच सामान्य कुराकानी भयो : सभामुख घिमिरे
टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति
फागुन १ को बिदालाई लिएर बालुवाटारमा प्रचण्ड र ओलीबीच नोकझोक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।