काठमाडौं– नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई मिनभवनस्थित सिभिल अस्पतालमा लगिएको छ।
आज दिउँसो गोली लाग्नासाथ उनलाई सिभिल अस्पताल पुर्याइएको थियो। प्रहरीका अनुसार उनलाई टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको छ। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ।
अस्पताल स्रोतका अनुसार गौचनलाई अस्पताल ल्याइपुर्याउँदा नै उनको अवस्था अत्यन्त गम्भीर थियो।
उपचारमा संलग्न एक डाक्टरका अनुसार गौचनलाई जोगाउन सकिने सम्भावना एकदमै न्यून छ। उनले भने, ‘हामी अन्तिम प्रयास गरिरहेका छौं, तर सम्भावना कम छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।