काठमाडौं– सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको छ। फेसबुक पेज ह्याक गरी ह्याकरले केही शब्दहरू समेत लेखेका छन्।
सशस्त्र हेडक्वार्टरले समेत पेज ह्याक भएको स्वीकार्दै रिकभर गर्ने प्रयास भइरहेको बतायो।
‘केही घण्टा अघिबाट फेसबुक पेजमा समस्या देखिएको छ। अहिले हाम्रो प्राविधिक टोलीले यसमा काम गरिरहेको छ। रिकभर नभएको अवस्थामा हामी फरदर प्रोसेसमा जान्छौं’, सशस्त्र प्रहरी स्रोतले भन्यो।
यसअघि पनि सुरक्षा निकायका पेज तथा वेबसाइटहरू ह्याकरको निशानामा पर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।