• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
वर्ष फिल्म समीक्षा

कमेडी फिल्मले करोडौं कमाए, प्रयोगवादीलाई सकस

64x64
समर्पण श्री बिहीबार, चैत ३०, २०७९  १४:४५
1140x725

काठमाडौं–  यो साल  (विसं २०७९) नेपाली चलचित्र उद्योगका लागि कस्तो  रह्यो?

सन्तोषजनक जवाफ न फिल्ममेकरहरूमा छ, न दर्शकमा। एकाध सिनेमा बाहेक अधिकांशले लगानी उठाउन पनि सकेनन्। तर, यो वर्ष बक्स अफिसमा दबदबा भने कमेडी विधाका चलचित्रकै रह्यो।

विसं २०७९ को सुरुआतीदेखिनै नेपाली फिल्म क्षेत्रमा नयाँ प्रयोग भए। तर, प्रयोग आम दर्शकमाझ पुग्नै सकेन। बरु कडा समीक्षा पाएका फिल्महरू भने बक्स अफिसमा सफल ठहरिए। यसपटक बक्स अफिसमा कमेडी बाहेक अन्य विधाका फिल्मले सुखद् व्यापार गर्न सकेनन्।

फिल्म क्षेत्रमा सर्वाधिक चर्चित मानिने अनमोल केसीले पनि यसपटक नमीठो अनुभव बटुले। उनी स्टारर फिल्म ‘छड्के २’ ले बक्स अफिसमा ३० लाखको मात्र व्यापार गर्‍यो। जबकि अनमोलले फिल्ममा पारिश्रमिक नै ५० लाख लिएका थिए।

प्रयोगवादी सिनेमाको निराशाजनक व्यापार
३ असारमा दीपेन्द्र के खनाल निर्देशित फिल्म 'चिसो मान्छे' प्रदर्शनमा आयो।

प्रदर्शनमा आउनुअघि फिल्मको पोस्टर र ट्रेलरले थुप्रै चर्चा बटुलेको थियो। नेपालमा 'फरक धार'का सिनेमाहरू अब क्रमशः बढ्दै जाने आकलन गरिएको थियो। तर, फिल्म प्रदर्शनको पहिलो दिन दर्शकहरूको उपस्थिति कमजोर रह्यो।

फिल्म निर्माण पक्षले भने प्रोमोसन जोड लगाएरै गरेको थियो। निर्देशक खनालले कुनै कसरत बाँकी राखेनन्। तर, फिल्मको व्यापार २ करोडभन्दा उकालो लाग्न सकेन। 

1644335861_Chiso-Manchhe.jpgनिर्देशक तथा निर्माताहरूको बुझाइ थियो कि आर्ट सिनेमाहरू 'वर्ड अफ माउथ'ले चल्छन्। दीपेन्द्र के खनालले नै ६ वर्षअघि निर्देशन गरेको फिल्म 'पशुपति प्रसाद'ले सुरुआती दिनमा निराशाजनक व्यापार गरे पनि पछिल्ला दिनमा दर्शकहरू तान्दै लग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, 'चिसो मान्छे' अपेक्षित भएन।

‘चिसो मान्छे'अघि प्रदर्शनमा आएको 'चिसो एस्ट्रे'ले समीक्षाहरू राम्रो पायो। दिनेश पाल्पाली निर्देशित फिल्मलाई समीक्षकहरूले नयाँ प्रयोगको सिनेमाका रुपमा पनि लिए‌। तर,, फिल्मको लगानी यसरी डुब्यो कि, निर्माताहरू पुनः फिल्म बनाउन सक्ने सामर्थ्यमा छैनन्। 

गत २४ असारमा प्रदर्शनमा आएको अनुप बराल निर्देशित फिल्म 'दोख'को पनि पोस्टर र ट्रेलरले निकै आशा बढाएको थियो। तर, प्रदर्शनको पहिलो हप्तामै फिल्म हलबाट उत्रियो।

'दोख' लगत्तै प्रदर्शनमा आएको खगेन्द्र लामिछाने निर्देशित 'पानीफोटो'ले हलमा पानीसम्म भन्न पाएन। एक दशकअघि गुरुकुल थिएटरमा खगेन्द्रकै लेखन तथा निर्देशनमा 'पानीफोटो' नाटक मञ्चन गरिएको थियो। त्यतिबेला लोकप्रिय नाटकमाथि खगेन्द्रले फिल्म बनाए। तर, दर्शकहरू हलसम्म तानिएनन्। 

paniphoto1657645471.jpg

गत भदौमा प्रदर्शनमा आएको सुवर्ण थापा निर्देशित फिल्म फिल्म 'राधा'ले राम्रो समीक्षा त पायो। तर, दर्शकहरूको साथ पाउन सकेन। फिल्मलाई हलवालाले निकै कम शो दिएपछि निर्देशक थापाले प्रदर्शन नै बन्द गरेका थिए। 

त्यसयता निर्देशक थापा 'राधा'को पुनः रिलिजको दौडमा छन्। ‘राधा’सँगै प्रदर्शनमा आएको दिनेश राउत निर्देशित फिल्म 'प्रकाश'ले पनि लगानी उठाउन हम्मेहम्मे पर्‍यो। जबकि फिल्मले राम्रो समीक्षाहरू बटुलेको थियो। फिल्मको प्रोमोसन र निर्माण पक्षको अपेक्षाअनुरुप भने कमाइ हुन सकेन।

पछिल्लो समय निकै चर्चा कमाएको फिल्म हो 'ऐना झ्यालको पुतली'। सुजित बिडारी निर्देशित उक्त फिल्मले नेपाली फिल्म उद्योगमा आजसम्मकै राम्रो समीक्षा पायो। कतिपयले दुई दशकयताकै उत्कृष्ट सिनेमा भने। सिर्जनशील र ‘बौद्धिक जमात’मा फिल्मले अनपेक्षित प्रशंसा पायो।

aina jhyal1660481583.JPG

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल बुसानको न्यु करेन्ट सेक्सनमा छनोट भयो र ढाकामा भएको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक बिडारीले उत्कृष्ट फिल्म मेकरको अवार्डसमेत प्राप्त गरे। 

तर, फिल्मको व्यापार अनपेक्षित हुन सकेन। फिल्मलाई 'मुभी लभर्स' फेसबुक ग्रुपले प्रचारमा निकै सहयोग गर्‍यो। राम्रो भनिएर निकै तारिफ बटुले पनि एक करोड भन्दा माथिको व्यापार गर्न सकेन‌। यद्यपि यही फिल्मले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ४ विधामा अवार्ड जित्यो।

गत चैत २४ मा प्रदर्शन भएको फिल्म ‘बहाब’ले पनि समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। प्रमोद कँडेल निर्देशित यो फिल्म युवा मनोविज्ञानमाथि बनेको फिम हो। तर, फिल्मले हलमा दर्शक भने पाइरहेको छैन। 

के मा छन् त दर्शक?
हलमा दर्शक आएनन् भनेर फिल्ममेकरहरू चिन्तित भइरहँदा यसबीचमा प्रदर्शन भएका केही फिल्मले हल खचाखच बनाए। हेमराज बिसी निर्देशित कमेडी फिल्म ‘छक्कापञ्जा ‍४’ पाँच हप्तासम्म प्रदर्शनरत छ। फिल्मले २१ करोडभन्दा माथि कमाइ गरिसकेको छ।

गत वैशाखमा प्रदर्शन भएको रामबाबु गुरुङ निर्देशित फिल्म 'कबड्डी-४'ले हालसम्मकै उत्कृष्ट व्यापार गर्‍यो। फिल्मले त्यसअघिका व्यापारको रेकर्ड नै तोड्यो। करिब २५ करोडको व्यापार फिल्मले गर्‍यो। फिल्मका निर्देशक गुरुङ यो कुराबाट यति हौसिए कि फाइनल म्याच भनिदिएका 'कबड्डी-४' लाई तन्क्याएर 'कबड्डी–५' को तयारी गरिरहेका छन्।

कात्तिक ११ गते प्रदर्शमा आएको फिल्म 'महापुरुष'ले करिब ११ करोडको व्यापार गर्‍यो। 

1646295741_Kabaddi-4.png

प्रदीप भट्टराई निर्देशित फिल्म 'महापुरुष'ले हालसम्म १० करोडको व्यापार गर्‍यो। बाको बिहेको विषयमाथि बनाइएको यो सिच्वेसनल कमेडीमा आधारित फिल्म हो।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म झि़ंगेदाउ'ले ५ करोडभन्दा माथिको व्यापार गर्‍यो। कमेडी प्रशस्त भएकाले दर्शकहरूलाई फिल्मले हलमा सजिलै तान्न सक्यो। 

गत कात्तिकमै प्रदर्शनमा आएको फिल्म 'के घर के डेरा'ले पनि मनग्य दर्शक पायो। दीपेन्द्र के खनाललले ‘चिसो मान्छे’को कम व्यापारले मन चिसो बनाएका थिए। तर, यही वर्ष रिजिल भएको उनको फिल्म ‘के घर के डेरा’ले ४ करोडभन्दा माथिको व्यापार गर्‍यो। दर्शक हलदसम्म तान्न अघिल्लो फिल्ममा जुन कसरत गर्नुपरेको थियो। यो फिल्ममा भने गर्नुपरेन। 

premgeet 31658322435.jpgदीपेन्द्र लामा निर्देशित फिल्म '२ नम्बरी' गत असोजमा प्रदर्शनमा आयो। फिल्मले ६ करोडभन्दामाथिको व्यापार गर्‍यो। कमेडी विधाका फिल्मले बजार पाउँदै गर्दा प्रेमको विषयवस्तुमाथि बनेको एक्सन विधाको फिल्म सन्तोष सेन निर्देशित 'प्रेम गीत-३' ले नेपाल र भारतमा सन्तोषजनक व्यापार गर्‍यो। 

सामाजिक विषयवस्तुमाथि बनेको रामबाबु निर्देशित फिल्म ‘फूलबारी’ले पनि ४ करोड माथिको व्यापार गर्‍यो। बक्स अफिसका लागि यो राम्रो कमाइ मानिएता पनि निर्माण टिमले भने फिल्मको लागि ५ करोड लगानी गरेको थियो। निर्माण टिम भने व्यापारबाट निराश भयो।

यो वर्ष चलेका फिल्महरूको मसला भनेकै कमेडी हो। यसकारण धेरै निर्देशकले बजारकेन्द्रित फिल्म बनाउने हो भने भने कमेडी विधाकै बनाउनुपर्ने अनुमान गरेका छन्। 

phulbari1676612001.jpg

दर्शकको मनोविज्ञान के हो?
'फरक धार' भनिने फिल्महरू नचलेपछि निर्देशकहरू निराश देखिएका छन्। आर्ट सिनेमामा काम गरिरहेका एक निर्देशकले निराशा पोख्दै भने, 'अब आर्ट मुभी बनाएर पैसा डुबाइन्न। कमर्सियल फिल्म बनाएर पैसा कमाउने हो।' 

फिल्ममेकरहरू ययार्थवादी फिल्मले दर्शक नतान्ने कुरा स्वीकार गर्छन्। 'हामीलाई हाम्रो कथा भन्नु नि छ। तर, दर्शक तान्नका लागि कमर्सियल र आर्टको फ्युजन नगरी हुन्न। फिल्ममा करोडौंको लगानी हुन्छ। डुब्यो भने त फेरि फिल्म बनाउने आँट कसले गर्छ र ?' फिल्म निर्देशक निश्चल बस्नेतले एक संवादको क्रममा भनेका थिए। 

'महापुरुष' निर्देशक प्रदीप भट्टराई अभाव भएकै कुराको माग बढी हुने बताउँछन्। 'देशको आर्थिक र राजनैतिक अवस्थाले जनता हास्न पाइरहेका छैनन्। उनीहरूलाई हसाएरै समाजको कथा भन्नु हाम्रो दायित्न हो,' प्रदीप भन्छन्।

आर्ट मुभीमा दर्शक नतानिनुमा उनको बुझाइ छ कि नेपालमा सिनेमाहरू प्राविधिक रुपमा उति बलिया छैनन्। आर्ट सिनेमामा त्यस्ता गल्ती प्रशस्त भेटिन्छन्। तर, कमेडी विधामा बनेका सिनेमाका कमजोरी डाइलगले छोपिदिन्छ। 

mahapurus1659885817.jpg

कतिपय राम्रा आर्ट सिनेमा पनि चल्न नपाई हलबाट उत्रेका प्रसङ्ग पनि प्रदीप निकाल्छन्। राम्रो सिनेमाको मेकिङ अनुसार मार्केटिङ भएन भने पनि दर्शकहरू नतानिने उनको बुझाइ छ।

अर्कोचाहिँ आर्ट सिनेमा हेर्ने अडियन्सहरू बन्न बाँकी रहेको पनि उनी बताउँछन्।

'त्यसैले मलाई लाग्छ कि फिल्म बुझ्ने मेकरले कमर्सियल फिल्म नै बनाउनुपर्छ। नबुझेकाले बनाएको भन्दा बुझेकाले बनाउँदा राम्रा कमर्सियल फिल्म बन्छन्,' उनी भन्छन्, 'हामीले महापुरुष अर्कै ढंगले बनाउन पनि सक्थ्यौं। बुझेर पनि बुझ पचाएर गरिरहेका छौं। हामीलाई गाली पनि गर्नुभयो शुभेच्छुकहरूले। तर, बजार पनि त बुझ्नुपर्छ। हामी खाना हाइजेनिक हुनुपर्छ भन्छौं र भोजको खाना हो भनेर पस्किरहेका छौं।' 

'झिंगेदाउ'का निर्देशक ज्ञानेन्द्र देउजा आफू दर्शकले के खोजिरहेछन् भन्ने कुरामा सचेत रहेको बताउँछन्। 'पहिले म एक्सन मुभी बनाउँथे। अब दर्शकले एक्सन मुभीका लागि नेपाली हेर्दैनन्। कमेडी मुभीहरू हेर्छन्। त्यसकारण म आफ्नै कथालाई कमेडी तरिकाले प्रस्तुत गर्छु,' देउजा भन्छन्।

विदेशी सिनेमाको प्रभावले गर्दा पनि नेपाली फिल्ममेकरलाई चुनौती रहेको उनको बुझाइ छ। 'दर्शकहरू मनोरञ्जन लिन हल जान्छन्। हामीले आफ्नो कथा भनेर त्यो कुरा दिन सक्नुपर्छ,' उनी भन्छन्।

1655471533_jhingedau.jpg

निर्देशक दीपेन्द्र के खनालले एकै वर्ष दुई फिल्म रिलिज गर्दा दर्शकको मनोविज्ञान नियालेका छन्। 'सिरियस तरिकाले कथा भनिएको फिल्ममा दर्शक कम देखिए। दर्शकको साइकोलोजी सिरियस फिल्म हेर्ने छैन। आर्थिक क्राइसिस छ। समस्यै समस्यामा मान्छे रमाइलो गर्न खोजेको हो कि,' खनाल गम्छन्, 'समीक्षात्मक रुपमा राम्रो भनिएको फिल्ममा न्यून दर्शक तर, कमजोर भनिएका फिल्ममा धेरै। यसले दर्शकहरू अहिले सिरियस फिल्म हेर्न नचाहेको हो कि देखिन्छ।' 

'प्रकाश'का निर्देशक दिनेश राउत नेपाली दर्शकलाई आर्ट फिल्ममा बानी पार्न नसकिरहेको बताउँछन्। 'दर्शकहरूमा एउटा किसिमको फिल्म हेर्ने बानी छ। आर्ट फिल्म हेर्ने बानी पार्न सकिरहेका छैनौं। त्यसैले पनि अपेक्षाअनुरुपको दर्शक तान्न सकिएन,' उनी भन्छन्।

कुनै विषयवस्तुलाई हल्का रुपमा प्रस्तुत गरिएका सिनेमा नै दर्शकको रोजाइमा पर्नुमा नेपाली दर्शकहरूमा सिनेमा साक्षरता कम भएको एक निर्देशक बताउँछन्। 'मैले जति सिनेमा बनाए पनि समीक्षा राम्रो पाएका छन्। तर, दर्शकहरू चाहिँ कमजोर सिनेमाले पाइरहेका छन्। नेपालमा दर्शकहरूमा सिनेमा साक्षरता बढ्न बाँकी छ,' ती निर्देशक बताउँछन्।

prakash1661081867.png

कमर्सियल फिल्म बनाइरहेका निर्देशकहरू आफूहरूले चाहेको जस्तो फिल्म आफैंले बनाउन नपाइरहेको पनि बताउँछन्। एक निर्देशक भन्छन्, 'मैले आफूले चाहेको जस्तो आर्ट मुभी बनाउनै पाएको छैन। किनकि फिल्म क्षेत्रबाटै बाँच्नुपर्ने अवस्था छ। आर्ट मुभी बनाएर डुब्न त कहाँ मन छ र। भोलिका दिनमा पैसा कमाइयो भने आफूले चाहेजस्तो फिल्म बनाउँला।'

'रियालिटी फेस गर्न चाहँदैनन् दर्शक'
फिल्म समीक्षक अनुप सुवेदी आर्ट सिनेमा संसारभरि नै कम चल्ने बताउँछन्।

बरु फिल्म किन चलेन भन्दा पनि यसको गुणस्तरमाथि बहस गर्नुपर्ने उनको बुझाइ छ। ‘कमेडी फिल्मचाहिँ किन चल्नुका कारण अरु छनोट गर्ने अप्सन नभएर पो हो कि। सस्पेन्स थ्रिलर फिल्महरू हाम्रोमा खासै बनेका छैनन्। र, अन्य विधाका फिल्म पनि,' उनी भन्छन्। 

अनुपका अनुसार आर्ट फिल्म हेर्ने कल्चर भएको र यस्ता फिल्म बुझेका दर्शकले चाहिँ रुचाउने बताउँछन्। 

'आर्ट मुभी' नचल्नुमा त्यसमा पपुलर कुरा नहुने उनको तर्क छ। 'त्यो डेफ्थमा हुन्छ। दर्शकलाई डेफ्थमा जान मन लाग्दैन। सधैं रियालिटी फेस गरिरहेका हुन्छन्। आम मान्छे फिल्ममा पनि त्यही रियालिटी फेरि फेस गर्न चाहँदैन। उनीहरू दैनिक फेस गर्ने रियालिटीबाट भाग्न चाहन्छन्। तर, पपुलर मुभीले भाग्न दिछ,' उनी भन्छन्।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा बाढीका कारण रसुवा र नुवाकोटसहित प्रभावित क्षेत्रका हजारौँ नागरिकको जनधनमा क्षति पुगेको तथा धेरै परिवार गाँस, बास र कपासको समस्यामा प... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
लाङटाङ लिरुङ किन भत्कियो ? नयाँ अध्ययनले देखायो तापक्रमदेखि २०७२ को भूकम्पसम्मको सम्बन्ध बिहीबार, असोज १, २०८३
सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पहिलो नम्बरमा रुद्रसिंह तामाङ बिहीबार, असोज १, २०८३
भारतीय समकक्षी सितारमणसँग अर्थमन्त्री वाग्लेको भेट, नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा छलफल बिहीबार, असोज १, २०८३
दुई महिनामा विमानस्थलबाट ४ करोडभन्दा बढीको सुन बरामद, ४५ जना पक्राउ बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्