काठमाडौं– नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा भएको छ।
प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका डीआईजी पोषराज पोखलको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुखका रूपमा काज सरुवा भएको छ।
अर्का डीआईजी रामदत्त जोशीको विशेष ब्यूरोमा काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जोशी योजना तथा अन्वेषण निर्देशनालयमा कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।