काठमाडौं– नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा जहाज नै चार्टर चिनियाँ पर्यटक घुम्न नेपाल आइपुगेका छन्।
घुम्न नेपाल आइपुगेको चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्वागत गरेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पुगेर मन्त्री किराँतीले चिनियाँ पर्यटकलाई स्वागत गरेका हुन्।
स्वागत गर्दै मन्त्री किराँतीले भने, ‘नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत गरियो। महामहिम चेन सोङ र चिनियाँ जनवादी गणतन्त्र सरकारलाई धन्यवाद।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।