काठमाडौं- सगरमाथा आरोहणका क्रममा तीनजना शेर्मा बेपत्ता भएका छन्। बिहान ९:३० बजेतिर उनीहरु बेपत्ता भएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए।
उनीहरु खुम्बु क्षेत्रबाट बेपत्ता भएका हुन्। इम्याजिन नेपाल नामक टिमबाट आरोहरण गरिरहेका उनीहरु हिउँ भासिदा ५० मिटर भन्दा तल खसेको बताइएको छ।
उनीहरुलाई सिम्रिक एअरको हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास गरे पनि सफल भइनसकेको बताइएको छ। यसैगरी स्थलगत रुपमा पनि उद्धार प्रयास गरिएको छ तर सफल हुन नसकेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।