• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ओरियन्सको नेटवर्किङमा फसेका सयौं युवाको बिचल्ली

64x64
रासस मंगलबार, चैत २८, २०७९  २२:०७
1140x725

झापा– धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ को चुलाचुली माध्यमिक विद्यालयमा कक्षा ११ पढ्दै गरेकी १७ वर्षीया प्रतिमा लिम्बूलाई साथीले नै राम्रो जागिर पाइन्छ भनेर बिर्तामोडको ओरियन्स कार्यालयमा पुर्‍याइन्।

‘तपाईं असाध्य राम्री हुनुहुँदोरहेछ, कमाइ पनि राम्रै हुन्छ भनेर त्यहाँका सर म्यामहरूले फुरुक्क पार्नुभयो’, पहिलोपल्ट ओरियन्सको कार्यालयमा पुग्दाको क्षण सम्झिँदै उनले भनिन्, ‘सुरुमा एक लाख ३० हजार बुझाउनुपर्छ भन्नुभयो, मैले खुरुक्कै बुझाएँ।’

तालिम, युनिफर्म र होस्टेलको खर्च भनेर पटकपटक आफूले रकम बुझाएको र दुई महिना काम गर्दा कुनै तलब र आम्दानी नभएपछि पैसा डुबाएर घर फर्किएको उनले बताइन्। अहिले उनी आफ्नो पैसा फिर्ताका लागि कानुनी उपचार खोज्ने तयारीमा छिन्।

जागिरको प्रलोभनमा परेर ग्लोबल ओरियन्स नेपालमा मोटो रकम बुझाएका प्रतिमाजस्तै कोशी प्रदेशका सयौं युवाले ठगिएको गुनासो गरेका छन्। बिर्तामोड–४ स्थित विद्युत् प्राधिकरण कार्यालयको छेउमा रहेको ओरियन्सको शाखा कार्यालयले झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङलगायत विभिन्न पहाडी जिल्लाका बेरोजगार युवालाई जागिरको प्रलोभनमा पारेर अनुचित रकम असुल्दै आएको पीडितको भनाइ छ।

नेटवर्किङ व्यापार चलाइरहेका ओरियन्सका सञ्चालकले फेसबुक र टिकटकमा विज्ञापन गरी मासिक ४० हजारसम्म तलब दिने भनेर बेरोजगार युवालाई बिर्तामोड बोलाउने गरेका छन्। दर्ता शुल्क, तालिम शुल्क, होस्टेल शुल्क र युनिफर्म शुल्कको नाममा हजारौं रकम असुलेपछि भारतको ओरियन्स कम्पनीका ‘फुड सप्लिमेन्ट’का सामानहरू उनीहरूलाई जबर्जस्ती भिडाएर बिक्री गर्न पठाउने गरिएको छ।

जबर्जस्ती भिडाइएको सामान बिक्री नहुने र ऋण काढेर बुझाएको रकम सञ्चालकले हत्याउने गरेका कारण ओरियन्समा आबद्ध भएका युवा बिचल्लीमा पर्ने गरेका छन्। ठगिएका धेरैजसो ‘डिप्रेसन’मा पर्ने गरेका छन्। धनकुटामै कोरियाली भाषा पढ्दै गरेकी तेह्रथुम जिल्ला छथर गाउँपालिका–६ शुक्रबारेकी फुलमाया शेर्पा पाँच महिनासम्म ओरियन्समा बन्धकजस्तै सास्ती भोगेपछि फुत्किएर अहिले काठमाडौं पुगेकी छन्।

धनकुटाको एउटा भाइले बिहान र बेलुका काम गरेर सजिलै पैसा कमाउन सकिन्छ भनेर लोभ देखाएर आफूलाई ओरियन्सको नेटवर्किङ धन्दामा फसाएको उनले बताइन्। उनले बिर्तामोडको ओरियन्सको शाखामा सुरुमा ३७ हजार र पटकपटक गरेर दुई लाखभन्दा बढी रकम बुझाएको जानकारी दिइन्।

‘तालिम दिने भनेर बिर्तामोडको बाहिरी बस्तीमा होस्टेलमा राखेर उनीहरूले बन्धक जस्तै बनाए,’ ओरियन्सबाट पीडित फुलमायाले भनिन्, ‘सुरुमै पैसा लगिहाले। होस्टेलमा राखेका बेला घरमा अभिभावकलाई फोन गर्नसमेत दिएनन्। तलब दिन्छौं भनेर ठगे।’

Ncell 2
Ncell 2
nimb
nimb

तालिम दिएपछि सामान बेच्न पठाएको उल्लेख गर्दै उनले सामान नबिकेको गुनासो सुनाउँदा ओरियन्सका सञ्चालकले अरु दुई जना साथीलाई संस्थामा आबद्ध गराएपछि मासिक ४० हजार तलब दिने झुठो आश्वासनमा फसाएको बताइन्। 

तलब पाइने आशमा फुलमायाले आफ्नै बहिनी र हजुरबुबालाईसमेत ओरियन्समा आबद्ध गराइन्। बहिनीले ४० हजार र हजुरबुबाले एक लाख २० हजार नगद संस्थाका सञ्चालकहरूलाई बुझाएको उनले बताइन्। ती सबै रकम बुझाएको महिना बित्दा पनि कुनै तलब नपाएपछि ठगी भएको बल्ल थाहा पाएको उनले सुनाइन्। 

युनिफर्मका लागि कोट, पाइन्ट र सर्ट किन्दासमेत अलग्गै रकम बुझाएकी उनले आफ्नो सम्पूर्ण रकम फिर्ता माग्दा उल्टै हप्की र धम्की बेहोर्नुपरेको गुनासो सुनाइन्। पाँच महिनापछि फुत्किएर काठमाडौं पुगेकी उनी पनि ओरियन्सविरुद्ध कानुनी उपचार खोज्ने तयारीमा छिन्। 

ओरियन्समा ४० हजार बुझाएकी इलामस्थित माइजोगमाई–३ नामसालिङकी रामकला श्रेष्ठले चार महिना काम गरेपछि सञ्चालकसँग तलब मागिन्। अरु दुई जनालाई संस्थामा नजोडेसम्म तलब नदिने भनेपछि उनले फैसा फिर्ता मागिन्। 

‘तलब पनि हुँदैन, पैसा फिर्ता पनि हुँदैन भनेर मलाई हप्काएर पठाए’, उनी भन्छिन्, ‘चार महिना बस्दा उनीहरूले हामीलाई बन्धक जतिकै बनाएका थिए। होस्टल भन्दै एउटै कोठामा १५ जनासम्म कोचेर राख्थे। एउटै बिल्डिङको माथ्लो तलमा केटीहरूलाई र तल्लो तलामा केटाहरूलाई राख्थ्यो। घरमा फोन गर्दा पनि मोबाइल खोसिदिन्थे।’

ओरियन्सको नेटवर्किङ बिजनेस धन्दामा लाखौं रकम बुझाएर ठगीको शिकार भएका युवाहरू पाँच सयभन्दा बढी सङ्ख्यामा रहेको खोटाङको बाक्सिला गाउँपालिका–४ की २० वर्षीया पीडित आशा राईले दाबी गरिन्। अधिकांश पीडित पहाडतिरका बेरोजगार अवस्थामा रहेका सोझा विद्यार्थी रहेको र बाबुआमासँग जिरह गरेर ऋण काढेको रकम ओरियन्समा लगेर डुबाएको उनको भनाइ छ।

सुरुमा जागिर पाइने भनेर उत्साही बन्ने गरेका युवालाई दुई महिनापछि नै ठगिएको थाहा हुने भए पनि आफ्नो लगानीको सुरक्षाका लागि अरु दुई जना सदस्य खोजेर लैजाँदा पीडित हुनेको संख्या झन बढ्ने गरेको उनले बताएन्। 

झापामा ओरियन्सका धन्दा चलाउनेले भिजन मल्टीपर्पोज कम्पनीको नाममा समेत युवाबाट रकम असुली गर्दै आएको पाइएको छ। नेटवर्किङ गरेर सदस्यको सङ्ख्या बढाउने र जागिरको लोभ देखाएर ४० हजारदेखि एक लाख २० हजारसम्म रकम असुली गर्ने यी धन्दावालाले राजनीतिक संरक्षणसमेत पाउने गरेका छन्।

विभिन्न जिल्लाबाट रोजगारीको प्रलोभनमा रकम बुझाएर ठगीमा परेको गुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय झापाले ओरियन्सका गतिविधि निगरानी गर्न थालेको छ। प्रहरी उपरीक्षक दुर्गा रेग्मीले बिर्तामोडमा रहेका ओरियन्सका कार्यालयका केही कर्मचारीलाई सोधपुछ गरिएको र उनीहरूको क्रियाकलाप निगरानी भइरहेको बताइन्। प्रहरी कार्यालयमा पीडितले अहिलेसम्म लिखित उजुरी भने नदिएको उद्दको भनाइ छ।

हाल झापाको बिर्तामोडमा रहेका ओरियन्सको कार्यालयले सञ्चालनमा ल्याएका तालिम केन्द्र र कथित होस्टलमा पाँच सयको हाराहारीमा विभिन्न जिल्लाका युवा बसिरहेका छन्। छिटो उद्धार भएन भने उनीहरू पनि ठगिने निश्चित छ। 

गत माघ १४ गते बिर्तामोडको हिमालसागर पार्टी प्यालेसमा ग्लोबल ओरियन्स नेपालले आफ्ना हजारभन्दा बढी सदस्यलाई तालिम सञ्चालन गरेको थियो। भारत र दुबईमा बसेर नेटवर्किङ धन्दा चलाइरहेका विभिन्न व्यक्तिले उक्त कार्यक्रममा प्रशिक्षण प्रदान गरेका थिए।

कार्यक्रममा झापाका सांसद र नगरपालिका प्रमुखसमेत अतिथिका रूपमा उपस्थित रहेका थिए। धरानका नगरप्रमुख हर्क साम्पाङले खानेपानी आयोजनाका लागि सञ्चालन गरेको श्रमदान अभियानमासमेत श्रमदान गर्न ग्लोबल ओरियन्सले युवालाई पठाएको पाइएको छ।

के हो ओरियन्स?
भारतलगायत विभिन्न मुलुकमा ग्लोबल ओरियन्सको नेटवर्किङ धन्दा चल्दै आएको छ। ओरियन्सको नामबाट नेपालमा छुट्टै कम्पनी दर्ता छ। भारतमा उत्पादित ‘फुड सप्लिमेन्ट’का विभिन्न सामान बिक्रीका लागि युवा परिचालन गर्नु नै ओरियन्सको प्रमुख उद्देश्य हो।

मासिकरूपमा अस्वाभाविक तलब दिने भनेर लोभ्याएपछि युवालाई तालिममार्फत धनी बन्ने तरिका सिकाउने भन्दै ओरियन्समा लाग्न ‘ब्रेन वास’ गरिन्छ। यसलाई उनीहरूले उत्प्रेरक र नेतृत्व विकास तालिम बताउने गरेका छन्।

यसका लागि सञ्चालकले युवालाई आफ्नो पूर्ण नियन्त्रणमा राख्न सहरको कोठा भाडामा लिन्छन्। जसलाई उनीहरू होस्टेल भन्छन्। होस्टलको खाने र बस्ने खर्च पनि सदस्य आफैंले तिर्नुपर्छ। विभिन्न तीन तहको सदस्य भन्दै उनीहरूसँग रकम लिने गरिन्छ र रकमभन्दा केही कम मूल्यको ‘फुड सप्लिमेन्ट’का विभिन्न सामान बेच्नका लागि भन्दै थमाइन्छ।

यी सामान मिर्गौला, मुटु, क्यान्सरलगायत सबै रोगको औषधि हो भन्दै बेच्न लगाउने गरिएको छ। औषधि भन्दै ‘फुड सप्लिमेन्ट’का भारतीय सामान बेच्ने युवा डाक्टर जस्तै बनेर सामान बेच्ने प्रयासमा लाग्छन्। सामान नबिक्ने र पैसा पनि डुबेको थाहा पाएपछि अधिकांश युवा डिप्रेसनमा पर्ने गरेका छन्। सदस्य विस्तार गर्न सञ्चालकले उनीहरूलाई मानसिक दबाबसमेत दिने गरेका छन्।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्