काठमाडौं– सशस्त्र प्रहरीले मंगलबार दिउँसो स्रोत नखुलेको २० लाख रुपैयाँ र बिल बिजक नभएको २ सय किलो काजुसहित जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
साथै उनको साथबाट ट्याक्टर पनि नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल सुरक्षा बेस पोखरिया र नं. १३ गण पर्साबाट खटिएको संयुक्त टोलीले भिश्वाबाट वीरगन्जतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्याक्टरलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्दा करिब २ लाख बराबरको २ सय किलो काजुसहित धोबिनी गाउँपालिका–५ का अलिम मिया अन्सारीलाई नियन्त्रणमा लिएको हो।
साथै उनको साथबाट स्रोत नखुलेको नेपाली १ हजार दरको २००० थान( बीस लाख )नोट पनि फेला परेको थियो। स्रोत नखुलेको रकम, काजु र ट्याक्टरसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिइएको सामान र नगदसहित कारबाही तथा थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।